नेपाली र बाँदर
अरुणकुमार सुवेदी
कुरा २०४९÷५० साल तिरको हो । गिरिजाप्रसद कोइराला प्रधानमन्त्री भएकोमा तात्कालीन प्रतिपक्षी नेकपा एमालेलाई असाध्य असहृय भइरहेको थियो । दिनहुँ जसो चक्काजाम नारा जुलुस, टायर दहन र पुत्ला दहनका कार्यक्रम त हुन्थे नै सँगसँगै सडकका रेलिङ भाँच्ने, टेलिफोनका बुथ जलाउने जस्ता काम यथेष्ट हुन्थे । एक प्रकारले नेकपा एमाले यस कुराको गुरु नै हो । त्यति खेर सडकमा भाषण गर्ने माधव नेपाल, केपी ओली, प्रदीप नेपाल, सीपी मैनालीलाई आज देख्दा म स्वयंलाई अपत्यारिलो लाग्छ के यी नेता त्यस्ता उग्र थिए होला भनेर । त्यति खेरका रेकर्डिङहरू कामरेडहरूलाई देखाइदिने हो भने आज उहाँहरूलाई कस्तो अनुभूति हुँदो हो । एक दिन एमाले समर्थक अखिलका साथीहरू र एमाले
कामरेडहरू क्रान्तिकारी उपद्रो गर्दै हुनुहुन्थ्यो रत्नपार्क क्षेत्रमा । प्रहरीले अश्रुग्यास प्रहार गर्दा बटुवाको रूपमा हिँडिरहेको म सहितका केही मानिस एउटा फार्मेसी भित्र शरण लिन बाध्य भयौं । त्यहाँ एकजना गौरांग पर्यटक पनि थिए । उनका जिज्ञाशालाई मैले बुझाइरहेको थिएँ । यसै क्रममा आफ्नै जातिप्रति असन्तुष्ट हुँदै मैले हामीहरू (नेपाली) लाई बाँदरको संज्ञा दिए । ती पर्यटकले मलाई जवाफ लगाए– बाँदरले त आफ्नो हित र अहित बुझ्छ, तिमीहरू त आफ्नो हित पनि के हो भनी जान्दारहेनछौ । टेलिफोन जलाएपछि आफैंलाई खाँचो भएन । यस कारण तिमीहरू बाँदरभन्दा भिन्न रहेछौ । यति कुरा भनी उनले ‘सरी’ भने । मलाई बढो गुरुमन्त्र लाग्यो उनको त्यो टिप्पणी र मलाई आजसम्म पनि नेपाली र बाँदरबीचको त्यो भेद खुब जचिरहेछ ।
त्यसपछिका सरकार प्रतिपक्षी सबैले गरेका कार्यहरूको लामो सूची तयार पारौं र बाँदरले के गथ्र्यो होला र हामीले के गर्न पुग्यौं भनी समीक्षा गरे असली कुरा सबैलाई थाहा हुने नै छ । मलाई आफ्नै जातिप्रति यति विघ्न रीस उठ्ने कारण चाहिँ कोशी उच्चबाँध परियोजनामा नेपाली जनताका तर्फबाट त्यहाँ गएको प्राविधिक अध्ययन टोलीप्रतिको व्यवहार, त्यसपछि सरकराले देखाएको उदासिनता र त्यस परियोजनाको प्रत्यक्ष फाइदा पुग्ने, त्यस परियोजनाले जीवन नै आमूल परिवर्तन हुने क्षेत्रका जनताको मौनता नै हो ।
हाम्रो बाँदरभन्दा तल्लो स्तरका कार्यहरूमध्ये अरुण तेस्रो परियोजनामा राजनीतिक स्तरबाट नेकपा एमालेले सत्तापक्ष र प्रतिपक्ष हुँदा गरेका कामहरू, जनताका नाम पद्मरत्न तुलाधर, गोपाल चिन्तन र विकास पाण्डे जस्ता एनजीओ प्यादाहरूका कार्यहरू सबैले सधैं सम्झिने कुरा हो । कोशी पहाडी क्षेत्रको विकास र नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण त्यो परियोजना तुहिँदा त्यसबाट प्रत्यक्ष लाभान्वित हुने जनता जागरुक भएर सडकमा आउनुपथ्र्यो तर आएनन् । सामाजिक जागरण, जनचेतना, विकास आदि इत्यादिमा जनतालाई सचेत गराउने सामाजिक संघ÷संस्थादेखि राजनीतिक दलहरूसम्मले परियोजनामा पक्षमा एउटा जुलुससम्म गरेनन् । एउटा सामान्य दुर्घटनामा पूरा राष्ट्रको यातायात प्रणाली बन्द गर्ने नेपालीहरू त्यस परियोजनाप्रति त्यस्तो क्रियाशील देखिएनन् ।
केही समयअगाडि पश्चिम सेती परियोजना राजनीतिक विवाद भयो । आज त्यही कारणले समझदारीपत्र सम्झौता भइसक्दा पनि थ्री गर्जेज चुपचाप बसेको छ । यत्रो ठूलो परियोजना माथि संकट आइपुग्दा पनि त्यस क्षेत्रका आमजनता र सामाजिक, राजनीतिक नेतृत्वमा रहेकाहरूले विकासका लागि दबाब दिने जनआन्दोलन गर्न सकेनन् । माथिल्लो कर्णाली परियोजनामाथि आक्रमण हुँदा पनि जनता चुपचाप रहे । न त जनतालाई अधिकारको पाठ पढाउन गाउँ÷गाउँ पुग्ने एनजीओहरूले नै यसलाई विषय बनाउन चाहे । यस्ता धेरै योजनाहरू छन् जो तुहिँदा पूरा मुलुक र त्यस क्षेत्रका जनताको आर्थिक सामाजिक विकासमा ठूलो असर परेको छ । तर, यसका उल्टा क्रियाकलाप भने यथेष्ट भएका छन् । कुनै पनि परियोजना कुनै पनि ठाउँमा गयो भने स्थानीयहरूको अधिकारको कुरा उठान गरेर त्यस्ता परियेजनाहरूमाथि दुःख दिने कार्य भने प्रसस्त भएका छन् । मैले हालसालै लिखु–४ परियोजनाको स्थलगत भ्रमण गरेको थिएँ । त्यहाँको जमिनको मूल्यमा स्थानीय व्यक्तिहरूले लिएको क्षतिपूर्तिको रकम सुन्ने जो कोहीले पनि स्थानीयहरूले दृष्टिकोण र व्यवहार त्यस्ता परियोजनाप्रति कस्तो छ भन्ने जानकारी मिल्छ । पहिले पहिले यस्ता परियोजनाहरूप्रति स्थानीय नेतृत्वमा रहेका व्यक्तिहरू रजनताहरू अत्यन्त सहयोगी हुने गर्थे । आजकल त्यस्ता योजना स्थल थाहा पाउनासाथ सामान्य मानिसहरूका पाखाबारीलाई लिई घर बनाई परियोजनाहरूसँग बेस्कन कस्ने र मूल्य लिने पाइन्छ भनी टाठाबाठा वा नेतृत्वमा रहेकाहरू लागिपर्दछन् । त्यस्ता परियोजनाहरूलाई अधिग्रहण गरी सरकारले आवश्यक जमिन उपलब्ध गराउने नीति नै छैन हाम्रो देशमा । राज्य निस्पृह हुने स्थानीयहरू अराजक, आक्रामक र लाभका लागि असहिष्णु हुने वातावरणले निजी क्षेत्रबाट प्रवद्र्धन हुने त्यस्ता परियोजनाहरू निरुत्साहित भइरहेछन् ।
कुरा फेरि कोशी उच्चबाँधमा नै ठोकिन्छ । केही समयअगाडि कोही उच्चबाँध परियोजना र भारतको राष्ट्रिय नदी लिंकिङ परियोजना उपर संक्षिप्त विश्लेषण गरी नेपालले लिनुपर्ने नीति उपर केही विमर्श गरेको थिएँ । उक्त परियोजनाका लागि बजेटसमेत निकासा गरी भौगर्भिक सर्वेक्षणमा आएको भारतेली टोलीलाई जनस्तरबाट भनी लखेटिएपछि पनि भारतले वार्ताका लागि केही समय टोलीको अपेक्षा पनि ग¥यो । त्यसपछि पनि नेपालले चासो नदेखाए पछि उसले कोशी उच्चबाँधको संयुक्त अफिस नै बन्द गर्ने निर्णय ग¥यो । तर, पनि नेपालको राज्य पक्ष र जनता पनि प्रतिक्रिया विहीन बसेका छन् । यस सम्बन्धमा केही पक्षहरूको पुनरुक्ति गर्नैपर्ने महसुस भयो । कोशी बाँध अर्थात् भीमनगरको बाँँधको आयु सकिँदैछ । यसको विकल्प खोज्न नेपाल हतारिनुपर्ने हो । यस परियोजनाले नेपालको अत्यन्त अहित भयो भनी भारतको आलोचना अनवरत गरिरहने नेपाली राजनीतिककर्मीहरूले अब त त्यसको विकल्प दिनुपर्ने हो । यो बाँध पनि भएन राष्ट्रघाती भयो अनि बराह क्षेत्रमा पनि बाँँध बनाउन नपाइने भनी सर्वेक्षण टोलीलाई नै कुटुँमारु गरी भगाइ दिने अनि त्यसलाई राज्यले मौन समर्थन गर्ने यो कस्तो दृष्टिकोण हो हाम्रो । के हामीलाई थाह छैन भीमनगरको पुल थलमाथि हुनासाथ पूर्वाञ्चलको लाइफ लाइन समाप्त हुन्छ भनेर । तर, पनि किन हामी हामै्र हित हेर्न सकिरहेका छैनौं ? यस परियोजनाको विद्युत् उत्पादनले राष्ट्र लाभान्वित हुन्छ, जनताले ‘लोडसेडिङ’ को मार खेप्न पर्दैन । काँकडभिट्टादेखि ठोरीसम्मको जमिनलाई सिंचाइसुविधा प्राप्त हुन्छ । हल्दियाबाट गंगा–महानन्द–कोशी पूर्वी नहर हुँदा चतरासम्म जल यातायात आउँछ । धनकुटा, भोजपुर, उदयपुर, खोटाङको पूरा जनजीवन नै परिवर्तन हुन्छ । यी फाइदाहरूका बारेमा कसले ‘क्याम्पेन’ गर्ने सरकार र राजनीतिक दलहरू निरपेक्ष हुन् कथित अधिकारवादी र विकासवादी एनजीओहरू विरुद्धमा छन् । अब सामाजिक र राजनीतिक रूपले क्रियाशील जनतालाई स्वयंले यसका लागि दबाबमूलक जनआन्दोलन सुरु गर्ने बेला आइसकेको छ । यो आफ्नो समेत हितको कुरा नजान्ने÷नसोच्ने बाँदरभन्दा पनि पतित संस्कारबाटमुक्त गराउन जरुरी छ । यस बारेमा ओशोको एउटा कथन मलाई बढो घत लागेको छ । डार्बिनले भनेथे मानिस बाँदरको विकसित रूप हो तर हामीले कहिल्यै बाँदरलाई सोचेका छौं कि बाँदरले मानिसलाई के सोच्ला ? ऊ सोच्दो हो मानिस हाम्रो पतन हो ।’ वास्तवमा हामी बाँदरले जति पनि आफ्नो हितको हेक्का राख्न नसक्ने नेपालीहरू बाँदरकै पतन त होइनौं ?
अब नेपालीले जागरुक भएर विकासका लागि जनआन्दोलन सुरु गर्ने बेला आइसक्यो । सम्बन्धित क्षेत्रमा रहेका जागरुक जनताले यसका लागि ‘क्याम्पेन’ गर्ने र आन्दोलन सुरु गर्ने बेला भयो । जहिले पनि राजनीतिलाई मात्र मुद्दा बनाइएकोमा अब विकासको मुद्दा लिएर पनि जनआन्दोलन गरेको उदाहरण देखाउन सक्नुपर्दछ ।
KOSHI HIGH DAM-1
कोशी उच्चबाँध–१
अरुणकुमार सुवेदी
गत हप्ता कोशी उच्चबाँधसम्बन्धी दुईवटा समाचार र एउटा विचार आयो । गत केही अंकमा निरन्तर लेखिँदै आएका भारतको रिभर लिंकिङ परियोजनामा कोशी उच्चबाँधसम्बन्धी उल्लेख सुरु गरेकोमा पाठकहरूका तर्फबाट पनि जिज्ञाशाका मेलहरू आए । यसर्थ यो लेख कोशी उच्चबाँधमै केन्द्रित रही यसको भारतीय नदी लिंकिङ परियोजनामा कस्तो सम्बन्ध छ भनी विश्लेषण हुनेछ ।
कोशीमा बाँध बाँधी नेपाल र भारतमा बाढी नियन्त्रण गर्ने र सिंचाइको विकास गर्ने कुरा नयाँ होइन र २०११ सालदेखिको विवादको विषय पनि हो । भीमनगरमा भारतले बनाएको बाँधले नेपाललाई घाटा भयो, सीमा क्षेत्रमा बनाई उसको मात्र फाइदा हे¥यो, हेपेर बनायो यस कारण राष्ट्रियता माथि अतिक्रमण भयो भनी त्यही समयदेखि भारत, त्यो समझौतामा हस्ताक्षरकर्ता मातृकाप्रसाद कोइराला र त्यस परियोजनामा असंलग्न रहेको नेपाली कांगे्रससमेतले खुबै आलोचित हुनुप¥यो । एकथरि कम्युनिस्टहरूले त राल्फाली गीत बनाई गाएर पनि हिँडे । तर, अब कोशी ब्यारेजको आयु सकिएको छ । त्यसको विकल्पमा धेरै पहिलेदेखि अध्ययन भइरहेको चतरामा बनाइने भनिएको कोशी उच्चबाँध भारतले प्रस्ताव गरेको छ । यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनलाई नेपालसँग सम्झौता भए अनुसार भारतले बजेट पनि निकासा गरी प्राविधिकहरूको टोली त्यस क्षेत्रमा पुग्दा स्थानीयहरूको विरोधका कारण कुनै काम हुनसकेन । त्यहाँ डीपीआरको काम अगाडि बढ्न नसकेपछि नेपालको एउटा टोली वार्ताका लागि भारत जाँदैछ । यसैबीच रत्नसंसार श्रेष्ठको लेख आयो । कोशी बाँधको आयु सकिएकाले कोशी उच्चबाँधका लागि भारत व्यग्र छ भनी ।
कोशी उच्चबाँध सम्बन्धमा आजसम्म नाफा÷नोक्सानको यथा विश्लेषण गरी नेपालले कुनै कुरा सार्वजनिक गरेको छैन । यसले गर्दा सामाजिक, राजनीतिक रूपले क्रियाशील व्यक्तिहरूलाई पनि ठोस धारणा बनाउन अप्ठेरो परेको छ । यस्तो आमचासोको विषयमा र सुदूर भविष्यसम्म असर पार्ने योजनाका बारेमा यस्तो ‘कन्फ्युजन’ राम्रो होइन । यस कारण यसबारेमा आमजनतामा पनि ठोस अवधारणा बनाउन सहज होस् भन्ने उद्देश्यका साथ यो लेख लेखेको छु ।
पहिलो कुरा कोशी बाँधको आयु सकिएकाले उच्च बाँधका लागि भारत अत्यन्त व्यग्र छ भनी रत्नसंसार श्रेष्ठले लेख्नुभएको छ र यसै दृष्टिकोणमा केही अरू पनि विचार आइरहेछन् । निश्चय पनि ठूलो जनसंख्यालाई बाढीको जोखिमबाट बचाउनुपर्ने दायित्व भएको र आफ्नो दृष्टिकोणमा कुनै अलमल नभएकोले भारत ठोस प्रस्तावका साथ आउनु स्वाभाविक हो । तर, भारत व्यग्र छ भनी हामी भाउ खोजी बस्नु आफ्नो हितमा छ कि छैन विश्लेषण गर्नैपर्ने विषय हो । आयु सकिएको कोशी बाँध भत्काउनुपर्ने स्थिति आयो भने भारतले आफ्नो क्षेत्रमा तटबन्ध गरी बाढी व्यवस्थापन गर्न केही न केही त गर्ला, ऊ सक्षम पनि छ तर महेन्द्र राजमार्गको मुख्य पुल नै सकिएपछि नेपालको त ‘लाइफ लाइन’ नै भत्किन्छ । यसप्रति हामी कति सम्वेदनशील छौं, हामीचाहिँ व्यग्र हुनुपर्ने हो कि होइन ? तर त्यसप्रति हामी यथेष्ट सम्वेदनशील देखिएका छैनौं । कोशी सम्झौतामा राष्ट्रियता माथिको अतिक्रमण देख्ने आँखाहरूले अब बाँध माथि सारिने, नेपालले बिजुलीको रोयल्टी पाउने, पूर्व झापादेखि पर्साको ठोरीसम्मलाई पूरा सिंचाइको पानी तथा त्यस बीचका शहरहरू र उपयोगहरूलाई जल आपूर्ति गरेर बाँकी पानी भारत लिएर जाने प्रस्तावलाई कस्तो देख्ने हुन् प्रतिक्षाको विषय छ । तर, यस परियोजनाका तथ्य र सत्यहरूलाई जनसाधारणसम्म प्रचार गरी जनतालाई सुसूचित गराई सकारात्मक सोच दिन चाहिँ नेपाली पक्षले सकिरहेको छैन । यसले पनि हामीहरू आफ्नै लाइफ लाइनप्रति असंवेदनशील भएको प्रमाणित हुन्छ । तथ्यहरूका आधारमा नेपालले लिनुपर्ने नीतिहरूका बारेमा यस लेखमा चर्चा गर्ने कोसिस गरिनेछ ।
प्राविधिक तथ्यांकका आधारमा कोशी उच्चबाँध–
मेरो गतहप्ताको लेखमा कोशी उच्चबाँधबाट पूर्वतर्फ लगिने नहरलाई महानन्द नदीसँग जोड्नेसम्मको प्रस्तावको चर्चा गरियो । समग्रमा धनकुटा जिल्लाको आहाले, छिन्ताङ, सुनसरीको विष्णु पादुका र उदयपुरको मैनामैनीबीचमा बन्ने उक्त बाँधलाई दुईवटा विकल्पमा सोचिएको छ । एउटा २६९ मि. अग्लो र अर्को ३३५ मि. अग्लो । पहिलो विकल्पमा यसमा ९.१३ अर्ब क्युविक मिटर पानी सञ्चयन हुनेछ भने दोस्रो विकल्पमा ११.७ अर्ब क्युविक मिटर । दोस्रो विकल्पमा गएमा यो संसारकै सबैभन्दा अग्लो बाँध रोगुनबाँधबराबरको हुनेछ । कोशी नदीको औषत बहाव २१६६ क्युमेक्स छ अर्थात् एकमिटर गहिरो एक मिटर चौडा कुलो बनाउने हो भने एक सेकेन्डमा बग्ने पानीले त्यो कुलो २१६६ मिटर लामो हुनेछ । यसको अधिकतम बहाव २४२०० क्युमेक्समम्म रेकर्ड गरिएको छ । औषत बहावबाट गणित गर्दा ३३५ मिटर अग्लो बाँध भरिन कोशीलाई ६३ दिन लाग्दछ अर्थात् ६३ दिन कोशीलाई सुकाउँदा बल्ल बाँध भरिने छ । अधिकतम अवस्थामा बग्दा पनि ६ दिन लाग्नेछ । वर्षायाममा आधा पानी छाडेर भर्न थालियो भने पनि करिब एक महिनामा सरोवर भरिने छ ।
सामान्यतया बाढीको याममा कोशी नदीमा १५०००÷१६००० क्युमेक्स पानी बग्ने गर्दछ । यो मात्राको जलस्तर खतरापूर्ण हो । कोशी उच्चबाँध निर्माण भएमा र हिउँदमा कोशी सरोवरको जल सञ्चयन आधा भएमा २४०० क्युमेक्स पानी दुईतर्फका नहरहरूमा छाडेर कोशीको बहावलाई १०,००० क्युमेक्सको अवस्थामा राख्ने हो भने सञ्चयनका लागि ४००० क्युमेक्स अधिरिक्त पानी उपलब्ध हुनेछ । यसका आधारमा सरोवर पूरा भरिनका लागि १७ दिन लाग्नेछ । कोशीमा लगातार १७ दिनसम्म यति ठूलो जलस्तरका साथ बाढी आउने सम्भावना नै हुँदैन । यसकारण यो बाँधको निर्माणले कोशीमा बाढीको भय भने पूर्णरूपेण समाप्त हुनेछ ।
– यसबाट ३३०० मेवासम्म विद्युत् निस्कने छ ।
– यसको पूर्वतर्फको कोशी–मेची महानन्द लिंक नहर ११२.५५ किमि लामो नहर हुनेछ । यसतर्फ १४०८ क्युमेक्स पानी लगिनेछ । जसमध्ये ९८ क्युमेक्स महानन्दमा मिसाइने छ, बाँकी पानीमध्ये २८ क्युमेक्स मेचीको बहाव बढाउन प्रयोग गरिनेछ । अरू पानीलाई १.७५ लाख हेक्टर नेपालको भूमि सिंचाइ गरिने छ भने ३ लाख हेक्टर भारतीय
(विहार)को भूमिलाई सिंचाइ सुविधा उपलब्ध हुनेछ साथै यसबीचका उद्योग र शहरहरूलाई पनि आपूर्ति गरिनेछ । यसको रुट शिवालिंग पर्वतको फेंदबाट हुनेछ ।
– पश्चिमतर्फको नहरलाई कोशी घागरा लिंक नहर बनाइने छ । ४२९ किमि लामो यो नहरतर्फ १०२१ क्युमेक्स पानी छाडिने छ भने अन्तिममा घागराको सहायक नदी गौरामा मिसाइँदा ६७ क्युमेक्स हुनेछ । यसको रुट त्रियुगा हुँदै शिवालिंग पर्वतको फेंदैफेंद कमला, बागमती नदी हुँदै ठोरी (पर्साबाट) भारत पसी गण्डक पार गराई राप्ती, सरयूलाई समेत तराएर गौरा नदी पु¥याइने छ । यसबाट नेपालतर्फ १.७५ लाख हेक्टर, विहारमा ८.१७ हेक्टर र उत्तरप्रदेशमा ०.६७ लाख हेक्टर भूमिलाई सिंचाइ सुविधा प्राप्त हुनेछ ।
यसले कति डुबान होला ?
यस परियोजनाबाट सबैभन्दा बढी डुबानमा पर्ने जिल्ला हो धनकुटा । यसले धनकुटा जिल्लाका लगभग ७० प्रतिशत खोलाखेत डुबानमा पर्नेछ । तमोरको गड्तिरतर्फ आहालेको ताम्राङ (३५०मि) छित्ताङको सिम्ले (२०० मि) मूलघाट, साप्तेनटार (३५०मि) देखि लिएर हंसमोरङ (२९० मि) भैंसे
(३७० मि) र लामीबगर पाँचथर मौवासम्म पूरा सरोबर बन्ने छ । यसले समुद्र सतहदेखि ४८०–५०० मि.उचाइसम्मका भूभाग डुबाउने छ । तमोरका हरेक सहायक खोलाहरूमा १ किमिदेखि ३ किमिसम्मका सरोवरहरू बन्नेछन् ।
अरुणको गड्तिर क्षेत्र पनि त्यस्तै हुनेछ । छिन्ताङको अरुण क्षेत्रका बेसीहरूदेखि लिएर लेगुवा बेल्टारसम्मका सबै खेतहरू डुब्नेछन् र हरेक सहायक खोलामा भोजपुर र धनकुटा दुवैतर्फ ३ किमिसम्मका सरोवरहरू बन्नेछन् । सुनकोशीतर्फ पनि खोटाङको बतासे र उदयपुरको आँपटारसम्मका गड्तिरका बस्तीहरू र खेतहरू डुब्नेछन् ।
तर, यति धेरै डुबान भए पनि कोशी उच्चबाँध यस्ता ठूला बाँधहरूमध्ये सबैभन्दा कम जनसंख्या विस्थापन गर्ने परियोजना हुनेछ । माथिका तथ्यहरूका आधारमा कोशी उच्चबाँधलाई जस्तो र जत्रो सोचेका छौं हामीहरूले त्यो भन्दा अत्यन्त विशालकाय हुनेछ यो बाँध । यो दक्षिण एसियामा मात्र नभएर संसारमै एउटा चामत्कारिक उदाहरण बन्ने छ ।
संसारका ३०० मि. भन्दा अग्ला बाँधहरू
१. रोगुन ताजिकिस्तान ३३५ मि.
२. कोशी नेपाल ३३५ मि.
३. पञ्चेश्वर नेपाल ३१५ मि.
३. न्यूरेक ताजिकिस्तान ३१४ मि.
४. सुङजिङयाङकु चीन ३१२ मि.
५. जिनपिङ्ग चीन ३०५ मि.
६. श्रीशैलम भारत ३०० मि.
दक्षिण एसियाका ठूला बाँधहरू
(सञ्चयनमा)
१. चिसापानी (१०८०० मेवा) नेपाल ६.२ अर्ब क्यू मि.
२. टर्बेला पाकिस्तान १३.७ अर्ब क्यू मि.
३. कोशी (३३०० मेवा) नेपाल ११.७ अर्ब क्यू मि.
४. नागर्जुन सागर भारत ११.५ अर्ब क्यू मि.
५. पञ्चेश्वर (६४००) नेपाल ६ अर्ब क्यूमि
६. तेहरी (२४०० मेवा) भारत २.६ अर्ब क्यू मि.
KOSHI HIGH DAM
अरुणकुमार सुवेदी
नेपाल-भारत सम्बन्धको बलबुतामा मात्र सम्भव हुने कोशी उच्च बाँधका बारेमा लेखिरहँदा एकजना भारतीय कनिष्ट कुटनीतिज्ञको नेपाली राजनीतिमाथि गरिएको टिप्पणीले नेपालमा सघन तरंगहरू पैदा भएका छन् । यसले आमनेपालीमाथि सकारात्मक सन्देश गएको छैन । नेपालको आन्तरिक राजनीतिमा भारतसँगको सम्बन्धलाई लिएर सधैं नकारात्मक प्रचार गरी आफूलाई राजनीतिक रूपले सवल बनाउने राजनीतिक शक्तिहरूलाई यसले अरू एउटा राम्रो मौका दिएको छ । यस्ता परिघटनाहरूले नेपाल भारतको सहकार्य, समझदारी र विश्वासमा विकास गर्नुपर्ने कोशी उच्चबाँध, महाकाली पञ्चेश्वर, कर्णाली चिसापानी जस्ता परियोजनाको भविष्यमा पनि गम्भीर असर पर्न सक्दछ । तर, नेपालको बुद्धिमानी एकजना कनिष्ट कुटनीतिज्ञको उत्ताउलो टिप्पणीका आधारमा मात्र भारतसँगको अपरिहार्य सम्बन्धलाई असर पार्ने किसिमका प्रतिक्रिया र क्रियाकलाप नगर्नुमै हुन्छ । यसकारण कोशी उच्च बाँध जस्ता परियोजनाहरू यथावत् छिटोभन्दा छिटो अगाडि बढाउनुमै नेपालको भलो छ । माधुरी दीक्षित र ऋतिक रोशन प्रकरण जस्तो अनावश्यक प्रतिक्रियात्मक अवस्था यसले ल्याउनेछैन भन्ने मेरो अपेक्षा छ ।
पुनः प्रसंगमै फिरौं । कोशी उच्च बाँध यदि अगाडि बढाइएमा जो स्वयं नेपालकै लागि पनि अपरिहार्य छ । केही रोचक अवस्थाहरू निर्माण हुनेछन् । यस अंकमा यस्तै अवस्थाहरूको उल्लेख गर्ने कोशिष गरेको छु । १. धरान-धनकुटा सडकमा मूलधारमा तमोर तर्नुपर्छ । सबैलाई थाहा भएकै कुरा हो । यदि कोशी बाँध बनाइएमा या त बाटोलाई माथिबाटै लेउती खोला तारी बुढी मोरङ हुँदै तमोर तार्नु पर्नेहुन्छ या त सिंसुवा फेरीदेखि बेलाहारको भित्तासम्म पानीभित्र सुरुङ बनाउनुपर्ने हुन्छ । पहिलो अवस्थामा १.५ कि.मि.लामो पुल बनाउनुपर्ने हुन्छ जसको बीचको खम्बा १ सय ५० मिटरभन्दा अग्लो हुनेछ । यो आफैंमा इञ्जिनियरिङ करिस्मा हुनेछ । यदि दोस्रो अवस्थामा सडक निर्माण गरे लगभग ५ किमिभन्दा लामो, त्यसमा पनि घुम्तीहरू भएको सुरुङ हुनेछ । पानीभित्र अर्थात् सरोवरभित्रको सुरुङ आफैंमा इञ्जिनियरिङ पर्यटन र सामान्य पर्यटकको विषय बन्नेछ । ठीकै यस्तै अवस्थामा अरुण नदीमा पनि हुनेछ । या त धनकुटाबाट जरायोटार भोजपुरसम्म ४-५ किमि लामो पुल १ सय ५० मिटरभन्दा बढीका खम्बा हाली बनाउनुपर्ने हुन्छ । या त तमोरमा भन्दा लामो सुरुङ माङमावा खोलादेखि जरायोटारसम्म बनाउनुपर्ने हुन्छ । यी दुवै अवस्थामा यो पनि इञ्जिनियरिङ चमत्कार हुनेछ ।
डुबान क्षेत्रमा परेका ठाउँबाट एक अर्को स्थानमा जान सडक यतायाताको स्थानमा ‘फेरी’ र ‘मोटरबोट’हरू चल्नेछन् । पाँचथरको मौवा, आङ्ना क्षेत्र, धनकुटाको कुरुले मुडेवास क्षेत्र र तेह्रथुमको छत्थर पोखरी क्षेत्रका मानिस तमोर सरोवर आई ‘फेरी’ चढेर बराह क्षेत्र हुँदै धरान, उदयपुर, भोजपुर र शंखुवासभातिर जान सक्नेछन् । मूलघाट र लेगुवामा पुल बनाइए फेरीहरू पुलमुनिबाट पार हुनुपर्नेछ । जसको कारणले पनि पुलहरू विशालका हुनुपर्नेछ, यदि पानी सुरुङ बनाइए सुरुङमाथिबाट फेरीहरू चल्नेछन् । यी दुवै अवस्था आफैंमा रोमाञ्चक हुनेछन् ।
३. यो कोशी सरोवर त्रिशुल आकारको हुनेछ । अरुण, सुनकोशी र तमोर सरोवरहरू त्रिशुलीका एक/एक शुलझैं देखिनेछन् । यो पूरा क्षेत्र सरोवरमय हुनाले नयाँ पर्यावरण चक्रको सुरुआत हुनेछ । यस क्षेत्रका मानिसको जीवनशैली पूरा रूपान्तरित हुनेछ । कृषिमा आधारित जीवनशैली सरोवर सम्पदामा आधारित हुनेछ । हरेक गाउँका सरोवरतटमा होटल र रिसोर्टहरू हुनेछन् भने मत्स्यपालनको विकास हुनेछ । भेडेटार, छिन्ताङ चौदण्डी जस्ता स्थानमा स्टार होटल खुल्नेछन् र पर्यटन व्यवसाय मुख्य व्यवसायको रूपमा हुनेछ ।
४. नेपाललाई जलमार्गको सुविधा प्राप्त हुनेछ । बंगालको हल्दिया सुवर्ण्र्ााखा हुँदै जहाजहरू गंगा, महानन्द नदी भएर कोशीको पर्ूर्वी नहर हुँदै चतरासम्म आइपुग्नेछन् ।
५. कोशी उच्च बाँध संसारमै सबैभन्दा कम जनसंख्या विस्थापित गरी बन्नेमध्ये एक हुनेछ ।
कोशी उच्च बाँधको ‘मोडालिटी’ – नेपाललाई के कति फाइदा हुन्छ, यस बाँधबाट भन्ने विश्लेषण गर्नुभन्दा अगाडि जल, ऊर्जा र बाढी नियन्त्रणमा भारतसँग कस्तो साझेदारी गर्ने भन्नेमा नेपाल प्र्रष्ट हुन जरुरी छ । आजसम्म नेपाल पक्षले कोशी उच्च बाँधको साझेदारी ‘मोडालिटी’ यस्तो हनर्ुपर्छ भनी र्सार्वजनिक गरेको भेटिएको छैन । गत हप्ताका समाचारहरूको जानकारीअनुसार यस बाँधका लागि वार्ता गर्न नेपाली टोली भारत भ्रमणमा जाने भएको छ । यस कारण पनि साझेदारीसम्बन्धी ‘मोडालिटी’ महत्वपूर्ण हुनसक्छ । यहाँ उल्लेख गरिएको ‘मोडालिटी’ कुनै सरकारी स्रोतबाट प्राप्त सूचनाका आधारमा लेखिएको होइन । अहिले नेपालमै चलिरहेका ‘मोडालिटी’ भारतमा अभ्यास गरिएका ‘मोडालिटी’हरूका आधारमा तथ्य एवं तर्कहरू प्रस्तुत गरी एउटा ‘मोडालिटी’ तयार पार्ने कोशिष गरिएको छ ।
नेपालले केही ठूला परियोजनाहरू अरुण तेस्रो -९००मेवा) र उपल्लो कर्ण्ााली -९०० मेवा) लाई २१ प्रतिशतभन्दा माथि विद्युत् परिणाम नेपाललाई मुफ्तमा उपलब्ध गर्राई ३५ वर्षम्म ‘बुट’ मा चलाई हस्तान्तरण गर्ने सम्झौता भए भने चीनको थ्री गर्जेजसँग पश्चिम सेती -७०० मेवा) परियोजना एक मेवा पनि नलिई ३५ वर्षा लागि नै दिइयो । पहिलेका दर्ुइ परियोजनाहरू रन अफ रिभर र सरोवरवाला हुन् भने दोस्रो परियोजना मूलतः सरोवर प्रविधिको मात्र हो । अन्य साना तथा मझौला परियोजनाहरू सिधा ‘बुट’ समयसम्मका लागि पूरा उत्पादनको विद्युत् खरिद सम्झौता गरिएका छन् । भारतमा पनि अहिले ‘बुट’ प्रणालीद्वारा धेरै परियोजना निर्माणाधीन छन् । र्सार्वजनिक र निजी क्षेत्रको समेत ठूलो लगानी भएका यस्ता परियोजनाहरू अरुणाञ्चल, सिक्किम, उत्तराखण्ड, हिमाञ्चल र जम्मु कश्मीर प्रदेशहरूमा बढी केन्द्रित छन् । हालै मात्र अरुणाञ्चल सरकारले सम्झौता गरेका केही १००० मेवासम्मका परियोजनाहरूको हकमा सरकारले सम्पर्ूण्ा उत्पादन पर््रवर्द्धक कम्पनीकै स्वामित्वमा रहने गरी ३५ वर्षो ‘बुट’ सम्झौता गरेको छ । तर, बहुउद्देश्यीय परियोजनाहरू र नदी लिंकिङ परियोजनासँग सम्बन्धित बाँधहरूमा भने निजी लगानी भएका उदाहरण छैनन् । सबैमा सरकारी लगानी नै भएको छ । यिनै तथ्य र अभ्यासहरूका आधारमा कोशी उच्च बाँधमा भारतीय सरकारी लगानी ल्याई त्यसका उत्पादनहरूको साझेदारी गर्ने ‘मोडालिटी’ को परिकल्पना गरिएको छ । जसका लागि केही नीतिगत आधारमा नेपालले भारतलाई लगानीका लागि राजी गराउनुपर्ने हुन्छ ।
१. विद्युत्को हकमा ३५ वर्षम्म २५ प्रतिशत अर्थात् ८२५ मेवा विद्युत् निःशुुल्क नेपाललाई उपलब्ध गराउनुपर्नेछ । जसको क्रय सम्झौता पनि गर्नुपर्नेछ । यदि साढे ४ रुपैयाँका दरले प्रतियुनिटको क्रय सम्झौता भएमा यसबाट नेपाललाई प्रतिवर्ष३२.५ अर्ब राजस्व प्राप्त हुनेछ । यो भारत र नेपाल दुवैतर्फअभ्यासमा आइसकेको पनि छ ।
२.सिंचाइको हकमा पूर्वी नहरतर्फ नेपाललाई १.७५ हेक्टर र पश्चिम नहरबाट १.७४ लाख हेक्टर गरी ३.५ लाख हेक्टर जमिनमा सिंचाइ सुविधा प्राप्त हुनेछ । भारततर्फ पूर्वी नहरले २.९९ लाख हेक्टर र पश्चिम नहरतर्फाट ८.८४ लाख हेक्टर गरी लगभग १२ लाख हेक्टर जग्गामा सिंचाइ सुविधा प्राप्त हुनेछ । नेपाललाई ३० प्रतिशत र भारतलाई ७० प्रतिशत हिस्सा सिंचाइ हुनेछ । सिंचाइतर्फ५ प्रतिशत बढी नेपाललाई प्राप्त हुने र औद्योगिक तथा घरायसी प्रयोजनका लागि ७ लाख साठी हजार क्युबिक मिटर नेपाललाई प्राप्त हुने हुँदा ४० वर्षम्म सिंचाइ निःशुल्क उपलब्ध हुनेगरी त्यसपछि मात्र पानीको मूल्य निर्धारण गरी भारतबाट राजस्व प्राप्त गर्ने गरी शर्त राख्नुपर्ने हुन्छ ।
३. जल यातायाततर्फभारतलाई पनि उसको उत्तर-पूर्वतर्फ अर्थात् ‘चिकेन नेक’ को सैन्य सुदृढीकरणमा जल यातायातले ठूलो सामरिक महत्व राख्दछ । यस कारण बाँधको आयु रहुञ्जेलसम्म एकअर्कालाई निःशुल्क उपयोग गर्न दिने ।
४.बाढी नियन्त्रण मानवीय पक्ष पनि हो । यसले नेपालको तर्राई क्षेत्र र भारतको बिहारमा ठूलो जनसंख्यालाई बचाउँछ । यसको पनि व्यापारिक हिसाब नगर्ने ।
५.बाँध, पावरहाउस र प्रसारण लाइनको सुरक्षा अर्को महत्वपूर्ण र सम्बेदनशील विषय हो । फेरि भारतको संलग्नता हुनासथा अन्तर्राष्ट्रिय आतंकवादको जोखिम झन् बढेर आउँछ । नेपालका विभिन्न राजनीतिक शक्तिहरूको भारतप्रतिको दृष्टिकोण अलग/अलग भएबाट पनि बाँधको सुरक्षाप्रति भारत आश्वस्त नहुनु स्वाभाविक हो । यस कारण भारतलाई समेत आश्वस्त पार्न उक्त बाँधको सुरक्षा भारतीय गोर्खा रेजिमेन्टलाई दिनु राम्रो हुनेछ । गोर्खा भर्तीसम्बन्धी सम्झौतामा पनि गोर्खाली सेना नेपालको सुरक्षाका लागि प्रयोग गर्न सकिने प्रावधान छ । यस कारण यो र्सवाधिक महत्वको अव्यक्त विषयको पनि समाधान हुनेछ । क्रमशः
KOSHI DAM
अरुणकुमार सुवेदी
केही अंक अगाडिदेखि भारतको राष्ट्रिय नदी लिंंकिङ परियोजना, त्यससँग नेपालको सम्बन्ध र नेपालको त्यससम्बन्धी लिनुपर्ने नीतिहरू तथा त्यस सञ्जालमा पर्ने नेपाली नदीहरूको बारेमा लेख्दै आएको छु । यसै क्रममा कोशी उच्चबाँधसम्बन्धी लेख गत दुई हप्तामा लेखिएन । यस अंकमा पनि कोशी उच्चबाँध सम्बन्धमा नै लेख केन्द्रित रहनेछ । तर, यी दुई हप्तामा नेपालको राजनीतिमा यति घिनलाग्दो, डरलाग्दो र उदेकलाग्दो परिघटना घट्यो कि एउटा संवेदनशील नागरिक भएकाले त्यसप्रति अलिकति पनि नलेखी बस्ने धैर्यता नै भएन । यस्तो किसिमले मुलुक जलिरहेका बखत एकोहोरो रूपमा रिभर लिंकिङ र नेपाली नदीहरूका बारेमा लेखिरहँदा वर्तमान वातावरणमा अप्रासांगिक र निरपेक्ष जस्तो हुनपुग्यो । यसर्थ अहिले उदेकलाग्दो राजनीतिक वातावरण गाउँ÷शहरका डरलाग्दा परिस्थिति र एउटा सन्देनशील नागरिकका लागि दुःखलाग्दो अवस्थाका कारणहरूका अन्तर्वस्तुमा संक्षेपमा जाने जमर्को गरेको छु ।
संसारमा नै यस्ता विपद्पूर्ण विवाद र राजनीतिक दुर्गति भोग्ने राष्ट्रहरूको सूची तयार गर्ने हो भने आर्थिक प्रगति गर्न नसकेको गरिब राष्ट्रहरू वा प्रजातान्त्रिक अधिकार कुण्ठित गरिएका सर्वसत्तावाद राष्ट्रहरू मात्र त्यस सूचीमा पर्दछन् । बढी अशिक्षित र धर्मभीरु, राष्ट्रहरू पनि त्यस सूचीमा पर्दछन् । तर, नेपालको उदार प्रजातान्त्रिक अवस्थामा राष्ट्र प्रदेश गरी राम्ररी प्रजातान्त्रिक अभ्यास गरिरहेकै बेला विद्रोहको सामना गर्नुपथ्र्यो र त्यस विद्रोहलाई समायोजन गरेपश्चात् झन मुलुकको स्थिति दुर्गतितर्फ लाग्यो । आज मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा फसिसकेको अभ्यास भएको छ । आखिर यो परिणति किन आयो । कसरी लाखौं युवाहरू दिनहुँ सडकमा विना कुनै संकोच निस्किरहेका छन् । सडक हेर्दा लाग्दछ ८० प्रतिशत युवाहरूको इलम नै सडकमा नाराबाजी गर्नु हो । प्रौढ र पुरातन भनिएको पीडित जात र धर्म निरपेक्ष हुनसक्थ्यो तर आजको साइवर पीडित अझ एक कदम अगाडि गई राष्ट्रसमेत निरपेक्ष भइसक्दा पनि साम्प्रदायिक भड्काउमा फिरिरहेछ ? यो पेचिलो प्रश्नको उत्तर खोज्नैपर्ने हुन्छ । जतिखेर माओवादीहरू जंगलबाट विद्रोह गरिरहेका थिए त्यस बखत एकजना मेरा जर्मन मित्रले मलाई सोधे, ‘एउटा उदार प्रजातान्त्रिक मुलुकमा यति छोटो समयमा विद्रोही कम्युनिस्टहरूले यत्रो शक्ति कसरी आर्जन गर्न सक्छन् ?’ यो राजनीति शास्त्र र समाजशास्त्रले व्याख्या गर्न नसक्ने विषय हो जस्तो लाग्छ । उनको यो पे्ररक प्रश्न धेरै प्रसंगमा मैले उठाउने गरेको छु । आखिर एउटा किशोर÷किशोरी खाउँ÷खाउँ, लाउँ÷लाउँ गर्ने उमेरमा, जीवन सबैभन्दा प्रिय र रमाइलो हुने कालमा किन जीवनकै जोखिम उठाएर मार्न र मर्न तयार भएर जंगल फस्न पुग्यो ? २०४६ सालपश्चात्का नीति अभियन्ताहरूले सबैभन्दा बढी ध्यान दिनुपर्ने प्रश्न आज पनि यही हो भन्ने लाग्छ । यी प्रश्नहरूको उत्तर खोज्दै जाने क्रममा अन्ततः आर्थिक, सामाजिक कारणमा नै हामी पुग्नुपर्ने हुन्छ । आर्थिक रूपले सम्पन्न र सबैसँग समान हक पाएको एउटा व्यक्तिले कहिल्यै विद्रोह गर्दैन । यो सब कोहीले बुझ्ने कुरा हो । सबै नागरिक समान हुन् भन्ने प्रजातन्त्रको शाश्वत मान्यताबाट शासन गर्ने प्रजातान्त्रिक शक्तिहरूले सबैलाई समृद्धि त परै जाओस् सामान्य जीवनयापनको वातावरण पनि तयार पार्न सकेनन् । मुलुकको आर्थिक, सामाजिक रूपान्तरणको स्वप्नशीलता तिनीहरू खास गरिकन नेपाली कांगे्रससँग भएन । परिणाम स्वरूप विगतदेखि आजसम्मका दिनहरू देख्नुप¥यो । त्यही तिनीहरूको दुष्परिणाम स्वरूपको विद्रोहकारी मनोविज्ञानलाई माओवादीले राम्ररी उपयोग गर्न सक्यो । तर, आज त्यही विद्रोही शक्ति सत्तासिन छ तर ती विद्रोहका कारण बनेका नीतिहरू र आर्थिक विकास नहुनु नेतृत्वमा स्वप्नशीलता नहुनु जस्ता कारणहरू यथावत् छन् । अर्थात् विद्रोहको नेतृत्व गर्ने शक्तिको पलायन भयो र विद्रोहका कारणहरू झन् दर्बिला भएर आए । जसको परिणाम नेपाल बहुआयामिक द्वन्द्वमा फस्दै गएको छ । युवाहरू जातीयता र साम्प्रदायिकता वा क्षेत्रीयतामा बहकिन थालेका छन् । संक्षेपमा आउँदा दिनहरू झन् कष्टकर र भयावहपूर्ण हुन सक्छन् ।
यी समस्याहरू भए । यिनीहरूको निराकरण एउटा स्वप्नशील नेतृत्वले आफ्ना सपनाहरूका आधारमा तीव्र आर्थिक विकास गरेर मात्र गर्नसक्छ । यस्तै धेरै सपनाहर मध्ये कोशी उच्चबाँध पनि एक हुनसक्छ । म राष्ट्रलाई नेतृत्व गर्ने सम्भावना भएको स्वप्नशील नेता होइन । एकदम सामान्य चेतनशील नागरिक मात्र हुँ । तथापि मलाई सपना देख्ने लत बसेको छ । यसकारण कोशी उच्चबाँधसँग सम्बन्धित पनि मेरा मिठा सपनाहरू छन् । यी सपनाले नीति र विधि बनाई राज्यलाई नेतृत्व गर्ने सम्भावना भएकाहरूलाई कुनै प्रभाव पार्छ भन्ने पनि मलाई आशा छैन । त्यस परियोजनाको प्रतिफल स्वरूप सुखद भविष्यको संभावना भएका त्यस क्षेत्रका नागरिकहरूलाई पनि यसले कुनै प्रभाव पार्ला भन्ने मलाई लाग्दैन । तथापि म, भावनावश वा स्वान्तसुखाय यी सपनाहरू लेखिरहेछु वा पोखिरहेछु । कुनै नेतृत्व तहको व्यक्तिले कुनै दिन देख्न अवश्य सक्नेछ भन्ने आश भने छ ।
यो विशालतम सरोवरको नाम कोशी किरातेश्वर सरोवर राख्ने सपना छ मेरो । जसको बाँधको पर्खालबाट बनेको सडकमाथि भगवान् शंकरको विशालकाय मूर्ति बनाई त्यही मूर्ति भित्रबाट केवलकारहरू बनाउने सपना छ ।
– एउटा केवलकार चतराबन्दरगाह (पोर्ट) कोशी हुँदै टप्पु आरक्षण क्षेत्रको पर्यटनसमेतका लागि महेन्द्र नगरसम्म पुग्नेछ । अर्को केवलकार छिन्ताङ डाँडा हुँदै छिन्ताङ मन्दिरसम्म पुग्नेछ । छिन्ताङ डाँडामा पर्यटकीय होटलहरू हुनेछन् । महेन्द्रनगर पनि पर्यटकीय वासस्थान हुनेछ ।
– चतराबाँधदेखि उदयपुरको घुर्मीसम्म ड्रिम यातायात चल्नेछ ।
– तीनैवटा सरोवरका सहायक खोलाहरूका किनारमा रिसोर्ट तथा होटलहरू यत्रतत्र हुनेछन् ।
– तीनैवटा सरोवर क्षेत्रमा फेरीहरू र मोटरबोटहरूबाट जल यातायात सेवाहरू सञ्चालन हुनेछन् ।
– पर्यटनलाई आधारित कृषि तथा पशुपालन व्यवसायहरू सञ्चालनमा आउनेछन् ।
– किनार क्षेत्रमा केजहरू राखी मत्स्यपालन व्यवसायहरू चल्नेछन् ।
– जलगर्भ यात्रादेखि लिएर हिमाली क्षेत्रको दृश्यावलोकन, बराहक्षेत्र, छिन्ताङ देवी र हलेसी महादेवसम्मको धार्मिक पर्यटन प्रवद्र्धन हुनेछ ।
यस परियोजनाको विकासपछिका मेरा सपनाका केही व्यक्तिहरू छन्–
१. शेरहाङ लावती, शेरहाङ मौवा पाँचथर होटल व्यवसायी हुन् । मौवा लामी बगरमा उनको चारतारे होटल छ । चतराबाट आएका फेरीहरूको अन्तिम बिसौनी र तमोर एवं कावेली क्षेत्रका विद्युत परियोजनाहरू र जनसंख्या क्षेत्रमा जाने केवल वे हरूको अन्तिम बिसौनीको संगम स्थल हो लामीमगर । यस कारण उनको होटल असाध्यै चल्दछ । आज कोशी किरातेश्वर सागर क्षेत्र होटल एसोसिएसनको साधारणसभा छ, उदयपुरको घुर्मीमा उदयपुर घुर्मीको पाँचतारे होटलमा हुने साधारणसभाको उद्घाटन प्रधानमन्त्रीले गर्दैछन् । उनी बिहानै उठेर तयार भए । अफ्नो निजी मोटरबोट लिएर उदयपुरतर्फ लागे उनलाई आँपटारमा मोटरबोट छाडी ट्राम चढेर १ बजे घुर्मी पुग्नुछ । आफ्नो ल्यापटपबाटै अनलाइन रही होटलको व्यवस्थापन र सञ्चालन गर्दै आजको साधारणसभामा पेस गरिने कोषाध्यक्षको प्रतिवेदन पनि यही समयमा अन्तिम रूप दिइसक्नुपर्ने छ । आज उनलाई निकै ठूलो बोझ छ ।
२. नन्दन गच्छदार महेन्द्रनगरका ट्राभेल एन्ड टुर्स चलाउने व्यवसायी हुन् । आज उच्च इन्जिनियरहरू, अध्येताहरू फिजिक्स र वातारणका केही विज्ञहरूसहितको अध्ययन टोली दक्षिण अमेरिकी राष्ट्रहरूबाट आउँदैछ । त्यसलाई विराटनगर अन्तर्राष्ट्रिय विमानस्थलमा लिनलाई पुग्नु छ । उनी बिहानै उठी केवलकार चढी चतरा आउँछन् र चतराबाट रेल चढी विमानस्थल पुग्दछन् । तिनीहरूले बराह क्षेत्रबाट विभिन्न स्थानको जलगर्भ यात्रा गरी विभिन्न अध्ययन गर्ने छन् । यो परियोजनाको इञ्जिनियरिङ चमत्कारको अध्ययन गर्नेछन् । यो समूह नै यस वर्षको अन्तिम समूह हो उनको । यसको आयसहित यस पालिको टर्न ओभर रामै्र हुनेछ । उनी मनमनै हर्षित हुन्छन् र सपरिवार अफ्रिकाको जंगल सफारी जाने योजना बनाउँदै केवल वे स्टेसनतर्फ लाग्दछन् ।
३. रूप सिंह माझी मेरा सपनाका मत्स्यकिसान हुन् । खोकु बैंसीमा सप्तशरमा कार्यालय राखी उनी मत्स्यपालन गर्दछन् । खोकुदेखि जरायोटारसम्म उनका मत्स्य ‘केज’ हरू छन् । आफ्नो रेफ्रिजरेटर मोटरबोटहरूलाई वितरण गर्नपर्ने होटल र रेस्टुरेन्टहरूको सूची दिएर उनको आजको व्यापार सुरु भएको छ । पूरा सरोवर क्षेत्रका होटल र रेस्टुरेन्टहरूमा उनका माछा बिक्री हुन्छन् । यसपटकको उनको टर्नओभर ठूलै भयो । आफ्नो कम्पनीकी लेखा अधिकृत मैया सुन्चौरीलाई एक करोड त्रैमासिक कर भुक्तानीको चेक जारी गर्ने आदेश दिँदै अफ्नो घुम्ने कुर्सीमा एक चक्कर घुमेर पाइप सल्काउँछन् ।
४. उत्तम उपाध्याय चतरामा वधशाला सञ्चालन गर्दछन् । उनलाई रातको ३ बजेपछि फुर्सदै छैन । यत्रो पर्यटकीय सरोवर क्षेत्र, चतरा र धरानसम्म उनको नै एकछत्र व्यापार छ । उनले यसपटक मात्र
४ अर्बको कारोबार गरे । अफ्नो प्रमुख कार्यकारी अधिकृत लेखमान लुंगेलीलाई सबै जिम्मेवारी दिई उनी एक महिनाका लागि अस्टे«लिया यात्रामा सपरिवार जाँदैछन् ।
५. सुचिमा वान्तवा घडियाल र डलफिन किसान हुन् । उनका शौक नै अचम्मका छन् । हंसनपुर (भोजपुर) मा उनले ठूलो घडियाल फारम चलाएका छन् । घडियालको मासु मात्र उनले दुई अर्बभन्दा बढीको परिमाणमा चीनतर्फ निर्यात गरिन् यसपाली । यसको छाला भने इटलीतर्फ निर्यात गर्दछिन् । त्यति मात्र होइन यसको मासु त अंगअंगको अलग अलग मूल्य । यसको जिज्ञाशा राख्ने स्वदेशी पर्यटकलाई उनी व्याख्या गर्दछिन् । उनलाई आज अलि हतार छ । फलाटे रूपाटार (धनकुटा) को डल्फिन फारमको दृश्यावलोकन तथा डल्फिनसँग क्रीडा गर्ने उद्देश्यले रसियन पर्यटकहरूको टोलीलाई उनले स्वागत गर्नुपर्ने छ । यस कारण हतार हतार उनी आफ्नो निजी मोटरबोट लिई अरुण सरोवरतर्फ लागिन् ।
६. नेत्र तितुङ र विश्वेश्वर श्रेष्ठ यस क्षेत्रका नामी पर्यटक व्यवसायी साझेदारहरू हुन् । तीनैवटा सरोवरहरूमा फ्लोएटिङ होटल चलाउने ठेक्का यिनीहरूको छ वर्षांैदेखि । सफा पानीका सुन्दरसरोवरका बीच बीचमा तैरिएका होटलहरूमा रात बिताउन संसारभरिका मानिस आउने गर्दछन् । भारतका प्रमुख शहरका धनाढ्य तथा मध्यमवर्गकाहरूको ‘हनिमुन स्पट’ बनेका ती होटलहरूको त ख्याति नै अलग । यसपटकको टेन्डरमा कोशी किरातेश्वर सागर प्राधिकरणलाई रोयल्टी मात्र एक अर्ब दिने कबोल गरेका थिए उनीहरूले ।
ULTIMATELY ,CERN HAS BECOME UNABLE TO FIND THE HIGG’S BOSON AS WELL CAN’T PROVE THE SPEED…
Ultimately ,CERN has become unable to find the Higg’s boson as well can’t prove the speed of NE neutrinos is higher thn d speed of light.I ‘m firm to say that something exists beyond light which is having speed higher thn d light but our observation capacity is limited by the speed of light, so, try to observe the entity having speed higher thn light is futile ,Don’t worry dear scientists associated in that project,it is clealy mentioned in eastern ancient philosophy plz go through it n try to understand Brahma
ROLLING STONE
OMNI OR MULTI CRAFT OF GHATOTKACH
Ghatotkach is one of the major character in Mahabharata.After 14thday of war ,the war started at night also.In night war Ghatotkach was having omnikraft of 1800ft cuboid .The shape and size of the Omnicraft was changeable as desired by Ghatotkach.It was capable to fly in space,wheel in Earth ,float in sea and immersed in deep sea.Can we imagine such Omni or Multi craft at present,if so,how can we explain that?plz write.
ABOUT METRO RAILWAYS IN KATHMANDU
LONGEST & HIGHEST NON-STOP CABLE CAR – VIET NAM, GUINNESS WORLD RECORDS BLOG POST – HOME OF THE LONGEST, SHORTEST, FASTEST, TALLEST FACTS AND FEATS
HIGGS………….
SCI-FI ON GEETA
CONDOLENCE TO VIJAY
In October first week we were in Doha,I found Vijay was having tremendous vision to be a successful business person ,he showed me several opportunities in Africa n Gulf. We were supposed to establish a biz company abroad n scheduled to have biz trip to south Sudan n Russia,it is unfortunate n shocking for me ,he is no more in material form,I pray peace for his immortal soul.
FTL
It seems contradictory when I m not ready to accept the FTL NE neutrinos while I do have firm belief on FTL in other side.Einstein limited speed of light is ultimate paradigm,he refused to imagine anything beyond photon n proposed theory of ultimate limit of speed where he mathematically prohibit any entity having mass can’t have speed more than the light,I have full belief on that ,so, any neutrinos with mass can’t acquire the velocity as mentioned by OPERA but simultaneously I have full confidence that something exists beyond photon as fundamental seed of the origin which can have FTL speed.It is mentioned in eastern ancient philosophy.
PROGRAM ON VEDANTA
Today, I came to know from the media, a program on Vedanta was held in president’s palace . I’m happy to know it,Karan singh delivered weighty n thoughtful lecture on Vedanta ,I hope so.But being person involved in study n writing on vedanta n modern physics I cdn’t get opportunity to participate,anyway hopeful to get invitation from next program
NEPALI COMMUNIST
Nepali communists have an interesting tradition or eventuality;they first orginised the people for revolution to establish communist regime ,when they will feel strong enough then they land in multiparty democracy,again one small faction starts the same thhing and get stronger after sometimes,that also landed in democracy;this is continue from Puspa Lal to Prachand,now Mohan vaidya signalling the same thing,they r supposed to betray the agreement n will ask the orthodox communist to fight again
UNIVERSE
Physicists are debating/thinking/exploring to knw the shape n size of the universe ,even they are assuming about parallel universe.In eastern ancient philosophy of Vedanta there is discussion about the universe.All the physical phenomenological existences(Satta) included in universe(Brahmanda) so if anything will exist physically outside our so called universe is to be the component of the universe what we r saying universe at present is to be renamed .Physics has been calculating it’s size n shape in giga parsecs but each n every moments size is increasing ,so,it is difficult /impossible to get the xact size but not beyond the human assumptions.How much the universe expands the venue for expansion i.e. space-time singularity is available ,this space called Disha in Veda is infinite(Neti Neti-endless n infinite); where presence of light, fastest physical xistence, ends there won’t be void of everything there is of course black space(Tama Ashit-RigVeda) but it will be full of monistic omnipresent ultimate existence called Brahma .
BABURAM’S VISIT
GEETA
FTL
CERN declared FTL neutrinos,n they claimed that they observed it,I have very simple arguments on this,if anything with mass will get velocity equal to light then its mass will be infinite then how the NA neutrinos can have that velocity?another qn is-observational capacity of human is limited to speed of light then how can we observed FTL?