Samridhi Kranti With Arun Kumar Subedi EPS 05 छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाइरहनुभएको छ कि सरकारी ?

समृद्धि क्रान्तिः भिडियो ब्लग श्रृंखला -५] : अरुण कुमार सुवेदीसँग आफ्ना छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाइरहनुभएको छ कि सरकारी ?

नेपालमा मोदी प्रभाव

छिमेकी मित्रराष्ट्र भारतको निर्वाचन परिणामले अहिले विश्व राजनीतिमा नयाँ तरङ्ग उत्पन्न गरेको छ। भारतको नयाँ स्थितिको परिप्रेक्ष्यमा नेपालभित्र जे/जति चर्चा भए पनि त्यसले नेपालमा पार्ने प्रभाव सम्बन्धमा अन्तर्राष्ट्रिय र भारतेली सञ्चार माध्यमहरुले खासै चर्चा गरेनन्। स्वयं नरेन्द्र मोदीले पनि पाकिस्तान, बंगलादेश, श्रीलंका, चीन, अफगानिस्तान, अमेरिका आदि राष्ट्रहरुको नाम उल्लेख गरे तापनि नेपाल उच्चारण गरेनन्। विजयपश्चात सामाजिक सञ्जालमा भने थोरै लेखेका छन्। नेपालको राजनीतिसँग नजिकको सम्बन्ध नभएका नरेन्द्र मोदी अब गणतन्त्र भारतको प्रधान मन्त्री बन्दैछन्। भारतको यस पटकको निर्वाचनको विश्लेषण गर्नेहरुले यो आवधिक निर्वाचनले सरकार परिवर्तनमात्र होइन प्रकारले राजनीतिक परिवर्तन पनि गरेको छ भनेका छन्। नेपालका परिवर्तनमा मात्र नभएर दैनिक प्रशासनमा समेत भारतको प्रत्यक्ष प्रभाव रहन्छ। यस अवस्थामा नरेन्द्र मोदीको उदयले नेपालमा पार्ने प्रभावबारे विश्लेषणहरु आइरहेका छन्। यस लेखमा पनि अलि पृथक कोणबाट प्रभाव विश्लेषण गर्ने कोसिस गरिएको छ।

नेपाल–भारत सम्बन्ध
दिल्लीमा सत्ता परिवर्तनले भारतको नेपाल नीति परिवर्तन हुँदैन र भएको छैन भन्ने केहीको तर्क छ तर इतिहास पर्गेल्दा त्यस्तो लाग्दैन। भारतमा कांग्रेसको सत्ता छँदा २००७ साल र २०१७ सालमा भएका परिवर्तनबारे भारतको दृष्टिकोण/भूमिका स्वयं बिपी कोइरालाको आत्मवृत्तान्तमा आइसकेको छ। २०३६ सालमा भारतमा मोरारजी देशाई प्रधान मन्त्री हुँदा नेपालमा जनमत संग्रह घोषणा भयो। इन्दिरा गान्धी हुँदा मतदान भयो। के देशाई नै प्रधान मन्त्री रहेका भए नेपालमा पञ्चायतको पक्षमा जनमत संग्रह देखिन्थ्यो? निश्चय पनि देखिने थिएन। त्यस्तै २०४६ सालको जनआन्दोलनमा पनि बिपी सिंह प्रधान मन्त्री थिए र चन्द्रशेखरको दह्रो भूमिका थियो तर कांग्रेस सत्तामा रहेको थियो भने भारतको त्यस्तो भूमिका नहुन सक्थ्यो। दोस्रो जनआन्दोलनमा यदि भाजपा सरकारमा रहेको भए के यसरी गणतन्त्र आउन सक्थ्यो? यस कारण भारतको सत्ता परिवर्तनले नेपाल नीतिमा पनि तात्विक परिवर्तन हुँदै आएको छ। यसपटक पनि नेपाल संक्रमणकालमा छ। संविधान निर्माणको प्रक्रियामा पनि छ। संविधान निर्माणमा धेरै विवादित विषय छन्। तिनको निराकरणमा भारतको भूमिका महत्वपूर्ण हुनसक्छ। त्यसमध्ये एक हो– हिन्दु राष्ट्रको मुद्दा।

नेपालको नियति
शब्दमा नेपाल–भारत सम्बन्धलाई जति विश्वसनीय भनिए तापनि आधुनिक नेपालमा २०१६ साललाई आधारबिन्दु मान्दा नेपाल र भारतको सम्बन्ध कहिल्यै ढुक्कले विश्वास गर्ने किसिमको भएन। केही समय पहिले नेपाल किन बनेन भन्ने विषयमा धेरै विचार शंृखलाबद्धरूपमा आएका थिए। जसमा विविध कारण विश्लेषण गरिएको थियो। नेपाल अपेक्षितरूपमा नबन्नुमा नेपाल भारत सम्बन्ध विश्वसनीय नहुनु पनि एक हो। नेपालको राज्यसत्ताका दुई प्रमुख संस्था राजदरबार र नेपाली कांग्रेस दुवैको नेतृत्वमा भारतको कहिल्यै ढुक्कको भरोसा भएन। नेपाली काँग्रेसको नेतृत्वले भारतको विश्वास कहिल्यै जित्न सकेन भने दरबारको पनि स्थिति त्यही रह्यो। आफ्नो सुरक्षा र अन्य चासोमा नेपालको राज्यसत्ता नकारात्मक नरहोस् भन्ने भारतीय अपेक्षाले नेपालको सत्ता जहिले पनि अस्थिरतामा गयो। आज दरबार छैन। नेपाली काँगे्रसको शीर्ष नेतृत्व पनि त्यत्रो गहन औकातको छैन। अर्थात नेपाल अहिलेे भरोसायोग्य नेतृत्वको खडेरीमा छ। यो अवस्थामा नेपाललाई स्थिर र दिशाबद्ध राष्ट्रका रूपमा अग्रसर बनाउन नरेन्द्र मोदीको भूमिका सर्वाधिक प्रतीक्षित छ। जो भारतको पनि चासोको विषय हो।

भारतको ‘कन्फ्युजन’
नेपालको आन्तरिक स्थितिमा भारत र पश्चिमाहरु बिल्कुल अलग किसिमले आफ्नो प्रभाव प्रयोग गरिरहेका देखिन्छन्। भारत जहिले पनि नेपालको सत्ता आफ्नो विपरित नहोस् भन्ने अवधारणले चल्छ। भारतले तत्कालीन दरबार र कांग्रेस वा गैरकांग्रेस सरकारमाथि आफ्नो भूमिका स्थापित गदर्ैै आएको छ। नेपालको गृह, रक्षा मन्त्रालयहरु खुफिया प्रमुख, सुरक्षा प्रमुख जस्तामा उसको गहन चासो देखिन्छ। पश्चिमाहरुको चासो नीति निर्माणमा बढी देखिन्छ, जुन मनोविज्ञानमा परिवर्तन बढी देखिन्छ। पश्चिमाहरु गैसस, योजना आयोग, राष्ट्र बैंक इत्यादिमाथि पकड बनाएर आर्थिक सामाजिक नीति आफ्ना अनुकूल बनाउन चाहिरहेका देखिन्छन्। यसले गर्दा भारतले नेपालको विकास र अन्य विषयमा जति खर्च गरे पनि आमनेपालमा भारत विरोधी भावना रहेकै छ। २०४६ को जनआन्दोलनपछि भारतको नेपाल नीतिमा एउटा ठूलो कन्फ्युजन बनेको देखिन्छ। त्यसभन्दा पहिले नेपालको आन्तरिक राजनीतिको एउटा महत्वपूर्ण पक्ष भारत रहेको थियो तर २०४६ सालपछि नेपाली कांग्रेसको सरकारले पश्चिमाहरुलाई खास स्पेस दिन थाल्यो। नेपालको आन्तरिक राजनीतिमा पश्चिमाहरुको भूमिका प्रबल हुँदै गयो। चीन र भारतलाई सन्तुलनमा ल्याउन तेस्रो शक्ति अर्थात पश्चिमको रणनीतिक साझेदार हुने बिपी कोइरालाको विदेश नीतिको सिद्धान्तअनुसार नै नेपाली कांग्रेस अगाडि बढेको थियो। त्यो क्रम २०१७ सालमा जवाहरलाल नेहरुले राजा महेन्द्रलाई उठाएर बिपीलाई अपदस्थ गराई रोकेका थिए। भारत चीन युद्धकालीन अवस्थामा रहे पनि चीनले त्यो घटनाको विरोध गरेको थिएन। बिपी कोइराला जस्तो युगान्तकारी नेता असफल हुनुमा उनको विदेश नीति नै कारक थियो। २०४७ सालपछि भने भारतले पश्चिमा शक्तिलाई नेपालमा रोकेन वा रोक्न सकेेन। यसप्रति भारत स्वयं कन्फ्युज्ड देखियो। नेपालमा पश्चिमाहरुको भूमिकाबारे भारतको कन्फ्युजनलाई नरेन्द्र मोदीले दुर गरी नेपाल नीति बनाउलान्/नबनाउलान् प्रतीक्षाको विषय बनेको छ।

सुशील कोइरालाको ‘प्याराडिग्म सिफ्ट’
सुशील कोइरालालाई धेरै गतिशील नेताका रूपमा लिन सकिन्न तैपनि केही दिनअघि पश्चिमा राजदुतहरुलाई भेला पारेर उनले अत्यन्तै महत्वपूर्ण विषय उठान गरे। नेपालमा बसेेर हाम्रा छिमेकीहरुसँगको सम्बन्ध बिगारिदिने काम नगर्न सचेत गराए भन्ो छिमेकीसँगको सम्बन्धको सापेक्षमा अन्य राष्ट्रसँगको सम्बन्ध दोस्रो दर्जाको हुनेछ भनिदिए। नेपाली कांग्रेसले परम्परगतरूपमा अंगिकार गरेको विदेश नीति भन्दा यो धारणा पूरै अलग हो। यसले नेपालको भूराजनीतिक अवस्था दृष्टिगत गरी छिमेकीहरुको अन्तर्राष्ट्रिय महत्व र हैसियततर्फ सचेत रही उप्रान्त समदूरीको विदेश नीतिबाट दुई दर्जाको विदेश नीतितर्फ उन्मुख भएको संकेत गरेको छ। यदि प्रधान मन्त्रीले धारणा सोची, बुझी योजनाबद्ध किसिमले राखेका राखेका हुन् भने अब कांग्रेसमा दुई तहको विदेश नीतिअन्तर्गत छिमेकीलाई प्राथमिकता राख्ने र समदूरीको सम्बन्धका नाममा पश्चिमाहरुलाई पनि भूमिकामा ल्याउनेबीचको द्वन्द्व हुने सम्भावना छ। भारतले पनि नेपालमा पश्चिमाको भूमिकालाई प्राथमिकता दिने/नदिने कन्फ्युजन समाप्त पारेमा नेपाल–भारत सम्बन्ध नयाँ स्वरूपमा अगाडि बढ्न सक्नेछ।

जलस्रोत विकास र मोदी फ्याक्टर 
२०११ सालको कोशी सम्झौतापछि नेपालमा जल उत्पन्न राष्ट्रियताको प्रकोप सुरु भयो भने नेपालमा राष्ट्रवादको परिभाषा नै अलग भयो। भारतको विरुद्ध रहनु नै राष्ट्रवादी बन्नु हो भन्ने धारणा दु्रततर किसिमले विकसित भयो। धैरै नेताहरुलाई ‘पानी बात’ लाग्यो। ६० वर्ष पार गर्दा पनि त्यो धारणा कम/बेस रहिआएको छ। यसपालि भाजपाको घोषणपत्रमा मोदीले आफ्नै विशेष चाखमा नदी जोड परियोजनामा अग्रसर हुने विषय राखे। यही कुराले मोदीतर्फ मेरो पनि ठूलो आकर्षण छ।
नरेन्द्र मोदी ठुल्ठूला विकास अवधारणाका पक्षपाती प्रमाणित भएका छन्। नेपालका नदीको बाढीको प्रकोप जहिले पनि झेलिरहनुपर्ने उत्तर प्रदेश र बिहारका क्षेेत्रीय दलहरुले र भारतीय कांगे्रस पार्टीहरुले पनि बाढी नियन्त्रण र सिँचाइका लागि नेपालसँगको जलस्रोत साझेदारीलाई एजेन्डा बनाएनन्। नदीजोड परियोजनालाई निरन्तरता दिने प्रतिबद्धताले स्वाभाविकरूपमा भाजपा नेपाल–भारत जलस्रोत साझेदारीको विकासतर्फ प्रतिबद्ध देखियो। अब नेपालले यसलाई विवादको विषय नबनाई अवसर बनाउनुपर्छ।

– See more at: https://nagariknews.com/opinion/story/18601#sthash.7D9KachL.dpuf

डलर आतंकमा नेपाली अर्थतन्त्र

डलरआतंकमानेपालीअर्थतन्त्र

  • 03 Sep 2013
  • मङ्गलबार १८ भाद्र, २०७०
  • अरुणकुमार सुवेदी

केही समयदेखि भारतीय रुपिँयाका तुलनामा अमेरिकी डलरको मूल्य अनपेक्षित रूपले बढ्दा नेपाली रुपियाँको पनि अवमूल्यन हुन पुगेको छ। यसले नेपाली अर्थ व्यवस्था नकारात्मक असर परको भए पनि यस्तो असामान्य अवस्थालाई सम्बोधन गर्न राज्य असमर्थ देखिएको छ।

डलरभारुकोमुद्रायुद्ध

भारतीय रुपियाँको यो दुर्बल अवस्था भारतको गार्हस्थ उत्पादन र वृद्धिदरको कारणबाट मात्र भएको हैन । सन्तोषप्रद दरमा विकास गरिरहेको भारत एकाएक आर्थिक संकटमा देखिए पनि यसमा लामो रणनीतिक भूमिका रहेको प्रतीत हुन्छ। भारत र चीनको बढ्दो सामिप्यले अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ वातावरण निर्माण भइरहेको थियो । ठूलो बजार भएको गतिलो अर्थ व्यवस्थालाई हल्लाउन लामो कसरत आवश्यक हुन्छ । भारतलाई अपेक्षित रूपमा कमजोर पारी चीनलाई घेर्ने अमेरिकी रणनीतिको चक्रव्यूहमा भारत फसेको विश्लेषकहरूले अनुमान गरेका छन्। भारतमाथि खनिज तेलको दबाब त छँदैथियो उसको वैदेशिक मुद्राको संचितिमा एकाएक बाह्य स्रोतको वर्चस्व बढ्दै गयो। वैदेशिक मुद्राको संचिति उच्च हँुदै जानुलाई भारतीय नीति निर्माताले सफलता ठानेेका थिए। तर त्यसमाथि बढदै गइरहेको विदेशी र गैरआवासीय भारतीयको वर्चस्वप्रति भने सजग थिएनन्। अन्ततः बाह्य स्वामित्वमा रहेको वैदेशिक मुद्रा एकाएक ठूलो परिणाममा बाहिरिन थाल्यो र  भारत आर्थिक संकटमा फस्न पुग्यो। यो संकट अकस्मात् आएको देखिए पनि दीर्घकालीन रणनीतिअन्तर्गत आएको हो। अब भारतको निर्भरता खनिजतेल र डलरका कारणले अमेरिकामाथि झन् बढदै जाने छ । यसले भारत र चीनबिचको अहिलेको सम्बन्धमा पनि परिर्वतन हुनसक्छ।

नेपालमाडलरकोअसर
१. डलरको मूल्य वृद्धिले नेपालको वैदेशिक ऋण लगभग ३५ देखि ४० प्रतिशतले बढ्न गएको छ। २. नेपालीहरु आफ्नो अर्थ व्यवस्था यथावत रहँदारहँदै पनि थप गरिब भएका छन्। ३. वैदेशिक मुद्रामा किन्नु पर्ने सामानको मूल्य थप बढ्ने छ । ४. विदेशमा गर्नुपर्ने खर्च नेपालीको पहुँच बाहिर पुगेको छ। ५. विदेशी मुद्रामा मेसिन किनी स्थापना गर्नुपर्ने उधोग र जलविद्युत परियोजनाको लागत बढनाले संभाव्यताको अवस्था र वित्तीय सूचक नकारात्मक भएका छन्। ६. भोटेकोसी र खिम्तीलाई भुक्तानी गर्नुपर्ने रकमले विद्युत् प्राधिकरण टाट पल्टन सक्छ । ७. इन्धनको मूल्य नघटाएमा आयल निगम टाट पल्टन सक्छ।

नेपालकहाँचुक्यो?
नेपालका मौद्रिक नीति निर्माताले डलर र भारुको मौद्रिक मूल्यको गहिराइ बुझ्न सकेनन्। यसर्थ भारुको मूल्य खस्किन सुरु हुनासाथ भारु सँगको अचल विनिमय दरको पुनरावलोकन गर्नुपर्ने कुराको हेक्का राखेनन् । यो नेपालको वैदेशिक मुद्रा संचितिमा आएको ह्रास  वा नेपालको आर्थिक विशृंखलताको कारण अवमूल्यन भएको थिएन। यसर्थ आफ्नो मुद्राको ओजलाई यथावत राखी भारुको अवमूल्यनलाई सम्बोधन गरेको भए आज यस्तो दुर्गति हुने थिएन । भारुलाई पनि परिर्वत्य मुद्रामा राख्ने नीति अपनाएर डलरको मूल्य स्थिर राख्ने प्रयत्न गरेको भए आज भारुको मूल्य नेरु ११५ प्रतिसय भारु हुने थियो। सबैजसो उपभोग्य वस्तुको मूल्य सस्तो हुने थियो भने डिजेललगभग ६५देखि ७० रुपियाँ प्रतिलिटरको हाराहरीमा हुनेथियो। सुरुमा अवस्था आंकलन गर्न सकिएन। अहिले आफ्नो कमजोरी लुकाउन र  जुँगाको इज्जत राख्न अचल विनिमय दर चलाउन सकिने तर्क र तथ्यले प्रमाणित गर्न नसकिने रटान नीति निर्माताले दिइरहेछन्। नीति निर्माता र तिनका तालुकवालाका कारण नेपाली मुद्राको ओज बढाउने र नेपालीको जीवन कम कष्टकर बनाउने अहिलेको अवसरलाई नेपालले गुमाइरहेको छ।
भारतसँगको व्यापार घाटाले गर्दा नेपाली मुद्राको अधिमूल्यन गर्न नसकिएको तर्क एकथरी अधिकारीले गरेका छन्। भारतसँगको व्यापार घाटा नेपालको जति छ परिमाणमा मुद्राको अवमूल्यन हुनासाथ घट्छ, बढ्दैन। यो अवमूल्यन नेपालको कारणले नभएको र नेपाली अर्थव्यवस्था एवं वैदेशिक मुद्राको संचय यथावत् रहेकोले भारुको अवमूल्यन गर्न नसकिने कारण छैन।

भारुसँगअर्थतन्त्रगाँसिएकाअरूराष्ट्रलेकेगरे?
भारतसँगको बंगलादेशको व्यापारघाटा नेपालको भन्दा धेरै बढी छ। तर बंगलादेशले स्थिति बुझ्यो र भारुलाई क्रमशः अवमूल्यन गर्‍यो । यही नीति श्रीलंका, पाकिस्तान र मालदिभ्सले पनि लिए। भुटानको चाहिँ पहिलेदेखि नै दुवै मुद्रा बराबरमा चलेको हुँदा यथावत रहेको छ।
भारतीय रुपियाँ एक सयको विभिन्न मुद्रासँगको परिवर्तन यसरी फरक भएको देखिएको छ। बंगलादेशी टाका पहिले १५९ थियो भने अहिले ११६ भएको छ। त्यस्तै पाकिस्तानी रुपियाँ २०० को अहिले १५१ भएको छ। श्रीलंकाली रुपियाँ  २६० बाट २०१ मा पुगेको छ भने मालदिभ्सको ३३ को अहिले २३ भएको छ।
अब के गर्ने?
स्वाभाविक रूपमा भारुको क्रमश अवमूल्यन वा नेरुको अधिमूल्यन गर्ने नीति नलिएको हुँदा अब एकैपटक नेरुको अधिमूल्यन गर्नुबाहेक अरु विकल्प बाँकी छैनन्। राष्ट्र टाट पल्टाउने, जनता महंगीले मर्ने र संपूर्ण परियोजना ध्वस्त हुने अवस्थामा ‘पर्ख र हेर’को नीतिमा सरकार र राष्ट्र बैंक बस्दा राष्ट्रलाई धोका हुनसक्छ। डलरको भाउ ७४ रुपियाँ रहँदादेखि भारुको अवमूल्यन सुरु भएको हुँदा अहिले नेपालले भारु १०० बराबर नेरु ११५ देखि १२०। सम्मको सटहीमा ल्याएर पूर्ववत अवस्था सिर्जना गर्नुपर्छ।
अधिमूल्यनको नकारात्मक असर र समाधान
नेरुको अधिमूल्यनले राष्ट्र र जनतालाई फाइदा भए पनि विदेशी मुद्राको संचिति भएका बैंक र महंगो दरका विदेशी मुद्राबाट आयात भएका सामानको स्टक भएका आयातकर्तालाई घाटा पर्न सक्छ। तर बैंकहरूले आजसम्मको अवमूल्यनले गरेको नाफा र एकै पटकको अधिमूल्यनले पर्ने घाटाको हिसाब गर्दा पनि घाटामै जाने अवस्था रहे सरकारले सहायता दिनुपर्छ। सोही नीति आयात कर्ताको हकमा पनि अपनाउन सकिन्छ । अहिले बैंकहरूको वासलातलाई अन्तिमरूप दिने प्रक्रिया चलिरहेको छ । यसकारण गत वर्षमा विदेशी मुद्राका कारणले भएको आम्दानीलाई अलग गरी डिभिडेन्ड तथा बोनसमा प्रयोग नगर्ने निर्देशन जारी गरी राष्ट्र बैंकले नेरु अधिमूल्यनको वातावरण मिलाउनु पर्छ।
अर्को नकारात्मक असर भारतीय उत्पादन सस्तो भई नेपाली उत्पादनको प्रतिस्पर्धी क्षमता घट्छ भन्ने हो । नेपालका निर्यातमूलक र आयात प्रतिस्थापन मूलक उत्पादन दुवैको कच्चा पदार्थको ठूलो हिस्सा भारतीय नै छन्। यसर्थ कच्चा पदार्थको मूल्य घटी नेपाली उत्पादनको पनि लागत घट्न जान्छ। तर कुनै त्यस्ता विशेष वस्तु भएमा ‘नन् ट्यारिफ ब्यारियर’ द्वारापनि नियन्त्रण गर्न सकिन्छ।
अर्को तर्क छ, राजस्वमा ह्रास आउँछ भन्ने । अवमूल्यनका कारणले आउने राजस्वको परिमाण जति बढेपनि वास्तविक मूल्यका आधारमा केही फरक पर्दैन। खोस्टाको आयतनलाई हेरेर त्यस्लाई फलामभन्दा ठूलो मानेर आत्मरति गर्नुको अर्थ छैन । यसकारण राजस्व घट्नु बढनुभन्दा त्यसबाट उठेको पैसाको वास्तविक मूल्य महत्वपूर्ण हो।
भारुको प्राप्यता र तरलतामा नकरात्मक असर पर्छ भन्ने अर्काे तर्क छ । नेपाली बैंकिङ कार्डहरू र नगद भुक्तानी गर्ने प्रक्रियामा कुनै व्यवधान छैन। यसै पनि भारु नगदको प्रयोग अनधिकृत व्यापार र न्यून बीजकीकरणको बाँकी रकम भुक्तानीमा नै बढी प्रयोग भएको पाइन्छ। यसबाट अनधिकृत कारोबार नियन्त्रणनै हुनेछ।
सम्भाव्य बदनियत
स्थिति यति स्पष्ट हुँदाहुँदै पनि अर्थ मन्त्रालय र राष्ट्र बैंक केही नगर्ने र शासन सत्तामा ‘कुविधाने’ हैकम जमाइरहेका दलहरु मौन रहनु पछाडि बदनियत पनि हुन सक्छ। १.विदेशी मुद्राको संचिति गर्ने वैधानिकता पाएका प्रतिष्ठान, बैंक र केही ठूला आयात निर्यात कर्ताको अनुचित प्रभावमा परेर यो अवमूल्यनलाई छाडा छाडिएको पनि हुन सक्छ। यसले सन्निकट निर्वाचनका लागि चार दललाई राम्रै आर्थिक सहायता प्राप्त भएको पनि हुन सक्छ । २. राष्ट्र बैंक कारोबारमा नाफा देखाएर बोनस पनि खाने संस्था हो। यस प्रकरणमा विदेशी मुद्राबाट राष्ट्र बंैकलाई ठूलो नाफा भएको छ । कर्मचारीले राम्रै बोनस पाउन सक्छन् । यही प्रलोभनले राष्ट्र बैंक यस्तो पर्ख र हेरको नीतिमा रहेको हुनसक्छ।
उद्योग वाणिज्य महासंघको मौन
यस्तो असामान्य स्थितिमा पनि ठोस दृष्टिकोण साथ नेपाल उद्योग वाणिज्य महासंघको कुनै राय वा सरोकार नदेखिनु आश्चर्यको विषय हो। महासंघको नेतृत्व पनि या त अल्मलिएको छ नभए त्यसबाट लाभ पाउनेहरूको प्रभावमा परेर राष्ट्र र जनताप्रतिको दायित्वबाट चुकेको छ।
आजभन्दा केही महिना पहिले नै यस्तो अवस्था आउने देखेर नेपाली रुपियाँको क्रमिक अधिमूल्यनको नीति लिनु पर्र्ने विषय हामीले उठाएका थियौँ। दुई महिना पहिले जनता पार्टी नेपालले मन्त्रिपरिषद्का अध्यक्षलाई नेरुको अधिमूल्यन गर्ने नयाँ मौद्रिक नीति लिन ज्ञापन पत्रसमेत दिएको थियो । तर आजसम्म त्यसो गरिएन। नेरुको अधिमूल्यन गरिनै पर्छ भन्ने हाम्रो अडान यथावत् छ।
लेखक जनता पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष हुन्।

– See more at: https://nagariknews.com/opinion/story/6751/6751?Plz#sthash.QaXdgTTS.dpuf

RITTIDO GAAU BANJHIDO BHUMI

अरुणकुमार सुवेदी

केही दिन पहिले कान्तिपुर दैनिकमा चन्द्रशेखरजीको मर्मस्पर्शी लेख आएको थियो, तर्राईका उर्वर खेतहरू बाँझिन थालेको विषयमा । आज मसँग एउटा पहाडी गाउँको आजको स्थिति र अतीतको तुलनात्मक चित्रण छ । गाउँ हो मेरो आफ्नै जन्मस्थान धनकुटा, कुरुले तर यो नेपालको वर्तमान परिस्थितिका लागि प्रतिनिधि गाउँ हो ।
जुन समयमा मोटरगाडी देख्न धरान आइपुग्नुपथ्र्यो, त्यसबेला गाउँमा शिक्षा, स्वास्थ्य तथा बजारको केही सुविधा थिएन । नून, मट्टतिेल लगायत अन्य आवश्यक उपभोग्य सामग्री किन्न भरिया लिई धरान पुग्नु पथ्र्यो । तर पनि यो गाउँ यस्तो थियो, जहाँ साठी-सत्तरी जना स्नातकहरू गाउँमै थिए अर्थात् गाउँमा नियमित आउ-जाउ गर्थे र गाउँमै स्थायी बसोवास गर्दथे । हरेक घरका कोठेबारीमा कम्तिमा एक-दर्ुइ घरी केरा पाकेका हुन्थे । घरघरमा अजंगका मकैका थाँक्रा हुन्थे । सबैका बारीमा सुन्तलाका बोट प्रसस्तै हुन्थे । हेरक घरमा गाई, भैँसी, गोरु, बाख्रा अनेक बस्तुभाउ र अन्य पशुपन्छी हुन्थे । पाखा जंगलमा गोठालाहरू सुसेला हाल्थे र पाखै थर्किने गरी सुरिलो भाकामा मायापरित र सुखदुःखका गीत गाउँथे । खोला खेत टन्न धान, गहुँ, मकै र मौसम अनुसार अन्य बालीले भरिएका हुन्थे । गरीब किसानहरू समय अनुसार खोला बिर्राई वा खोरिया खनी मौसमी खेती गर्थे ।

जनसंख्या भने हृवात्तै घटेको छ । २०५६ सालमा छ हजारभन्दा बढी मतदाता थिए, अहिले घटेर चार हजारभन्दा कम छन् । आज मुस्किलले गाउँका केही घरमा गाईवस्तु देख्न पाइन्छ । वनपाखामा गोठाला गर्नैपर्ने गरी चौपाया कुनै घरमा छैनन् । अधिकांश घरमा ताला झुण्ड्याइएको छ । दिनुहँु लिपपोतले सिँगारिने सिकुवा भत्केका छन् । वर्षौदेखि मानिस नबसेका घरका आँगनमा दुबो र तितेपाती झ्याङ्गिएको छ । कुनै समय जुनेली रातमा घाँस चोरी हुने बारीका डिल खरघारी र झाडीमा परिणत भएका छन् । बारीमा घाँस नकाटिएको वर्षौ भइसक्यो । टाँकी, बडहर, कुटमिरो जस्ता डाले घाँसका रुखका हाँगा नकाटिएको पनि वर्षौ भइसकेको छ । बारीहरू बुट्यान र झाडीमा परिणत भएका छन् । कुनै घरका आँगनमा मकैको थाँक्रो छैन । खेतबारी जोत्न गोरु र हली कतै पाइँदैनन् । गाउँमा विद्यार्थी र शिक्षकबाहेक युवकहरू विरलै देख्न पाइन्छन् । गाउँमा केही चल्तीफिर्ती छ भने तिनीहरू हातमा मोबाइल फोन बोकेका, प्राय कर्ुतासुरुवाल र र्सटपैन्ट लगाएका विवाहिता युवतीहरूको छ । आज ँखोरिया’ र ँभष्मे’को अर्थ नबुझ्नेको संख्या बढ्दो छ । नावा, जरुवा लगायतका खोला किनारहरू घनघोर जंगल भएका छन् । फाँट खेतहरूमा आंशिकरूपमा मात्रै बाली देख्न पाइन्छ । खेतीमा कसैको जाँगर छैन, मजदुर पाइँदैन, पाइहाले पनि ज्याला ठेक्नै नसकिने गरी महँगो भएको छ । उत्पादनले खर्चै धान्दैन । आफ्नो खेतमा धान फलाएर ट्याक्टर लगाएर घरमा ल्याउँदा र मिलसम्म पुर्‍याएर कुटाउँदाको खर्चले तर्राईबाट आएको चालम किन्न सस्तो पर्न थाल्यो भन्छन् गाउँलेहरू । गाउँका बीचतिर केही पसल र होटलहरू खुलेका रहेछन् । पहिले घरमै कोदाको जाँडरक्सी बन्थ्यो, आजकाल पसलमा सिलबन्दी रक्सी बिक्दो रहेछ । कोदो खेती हृवात्तै घटेछ । घरमा गाईभैँसी छैन, पसलमा भारतीय पाउडर दूध बिक्छ । घरमा चिया खान यही पाउडर दूधको चल्ती बढेको छ । केही बोरा लालकिला बासमती चामल पनि पसलमा किन्न पाइन्छ । उहिलेको समयसँग पूरै उल्टो भएको छ, आलु, काउली, टमाटर, बैगुन, परवल धरानबाट ट्रक चढेर गाउँ पुग्छ । पुराना चौतारा र पाटी भत्केका छन्, रेमिट्यान्स पुर्‍याइदिने अफिस र साइबर क्याफे खुलेका छन् । कुनै समय घिउ, बाख्रापाठा र अलिअलि अन्नपात बेचेर घर्रखर्च र्टार्ने स्वावलम्वी गाउँलेहरू अहिले पोकाको दूध किन्छन् ।
दशैँतिहार जस्ता चाडहरू सामाजिक एकताका प्रतीक थिए । गाउँका बीचमा रोटेपिङमा तन्नेरीतरुनीहरू हाँसोमजा गर्दै रमाउँथे, लिंगे पिङमा दोहोरी मच्चिन्थे । रामनवमी, शिवरात्रि, एकादशीमा मेला लाग्थ्यो । यस्ता पर्व र मेलामा युवायुवतीहरू रातभर धान नाच्थे । जंगल र पाखापखेराहरू पालामले गुन्जिन्थे । आजकाल दशैँतिरहार बहिस्कार अभियान चलेको छ । रोटे र लिंगे पिङ थापिन छाडेका छन् । पिङ थापिने चौरमा चर्च खुलेका छन् । दशैँ बहिस्कारसँगै ख्रिसमस भित्रिएको छ । गामबेँसीमा पालाम घन्किँदैन । धान नाच्न त जोडी पाउनै मुस्किल छ रे ।
आज युग परिवर्तन भयो । केही असल अवश्य भएको छ । गाउँमा सडक पुगेको छ । त्यस बखत सात कक्षासम्म मात्रै पढाइ हुने स्कुल अहिले बाह्र कक्षासम्मको भएको छ । पहाड भए पनि धेरैवटा घरमा मोटरसाइकल देख्न पाइन्छ । सोलार पावर र स्थानीय खोलाबाट निकालेको बिजुलीले गाउँबाट टुकी विस्थापित भएको छ । स्वास्थ्य चौकी खुलेको छ । हातहातमा मोबाइल फोन छ । नसनाता र आफन्तको खबर थाहा पाउन हुलाकको चिठी कर्ुर्नु पर्दैन ।

धेरै दुःखको र केही खुशीको यो कथा मेरो गाउँको मात्रै होइन । अधिकांश पहाडी गाउँहरूको हो । पहाडका मात्रै होइन चन्द्र किशोरजीले नेपालको ५१ प्रतिशतभन्दा बढी जनसंख्या रहेको तर्राईमा पनि अब्बल खेतहरू बाँझिन थालेको कुरा लेखेका छन् । पहाडी गाउँ होस् वा तर्राई, अब हाम्रा खेतीयोग्य भूमि बाँझिन थालेका छन् । पर्ूवाधार अभाव र प्रतिकुल राजनीतिक वातावरणले उद्योगधन्दाको अवस्था नाजुक छ । तर, विगत एक दशकको तथ्यांक हर्ेर्ने हो भने दर्ुइ प्रकारका युवाहरूको अवस्था उल्लेख्य देख्न सकिन्छ- एक, वैदेशिक रोजगारमा जाने र दर्ुइ, इलम नगरी राजनीतिका नाममा अनुत्पादक तर आर्थिक लाभयुक्त जीवन बिताउने ।
वैदेशिक रोजगारका कारणले गाउँगाउँमा रेमिट्यान्स पुगेको छ तर त्यो रकम भने भारतीय र चिनियाँ उपभोग्य सामग्री खरिद गर्नमा खर्च हुन्छ । अर्थात् अन्तर्रर्ााट्रय श्रम बजारले नेपालमा पैसा त आउँछ तर आउनासाथ चीन र भारत जाने गर्छ ठूलो परिमाणमा ।

असफल भूमिसुधार ः
नेपालको प्रचलित भूमिसम्बन्धी कानून अनुसार पहाडमा १६ रोपनी घरबारी र ८० रोपनी खेतीयोग्य जमिन गरी ९६ रोपनीको हदबन्दी कायम गरिएको छ । पहाडी गाउँघरमा यदि त्यहाँ बस्ने घरधुरीलाई उपलब्ध खेतीयोग्य जमिन बाँडिदिने हो भने भागमा सरकारी हदबन्दीको दोब्बर तेब्बर पर्नेछ । यदि हदबन्दीभित्र राख्ने हो भने बसाइँ हिँडिसकेका, गाउँ त्यागिसकेकाहरूको नाममा जमिन दिई स्रेस्ता कायम रहने तर जमिन बाँझै बस्ने वर्तमान स्थिति निरन्तर नै रहने छ । यसकारण पहाडमा जमिनको हदबन्दी तोकिएको भूमिसुधार प्रणाली अब पर्ूण्ा असफल भइसकेको छ । तर्राईको स्थिति अलि भिन्न होला, केही सिमान्त गरीबहरू भूमिहीन होलान् तर पहाड जस्तै स्थिति उन्मुख छन् तर्राईका गाउँघरहरू पनि । आफैँ खेती नगर्ने जग्गा धनीहरूका जग्गा बाँझिन थालेका छन् ।

नयाँ बाटो ः अब पुरानै भूमिसुधार नीति र नियमहरूलाई निरन्तरता दिनुको अर्थ पहाड र मधेशमा जमिनलाई अरू बाँझो बनाउँदै लैजानु हो । यसकारण आफू खेत गर्छर्ुुन्नेलाई हदबन्दीको मापदण्डले छेक्नुहुन्न र कृषियोग्य भूमिको हदबन्दी हर्टाई जोताहाले मात्र कृषिभूमि राख्न पाउने नीति बनाइनु पर्छ । अर्कातर्फरित्तिँदै गएका गाउँका बाँझिदै गएको जमिनमा उच्च प्रतिफल दिने र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने प्रकारका बाली लगाउन कृषि उद्यमीहरूलाई प्रेरित गर्नुपर्छ । यसका लागि लगाउन अनुसन्धान गरी सरकारी निकायले आवश्यक अनुसन्धान गर्नुपर्छ । खेतीयोग्य भूमि बाँझो छाड्ने अवस्था निर्माण गर्नु राष्ट्रको नीतिको सबैभन्दा ठूलो असफलता हो ।

POLITICAL CONCEPT PAPER FOR ESTABLISHMENT OF NEW POLITICAL FORCE I

पृष्ठभूमि
नेपाल राष्ट्रको एकीकरणपूर्वदेखिको साँस्कृतिक धरोहर,  सहअस्तित्वमूलक जनसम्बन्ध र एकतामा अतिक्रमण भई राष्ट्रियता नै कमजोर हुँदै गएको छ ।
– राष्ट्रियताका आधारहरू कमजोर भई राष्ट्र विखण्डनको अवस्थामा रहेको छ ।
– सामाजिक एकता र सहभुक्तिको वातावरण कमजोर हुँदै गएको छ ।
– चरम साँस्कृतिक अतिक्रमण भई जनजाति र आदिवासीको पहिचान नष्ट हुने क्रम बढेको छ ।
– प्रजातन्त्रविरोधी दार्शनिक आधार भएका राजनीतिक शक्तिहरूको वर्चश्व बढ्दै गई प्रजातान्त्रिक परिपाटीमा संकट आउने अवस्था रहेको छ ।
– पुराना प्रजातान्त्रिक दलहरूको सिद्धान्त र प्रतिबद्धता स्खलित भई उनीहरू राष्ट्रिय अभिभारा थेग्न नसक्ने गरी विश्वास गुमाउँदै गइरहेका छन् ।
– आर्थिक विकास र सामाजिक सुरक्षा अन्यन्त कमजोर भएको छ ।
– वैदेशिक सम्बन्ध बिग्रँदै र अलमलिँदै गइरहेको छ ।
उल्लिखित पृष्ठभूमिमा नेपाल र राष्ट्र र नेपाली जनताको भविष्य सुदृढ गर्न नयाँ राजनीतिक शक्तिको अपरिहार्यता महसुस गरी तेस्रो सहस्राब्दीको वैज्ञानिक÷प्राविधिक विकासको प्रभाव परेको युवा पिँढी र नेपालको साँस्कृतिक पहिचानको समन्वयमा नयाँ दर्शन, सोच र कार्यशैलीको राजनीतिक दल निर्माणका लागि यो घोषणापत्र प्रस्ताव गरिएको छ । राष्ट्र र जनता सम्बन्धी सर्वाङ्गीण पक्षलाई सम्बोधन गर्ने यस दलको सैद्धान्तिक आधार र धारणा प्रस्तुत गरिएको छ ।

सैद्धान्तिक आधार –
१. यो दल मानवजातिको सार्वभौम अस्तित्व स्वीकार गर्ने उदार प्रजातान्त्रिक दल हुनेछ ।
२. यो दल नेपालको साँस्कृतिक राष्ट्रवाद अङ्गीकार गर्ने राजनीतिक शक्ति हुनेछ ।
३. सर्वधर्म सह–अस्तित्व स्वीकार गरिने छ र हिन्दुत्वलाई राष्ट्रियताको अहम् तत्व मानिनेछ ।
४. यस दलले सामाजिक सुरक्षाको प्रत्याभूतिसहितको न्यायपूर्ण उदार आर्थिक नीति लिनेछ ।
५. परम्परागत वैदेशिक नीति असफल भएको हुँदा चीन र भारतलाई पहिलो प्राथमिकतामा राख्ने दुई तहको वैदेशिक नीति यस दलले लिनेछ ।

राष्ट्रियताको प्रमुख आधार –
धर्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र नेपाल घोषणा गरी यस देशको एकीकरणभन्दा पहिलेदेखि विभिन्न क्षेत्रमा बसोवास गर्दै आएका र एकीकरणपछि पनि नेपाली राष्ट्रियतामा सम्मिलन भएका तमाम जातजाति, भाषाभाषी, आदिवासी, जनजाति सबैको साँस्कृतिक धरोहर संरक्षण र सम्बद्र्धन गर्ने लक्ष राखिएको छ । मेचीदेखि महाकालीसम्मका र हिमालदेखि तराईसम्मका अत्यधिक जनसंख्याको एकल साँस्कृतिक पहिचान हिन्दुत्व हो । यसकारण हिन्दुत्व नै राष्ट्रियताको एकमात्र सुत्र हो । यस राष्ट्रको विविधताको बीचमा बढ्दै गएको विखण्डनको अवस्था अन्त्य गरी सबै नेपालीलाई एकताको सुत्रमा बाँध्ने यो मात्र एक आधार हो ।
साँस्कृतिक अतिक्रमण, आस्थाको क्रय÷विक्रय र धर्मान्तरण रोकी नेपालको विविधतामूलक राष्ट्रियताको संरक्षण गर्न यस दलले साँस्कृतिक राष्ट्रवादका लागि हिन्दु राष्ट्र नेपालको मान्यता अघि सारेको छ । पृथ्वीको सुदुर पूर्व फिजीदेखि सुदुर पश्चिम क्यारेवियन क्षेत्रसम्म फैलिएको हिन्दु समुदाय र दक्षिणमा रहेको लगभग एक अर्बको हिन्दु जनसंख्याको पवित्र गन्तव्य नेपाललाई बनाउने उत्तम लक्ष राख्नु गैरहिन्दु समुदायलाई पनि गर्वको विषय हो । जसरी गुरु नानकको जन्मबाट इस्लामिक गणतन्त्र गौरवान्वित छ र वेथलेहमबाट यहुदी राष्ट्र इजरायल गौरवान्वित छ, त्यसरी नै हिन्दु गणतन्त्र नेपालमा गैरहिन्दु पनि गौरवान्वित र लाभान्वित हुनेछन् ।

राजनीतिक सैद्धान्तिक आधार –
एक्काईसौं शताब्दीमा एकतन्त्रात्मक र तानाशाही व्यवस्थाको परिकल्पना गर्न हुन सक्दैन । यो दल सार्वभौम मानव जातिको अस्तित्व स्वीकार गर्ने संसदीय प्रजातान्त्रिक प्रणाली स्वीकार गर्दछ । बढ्दै गएको विशृङ्खल साम्यवादको प्रभाव नरोकी राष्ट्रले अग्रगति लिन सक्दैन भन्ने मान्यता यस दलको रहेको छ ।

आर्थिक सामाजिक दृष्टिकोण –
२०४६ सालको जनआन्दोलनपछि आर्थिक क्रान्ति हुन नसक्नु नै वर्तमान आराजकताको उत्पतिको कारण हो । राष्ट्र गणतन्त्रको अध्यायमा प्रवेश गरेपछि राजनीतिक दलहरूको सैद्धान्तिक अकर्मन्यताले मुलुकमा राजनीतिक स्थिरता कायम हुन सकेन । फलस्वरूप आर्थिक परिवर्तन र विकासका लागि कुनै काम हुन सकेन । यसकारण मुलुक सामाजिक विग्रहको दिशातर्फ उन्मुख भई थप अराजकतातर्फ अग्रसर भएको छ । यसकारण विश्वसनीय आर्थिक सामाजिक नीति लिई जनजीविका सहज बनाउने र आर्थिक विकास द्रुत गतिमा अघि बढाउने यस दलको प्रतिबद्धता रहनेछ । यसका लागि सामाजिक क्षेत्रलाई सरकारको दायित्व मानी शिक्षा, स्वास्थ्य र वृद्ध÷अशक्तको जीवन यापनको पूर्ण प्रत्याभूति सरकाले गर्नुपर्छ भन्ने मान्यता रहेको छ भने पूर्वाधार लगायतका व्यापारिक तथा व्यावसायिक क्रियाकलाप पूर्णरूपमा निजी वा सार्वजनिक–निजी साझेदारीमा छाड्नुपर्छ भन्ने मान्यता रहनेछ । यो मान्यता नै नयाँ नेपालको आर्थिक रूपान्तरणको मार्ग हुनेछ ।

सकारात्मक विभेदसम्बन्धी विशेष व्यवस्था ः –
सामाजिक न्यायको दृष्टिकोणले सकारात्मक विभेद स्थापित प्रणाली हो । तर, यसको अनन्त प्रयोगले अरू नकारात्मक स्थिति ल्याएका दृष्टान्तहरू पनि प्रशस्त छन् । यस परिप्रेक्षमा हाम्रा लागि भारत नै एक दृष्टान्त बन्नसक्छ तर अनुकरणीय भने होइन । अहिले नेपालमा सकारात्मक विभेदलाई जातीय र लैङ्गिक मापदण्ड मात्र बनाउने चर्को दबाबपूर्ण वातावरण निर्माण भइरहेको छ । वस्तुतः अवसरबाट बञ्चितहरूलाई अवसर प्रदान गरी अर्को पीँढीसम्ममा समान स्तरमा प्रतिस्पर्धी क्षमता आर्जन गर्न सकून भनी आवधिक रूपमा सकारात्मक विभेदको नीति लिनुपर्छ भन्ने पक्षमा यो पार्टी सहमत छ । तर, यसका लागि मापदण्डका बारेमा हाम्रो विशिष्ट धारणा छ ।

– सम्पूर्ण नागरिकहरूको वायोमेट्रिक तथ्याङ्क तयार गर्ने र यसकै आधारमा कर, मालपोत, यातायात, उद्योग, वाणिज्य विभाग जस्ता सम्पतीको अभिलेख राख्ने निकाय र निजी क्षेत्रमा पनि काम गर्ने कर्मचारी÷कामदारहरूको लेखा सामाजिक सुरक्षा कोष स्थापना गरी त्यसैमार्फत राख्ने । सरकारी, अर्धसरकारी निकायका कार्मचारीको अभिलेख राख्ने प्रणाली छँदैछ । यी सबै अभिलेखहरूका आधारमा हरेक व्यक्तिको आर्थिक हैसियत थाहा हुन्छ । जसबाट क, ख, ग, घ वर्गमा वर्गीकरण गरेर हरेक वर्गको मापदण्डका आधारमा सामाजिक सुरक्षा सेवाहरूको मूल्य निर्धारण गर्ने र सकारात्मक विभेद गरिने स्थानहरूमा अवसर प्रदान गर्ने नीति यस पार्टीको रहनेछ ।

पुनश्चः आर्थिक विकासको अवधारणालाई अलग भागमा प्रस्तुत गरिएको छ ।

वैदेशिक नीति सम्बन्धी सिद्धान्त –
परम्परागत रूपमा सबै मित्र राष्ट्रलाई समदुरीमा राखी पञ्चशीलको सिद्धान्तमा आधारित विदेश नीतिले नेपाललाई सापेक्षित लाभ दिन सकेन भने हाम्रा दुई छिमेकीको विश्वास पनि जित्न सकेन । यस नीतिले उपयुक्त आर्थिक कुटनीति अङ्गीकार गर्न नसकेकोले राष्ट्रको आर्थिक अवस्थामा पनि कुनै योगदान भएन । यसकारण नयाँ किसिमको विदेश नीतिको सैद्धान्तिक आधार अवलम्वन गर्नुपर्ने धारणा यस दलको छ । जसअनुसार दुई तहको विदेश नीति रहनेछ । पहिलो तहमा चीन र भारत रहनेछन् । चीन र भारतको विदेश नीति, सुरक्षा रणनीति र सुरक्षा अवस्थामा असर पर्ने गरी नेपालले अरू राष्ट्रसँग सम्बन्ध विस्तार गर्नु हुदैन । अरू राष्ट्रहरूसँगको औपचारिक सम्बन्ध दोस्रो तहमा रहनुपर्छ । चीन र भारतबीचको विवादमा कुनै एक पक्षमा लागी अर्को पक्षलाई धान्न सक्ने सामरिक हैसियत नेपालसँग छैन । यसकारण त्यस्तो अवस्थामा तटस्थीकरणको नीति लिन नेपाल बाध्य हुनेछ भन्ने कुरा दुवै राष्ट्रलाई जानकारी गराउनु पर्छ ।

वर्तमान मुद्दाहरूप्रति यस दलको दृष्टिकोण –
१. राष्ट्र ः– संघीय हिन्दु राष्ट्र नेपाल हुनुपर्नेछ ।
२. राजनीतिक प्रणाली ः– बहुदलीय संसदीय प्रणाली, संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपति हुनुपर्नेछ ।
३. राजनीतिक संरचना ः– केन्द्रीय र प्रान्तीय गरी दुई तहको सरकार र यी दुवै तहको संसद हुनुपर्ने छ । प्रान्तमा जिल्ला, ग्राम पञ्चायत÷नगरपञ्चायत र वडा तहसम्मको स्थानीय संरचना हुनुपर्नेछ ।
४. संघीय संरचना ः– पहाड र हिमालको प्राकृतिक स्रोत तथा मधेशको जनसंख्यालाई नछुट्याउने नीति अन्तर्गत संघीय ढाँचा रहनुपर्छ ।

संघीय संरचनाको प्रस्तावित प्रदेश र संरचना –
क. कोशी प्रदेश ः हालका कोशी र मेची अञ्चल
ख. मिथिला÷सगरमाथा प्रदेश ः हालको सगरमाथा अञ्चल,  जनकपुर अञ्चल (रामेछाप र दोलखा जिल्लाबाहेक) बारा, पर्सा र रौतहट जिल्ला
ग. वागमती प्रदेश ः वागमती अञ्चल, मकवानपुर, चितवन, दोलखा र रामेछाप जिल्ला
घ. गोरखा प्रदेश ः गण्डकी र धौलागिरि अञ्चल र पाल्पा जिल्ला
ङ. लुम्बिनी प्रदेश ः लुम्बिनी (पाल्पा जिल्लाबाहेक) र रापती अञ्चल र डोल्पा जिल्ला
च. कर्णाली ः हालको सुदुर पश्चिमाञ्चल विकास क्षेत्र, भेरी अञ्चल र कर्णाली अञ्चलका चार जिल्ला

न्यायिक प्रणाली –
स्थानीय न्यायालय (सर्किट कोर्ट), उच्च न्यायालय र संघीय न्यायालय (सर्वोच्च अदालत) गरी तीन तहको न्यायिक प्रणाली हुनुपर्नेछ ।
६. भाषा सम्बन्धी नीति ः
क. स्थानीय निकाय र अदालतमा स्थानीय भाषाहरूलाई मान्यता दिने र त्यसको दस्तावेजको निरन्तरता उपल्लो तहसम्म रहने व्यवस्था हुनुपर्नेछ ।
ख. संघीय संसदमा नेपाली र अंग्रेजी भाषाले मान्यता पाउने र सांस्कृतिक कारणले संस्कृत पनि राख्न सकिने व्यवस्था हुनुपर्नेछ ।
ग. प्रादेशिक विधानसभामा सोही सभाले लिएको निर्णय अनुसार अतिरिक्त भाषाहरूमा काम गर्न पाउने व्यवस्था हुनुपर्नेछ ।
घ. स्थानीय स्तरमा प्रादेशिक सभाले निर्णय गरेअनुसारको स्थानीय भाषाले मान्यता पाउने व्यवस्था हुनुपर्नेछ ।
ङ. माथिको अवस्थामा नपरेका भाषाहरूलाई राष्ट्रले नीति बनाएर संरक्षण र सम्बद्र्धन गर्ने व्यवस्था हुनुपर्नेछ ।
च. आर्थिक कारणले हिन्दी र चिनिया भाषालाई अंग्रेजी सरह मान्यता दिने व्यवस्था गर्न सकिनेछ ।
भाषा सम्बन्धी नीति ः
–    क. स्थानीय निकाय र अदालतमा स्थानीय भाषाहरूलाई मान्यता दिने र त्यसको दस्तावेजको निरन्तरता उपल्लो तहसम्म रहने व्यवस्था हुनुपर्नेछ ।
–     ख. संघीय संसदमा नेपाली र अंग्रेजी भाषाले मान्यता पाउने र सांस्कृतिक कारणले संस्कृत पनि राख्न सकिने व्यवस्था हुनुपर्नेछ ।
–    ग. प्रादेशिक विधानसभामा सोही सभाले लिएको निर्णय अनुसार अतिरिक्त भाषाहरूमा काम गर्न पाउने व्यवस्था हुनुपर्नेछ ।
–    घ. स्थानीय स्तरमा प्रादेशिक सभाले निर्णय गरेअनुसारको स्थानीय भाषाले मान्यता पाउने व्यवस्था हुनुपर्नेछ ।
–    ङ. माथिको अवस्थामा नपरेका भाषाहरूलाई राष्ट्रले नीति बनाएर संरक्षण र सम्बद्र्धन गर्ने व्यवस्था हुनुपर्नेछ ।
–    च. पुर्वी मधेश, मध्य मधेश र पश्चिमी मधेश तथा मधेश र पहाडबीचको सम्पर्क भाषाको रुपमा हिन्दी स्थापित भईसकेको हुनाले यस भाषालाई नेपाली पछिको दोश्रो सम्पर्क भाषाको रुपमा संवैधानिक मान्यता हुनुपर्दछ ।
–    आर्थिक कारणले चिनिया भाषालाई मान्यता दिनुपर्छ ।

राज्य र केन्द्रको सम्बन्ध

राजनीतिक÷प्रशासनिक ः विदेश, प्रतिरक्षा, नागरिकता र संविधान संशोधनसम्बन्धी विषय केन्द्रको अधिनमा रहनेछ ।

आर्थिक÷प्राकृतिक स्रोत ः

– जलस्रोतसम्बन्धी निर्णय, राजमार्ग÷लोकमार्ग, हवाई यातायात, रेल वे र जलयातायात केन्द्रको अधिनमा रहनेछ ।
– भन्सार महसुल र केन्द्रीय अन्तशुल्क केन्द्रको अधिनमा हुनेछ ।
– मूल्य अभिवृद्धि कर  (आयात) वस्तुको गन्तव्य प्रान्त र केन्द्रको आधा–आधा हुनेछ ।
– मूल्य अभिवृद्धि कर स्थानीय व्यापार तथा  उत्पादन विजक जारी गरिएको प्रान्त र केन्द्रको ३ ः १ को अनुपातमा हिस्सेदारी रहनेछ ।
–आयकर (कर्पोरेट) केन्द्र र प्रान्तको आधा–आधा हुनेछ ।
– आयकर (व्यक्तिगत) सम्बन्धित प्रान्तको हुनेछ ।
– जलस्रोत, सडक, हवाई, जल र रेल वे यातायातबाहेकको रोयल्टी स्थानीय प्रान्तको हुनेछ । जलस्रोतमा भने ५० मेगावाटभन्दा माथि र बहुउद्देश्यीय आयोजनाबाहेक अन्यमा प्रान्तले व्यवस्थापन गर्न सक्नेछ ।
– विद्युत तथा ऊर्जा प्रशारण र वितरणको हकमा कम्पनीहरू प्रान्तीय स्तरमा रहन सक्नेछन् तर राष्ट्रिय ग्रिड (प्रशारण) केन्द्रको अधिनस्थ रहनेछ ।
– विशेष खानीहरू प्रस्तर, माणिक्य, खनिज इन्धन, तामा, फलाम एलुमोनियम, चाँदी, सुन, प्लाटेनियम, थोरियम, प्लुटोनियम, युरेनियम, जिन्क इत्यादिमा केन्द्रको नियन्त्रण हुनेछ ।

मुद्रा ः नेपाली रुपैयाँ नै प्रमुख विनिमयको माध्यम रहने छ ।

मानवअधिकार, नागरिक स्वतन्त्रता र मौलिक हकः
अभिव्यक्तिको स्वतन्त्रता, पेसाको स्वतन्त्रता, देशभर निर्बाध बसोबास र हिँडडुल गर्ने स्वतन्त्रताको प्रत्याभूति हुनुपर्दछ । सामाजिक र आर्थिक विभेदको अन्त्य गरिनु पर्दछ । व्यक्तिको सम्पत्तिको हक सुनिश्चित गरि आधारभूत आवश्यकता, शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकार प्रत्याभूत गरिनुपर्दछ । देशका नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गरि सूचनाको हक अनि प्रकासन र प्रसारणको हकको व्यवस्था गरिनु पर्दछ । साथै सबै नेपाली नागरिकलाई नागरिकताको अधिकार रहन्छ ।

सुचनाः
यो दस्तावेज कुनै पनि राजनैतिक संगठनले प्रयोग गरेमा प्लेगारिजम र बौद्धिक सम्पत्ति अधिकार अनुसार कार्यवाही गरिनेछ ।

ECONONIC CONCEPT PAPER FOR ESTABLISHMENT OF NEW POLITICAL FORCE

आर्थिक विकाससम्बन्धी नीति

१. शिक्षालय र अस्पताल निजी क्षेत्रले चलाउनु हुँदैन । यसकारण राज्यले निजी विद्यालय र निजी अस्पतालहरू राष्ट्रियकरण गर्नेछ । कर सरकारको अधिकार हो । सरकार लोक कल्याणकारी हुनुपर्छ र सामाजिक सुरक्षाको दायित्व पूरा गर्नुपर्छ । दायित्व पूरा नगर्ने सरकारले आफ्नो अधिकारको मात्रै कुरा गर्न सक्दैन । ज्येष्ठ नागरिकहरूको भरणपोषणसहित सामाजिक सुरक्षाको दायित्व सरकारले लिनेछ ।

२. राष्ट्रको स्वामित्वमा रहेका विद्युत आयोजनादेखि सबै प्रकारका व्यापारिक प्रतिष्ठान आवश्यक कार्ययोजना बनाई निजीकरण गरिनेछ । धेरै ठूला प्रतिष्ठान भए सार्वजनिक–निजी साझेदारी मोडेल अङ्गीकार गरिनेछ ।

३. राष्ट्रिय महत्वका पूर्वाधार परियोजनाहरूको हकमा सार्वजनिक–निजी साझेदारीको भएमा र वैदेशिक ऋण जरुरत परेमा सरकार जमानत बसेर त्यस्ता आयोजना अगाडि बढाइने छ ।

४. जलस्रोत विकाससम्बन्धी विशेष धारणा
क. नेपालका ठूला नदीहरू वा सिधा बगी भारत जाने नदीका परियोजनाहरू यथासंभव बहुपक्षीकरण नगर्ने । यसलाई नेपाल–भारत समझदारीको विषय बनाउने ।
ख. गंगा उपत्यकामा रणनीतिक योजना ( न्बलनब द्यबकष्ल क्तचबतभनष्अ एबिल ) अन्तर्गत बाढी नियन्त्रण र बहुउद्देश्यीय उपयोगका जम्मा २३ वटा जलाशय योजनाहरू अगाडि बढाउन हरसंभव प्रयत्न गर्ने ।
ग. गंगा उपत्यकाको जलप्रवाहलाई अत्यन्त नकारात्मक अवस्थामा पनि निरन्तर र सन्तुलित बनाउने भनी जल ग्रीडको धारणाअनुसार भारतको नदी जोड परियोजनाको हिमालयन नदीतर्फ नेपालले पूरकको भूमिका निर्वाह गर्ने ।
घ. कोशी उच्च बाँध, गण्डक–गंगा लिङ्क, घागरा–यमुना लिङ्क, तथा कर्णाली चिसापानी योजना पञ्चेश्वर, पूर्णागिरि बाँध (शारदा)– यमुना लिङ्क योजनाहरूलाई द्विदेशीय प्राधिकरण गठन गरी सुरक्षा र व्यवस्थापनको प्रबन्ध मिलाई यथाशीघ्र अगाडि बढाउने ।
ङ. कोशी उच्च बाँधको पूर्वी नहरलाई जलयातायात उपयुक्त बनाउने र मानस नदीदेखि पश्चिमका ब्रह्मपुत्रको जलाधारबाट मेचीमा पानी ल्याएर मेचीको प्रवाह बढाई जलयातायातलाई प्राथमिकता दिने उद्देश्यका साथ भारतको नदी जोड परियोजना अगाडि बढाउन सहकार्य गर्ने ।
च. उपयुक्त परियोजनाहरूबाट निस्किएको विद्युत भारतको आन्तरिक उत्पादन सरहको मूल्यमा विद्युत खरिद सम्झौता गर्न भारतसँग सहकार्य गर्ने ।
छ. कर्णाली र अरुण उपत्यकाजस्ता उच्च क्षमता भएका स्थानहरूबाट उपल्लो कर्णाली वा अरुण तेस्रोलाई ‘स्ट्याण्डर्ड मोडेल’ मानी सिघाती र अरू कम्पनीहरूले संयुक्तरूपमा भारतसम्म ‘डेडिकेटेड’ प्रशारण लाइनमार्फत विद्युत बेच्नसक्ने व्यवस्था मिलाइदिने । यसो गर्दा नेपालको हिस्सामा परेको विद्युत र त्यहाँ वरिपरिका अन्य साना र मझौला योजनाको नेपालभित्र खरिद सम्झौता भएका योजनाहरूको उत्पादन ह्विलिङ गरी नेपालको उपयुक्त स्थानमा जोड्ने व्यवस्था गराउने ।
ज. वर्तमानको नेपाल विद्युत प्राधिकरणका सम्पूर्ण उत्पादन एकाइहरू निजीकरण वा कम्पनीकरण गर्ने । वितरण क्षेत्र पनि अलग–अलग कम्पनी बनाई निजीकरण वा कम्पनीकरण गर्ने । नेपाल विद्युत प्राधिकरणलाई प्रशारण निगमका रूपमा मात्र राख्ने । यसरी वितरण क्षेत्र र उत्पादन योजना बेचेर आएको रकमले मुलुकभरि आवश्यक उच्च भोल्टेज प्रशारण सञ्जाल तयार गर्ने ।
झ. राष्ट्रभित्रकै पूँजीबाट प्रबद्र्धित साना र मझौला परियोजनाहरूलाई ९० प्रतिशतसम्म ऋण उपलब्ध गराउने नीति लिने ।
ञ. बहुउद्देश्यीय उपयोग नभएका उत्तरवर्ती क्षेत्रका परियोजनाहरूलाई विकसित गरी त्यहाँको विद्युत स्थानीय बजार वा भारतमा बेच्ने व्यवस्था गर्ने ।
उपर्युक्त नीतिहरूको कार्यान्वयनले नेपालको ऊर्जा संकट स्वतः समाप्त हुनेछ ।

५. यातायात प्रणाली र खनिज इन्धन आयात बचतसम्बन्धी विशेष दृष्टिकोण
– राज्य स्वयम् संलग्न रही नगद र श्रम दुवै शेयरीकरण गर्न सकिने सार्वजनिक–निजी–वैदेशिक लागनी साझेदारीमा वीरगञ्ज–हेटौंडा–काठमाण्डौं–काभ्रे उपत्यका रेल मार्ग बनाई काठमाण्डौंमा मेट्रो रेल प्रणाली विकास गर्ने ।
– काँकडभिटा–विराटनगर–इटहरी–धरान चतारासम्म रेल यातायात विकास गरी सात वर्ष भित्रमा हालको पेट्रोलियम आयात २५ प्रतिशित घटाउने ।
– सडकको सट्टा केबुल मार्ग निर्माणमा प्राथमिकता दिने ।
– कोशी उच्च बाँध, कार्णाली चिसापनी र गण्डक बाँध तथा लिङ्क नहरमा जल यातायातको विकास गर्ने ।
– अन्य नवीकरणीय उर्जा – भूतापीय वायु र थेरियम समेतमा जोड दिने ।
– सार्वजनिक यातायात प्रणालीको उचित व्यवस्थापन गरी विशेष प्रयोजनबाहेक काठमाण्डौं आउने पेट्रोलियम तेलमा आधारित साधनहरू र मोटरसाइकलजस्ता जोखिमपूर्ण साधनहरू प्रतिबन्धित गर्ने ।
– सडक, रेल मार्ग, केबुल मार्ग, र जल यातायातको विस्तार र स्तरोन्नति गर्दै जाने ।

६. कृषि तथा भूमिसम्बन्धी विशेष धारणा
– भूमिमा सरकार र व्यक्तिको द्वैध स्वामित्वको अन्त्य गर्ने ।
– उत्पादनशील भूमिमाथिको वर्तमान हदबन्दी अन्त्य गर्ने ।
– अनुत्पादक जमिन (घर, घडरी) मा प्रतिबन्ध लगाउने ।
– जसको जोत उसको पोत कायम गर्ने ।
– नसड्ने बालिको क्रय प्रत्याभूति र ऋण निश्चित गर्ने ।
– बालि तथा पशु बिमाको व्यवस्था गर्ने ।
– कृषि तथा भूमि बैंकको स्थापना गरी मुआब्जा दिई जोताहालाई मात्र जग्गाधनी बनाउने ।

७. सकारात्मक विभेदसम्बन्धी विषेश व्यवस्था
सामाजिक न्यायको दृष्टिकोणले सकारात्मक विभेद स्थापित प्रणाली हो । तर, यसको अनन्त प्रयोगले अरू नकारात्मक स्थिति ल्याएका दृष्टान्तहरू प्नि प्रशस्त छन् । यस परिप्रेक्षमा हाम्रा लागि भारत नै एक दृष्टान्त बन्नसक्छ तर अनुकरणीय भने होइन । अहिले नेपालमा सकारात्मक विभेदलाई जातीय र लैङ्गिक मापदण्ड मात्र बनाउने चर्को दबाबपूर्ण वातावरण निर्माण भइरहेको छ । वस्तुतः अवसरबाट बञ्चितहरूलाई अवसर प्रदान गरी अर्को पीँढीसम्ममा समान स्तरमा प्रतिस्पर्धी क्षमता आर्जन गर्न सकून भनी आवधिक रूपमा सकारात्मक विभेदको नीति लिनुपर्छ भन्ने पक्षमा यो पार्टी सहमत छ । तर, यसका लागि मापदण्डका बारेमा हाम्रो विशिष्ट धारणा छ ।
– सम्पूर्ण नागरिकहरूको वायोमेट्रिक तथ्याङ्क तयार गर्ने र यसकै आधारमा कर, मालपोत, यातायात, उद्योग, वाणिज्य विभाग जस्ता सम्पतीको अभिलेख राख्ने निकाय र निजी क्षेत्रमा पनि काम गर्ने कर्मचारी÷कामदारहरूको लेखा सामाजिक सुरक्षा कोष स्थापना गरी त्यसैमार्फत राख्ने । सरकारी, अर्धसरकारी निकायका कार्मचारीको अभिलेख राख्ने प्रणाली छँदैछ । यी सबै अभिलेखहरूका अधारमा हरेक व्यक्तिको आर्थिक हैसियत थाहा हुन्छ । जसबाट क, ख, ग, घ वर्गमा वर्गीकरण गरेर हरेक वर्गको मापदण्डका आधारमा सामाजिक सुरक्षा सेवाहरूको मूल्य निर्धारण गर्ने र सकारात्मक विभेद गरिने स्थानहरूमा अवसर प्रदान गर्ने नीति यस पार्टीको रहनेछ ।

८. कर्णाली विकाससम्बन्धि बिशेष नीति
जनसंख्या केन्द्र निर्माण गर्न पुनर्वासको योजना अघि बढाउने र कर्णाली विकासको गुरुयोजना लागु गर्ने ।

९. युवा रोजगार÷स्वरोजगार योजना
‘श्रम नै लगानी’को नीति अवलम्बन गरी अन्यन्त ठूला पूर्वाधार आयोजनाहरूमा श्रमिक, कामदार वा कर्मचारीलाई जीवन निर्वाहका लागि निश्चित रकम दिई बाँकी रकम उक्त कम्पनीको शेयरमा रूपान्तरण गर्ने नीति अनुरूप आम युवालाई रोजगारीको अवसर दिने ।
– युवा वा युवा समूहलाई बैंक तथा वित्तीय संस्थाको निगरानीपूर्ण संलग्नतामा शतप्रतिशत ऋणमा व्यवसाय सञ्चालनको नीति लिने ।

१०. विशेष परियोजनाहरू
– वीरगञ्ज–हेटौंडा–काठमाण्डौं रेल (हेटौंडा–लुम्बिनी विस्तारको दोस्रो चरणसहित) काठमाण्डौं मेट्रो रेल ।
– पूर्व–पश्चिम इ. एच. भी. इनर्जी हाइ वे ।
– अरुण उपत्यका, कर्णाली उपत्यका इनर्जी कोरिडर परियोजना ।
– नेपाल–भारत ‘डेडिकेटेड’ प्रशारण लाइन परियोजना ।
– मुक्तिनाथ, गोक्यो, त्रिपुरासुन्दरी, डोल्पा केबल वे परियोजना ।

सुचनाः
यो दस्तावेज कुनै पनि राजनैतिक संगठनले प्रयोग गरेमा प्लेगारिजम र बौद्धिक सम्पत्ति अधिकार अनुसार कार्यवाही गरिनेछ ।

ARTICLE OF HITA /NEPAL BHARAT BAARTA

उपलब्धिहीन नेपाल–भारत जलस्रोत बार्ता
अरुणकुमार सुवेदी

नेपाल–भारत जलस्रोत उपयोगसम्बन्धी बार्ता सकिएको छ । कुनै ठोस निर्णय र उपलब्धि नआएको बार्ता एउटा औपचारिकताझंै मात्र प्रतीत हुन्छ । तथापि डङ्डङ्ती गनाउने कुहिया सिद्धान्तका हिमायती वैद्य बा जस्ता नेताले भने त्यो चीया वार्ताको विरोध नगरी छाडेनन् । यस वार्ताको सबैभन्दा ठूलो कुराझैं गरी नेपाली पक्षले राखेको विषय थियो– इनर्जी ब्यांकिङ । नेपाल–भारतबीच जल उपयोगका लागि अपार सम्भावना भए तापनि त्यस्ता ठूला सम्भावना र नेपालको आर्थिक अवस्थाको कायपलट हुने विषयप्रति नेपालीपक्षले कुनै ठूलो चासो र दृष्टिकोण राख्ने गरेको थिएन र यसपाली पनि राखेन ।

भारतसँगको जल उपयोगको साझेदारी २०११ सालदेखि सुरु हुनासाथ नेपालमा जल–राष्ट्रियताको उग्र संस्कार उठ्न पुग्यो । त्यसपछि ६ दशकसम्म पनि यो नारा जल राष्ट्रियताको राजनीति चाहिँ अरू उग्र बन्दै गयो नेपालले उपलब्धि चाहिँ के पायो जग जाहेर छ । यस उग्रता र जडताले न भारतलाई सहज रूपमा सहकार्य गर्न सक्ने अवस्था निर्माण ग¥यो न त नेपाल आफैंले केही गर्न सक्यो । अब समय आइसकेको छ । जल राष्ट्रियताको कुराभन्दा हाम्रो समृद्धिको साधन हो । राष्ट्रियता बिक्रीयोग्य कुरा होइन तर जल बिक्रीयोग्य साधन हो । अब फलानो नदी फलानाले बिक्री ग¥यो भनी राल्फाली गीतमा गीतार बजाई जनताको भावना भुट्ने कामभन्दा सम्भाव्य सबै नदीनालाको उपयोगितालाई हरसम्भव बिक्री गरी नेपाल र नेपालीको समृद्धि बढाउनुपर्छ । अबको दृष्टिकोण नदी नालाका उपयोगिता बिक्री गरौं भन्ने सिद्धान्ततर्फ अग्रसर हुनुपर्दछ । जसले यो दृष्टिकोणको विरुद्धमा गई भाड्ने कोशिष गर्छ ती नेपालको समृद्धिका बाधक र राष्ट्रद्रोही हुन् । अब नेपाली पक्षले भन्न सक्नुपर्छ, हामी सबै नदीको उपयोगिता बिक्री गर्न चाहन्छौं, शर्त मिलाई किन भनी भारतसामु प्रस्ताव राख्न सक्नुपथ्र्यो ।

नेपाललाई ठूलो आर्थिक लाभ दिन सक्ने ठूला–ठूला परियोजनामा क्रेताको अर्थात् भारतको चाख र प्राथमिकता के हो ? र, नेपालले के कुरा गरी हाम्रा नदीनालाको आर्थिक उपयोगितालाई प्रयोग गर्न सकिएला भनी किन हामी सोध्न सकिरहेका छैनौं ? व्यापार व्यवसायमा एटा मान्यता छ, बजार क्रेताको हुन्छ, बिक्रेताको बजारमाथि नियन्त्रण भयो भने राम्रो मानिन्न । यस कराण नेपालले आफ्नो क्रेताको चाख र आशय सोधी आफूले कुन परियोजना बढी बिक्रीयोग्य छ तिनीहरूलाई अगाडि बढाउनुपर्ने हुन्थ्यो । तर, नेपाल आफैं अलमलमा देखियो । अत्यन्त ठूलो र महŒवाकांक्षी विषयप्रति धारणा राख्नुपर्नेमा ‘इनर्जी बैंकिङ’ तिनै ठूला कुराको एउटा सामान्य शर्तमाथि नेपाल केन्द्रित देखियो ।

अहिलेको भारतको चाखमा पहिलो कुरा बढी नियन्त्रण र दोस्रो सिंचाई हो । यी दुई कुरामा सहमति हुनासाथ विद्युत्को आदानप्रदान वा निर्यात दरमा कुरा नमिल्ला भन्न सकिन्न । पचास करोड मानिसको बासस्थान रहेको गंगा उपत्यकाको सभ्यतालाई सुरुक्षा दिन बाढी नियन्त्रण भारतका लागि अत्यन्त महŒवपूर्ण विषय हो । जसका लागि नेपालमा योजना गरिएका २३ वटा बाधबाट वर्षायामको प्रवाहलाई २० प्रतिशत घटाई बाढी नियन्त्रण गर्ने धारणालाई नेपालले उठाउँदै उठाएन । त्यस कुराको उठान भारतीय पक्षले मात्र गर्दा नेपालमा अनावश्यक राजनीतिक बखेडा उत्पन्न हुने कुरा सबैलाई थाहा छ । यसर्थ यो कुरा नेपालपक्षबाट आओस् भन्ने भारतको अपेक्षा रहेको हुनुपर्छ । त्यसमाथि कांगे्रस सत्तामा रहँदा पानी वात लागि आएको इतिहास हुनाले कम्युनिष्टहरू सत्तामा रहँदै यो प्रस्ताव आएको भए भारतलाई अरू सहज हुने थियो । तर, नेपाल पक्षले यो मनोविज्ञान बुझ्न सकेन । यसका साथै भारतको ‘जलग्रिड’ अर्थात् नदी जोड परियोजनाका मुख्य अंशहरू कोशी उच्च बाँध, गण्डक बाँध, कर्णाली चिसापानी र महाकाली नदीप्रति नेपालले सहमति जनाउने आफ्नो मुख्य चाखका विषयको उठान गर्न पनि सकेन । आफ्नो जलको उपयोग आफ्नो पक्षमा गर्न अर्काको स्रोतलाई परिचालन नगर्ने परिपे्रक्ष्यमा नेपाल अलमलिएको छ । नेपालको अतीतका कारणले त्यस्ता विषय भारतले उठान गर्नासाथ विवाद हुने र नेपालले उठाउने बुद्धि नै नपु¥याउने स्थिति रहेको कुरा यसपालीको बैठकमा पनि प्रमाणित भयो ।

अन्ततः यो स्वप्नाकारको एउटै रटान छ बारम्बार दोहोरिने–
१. कोशी उच्च बाँधलाई भारतले योजना गरेअनुसार पूर्वी नहर जलयातायातलाई योग्य हुने गरी शीघ्र अगाडि बढाउने ।
२. तेईसवटै बाँधलाई जतिसक्दो अगाडि बढाउने ।
३. त्यसको उत्पादन अर्थात् विद्युत्लाई न्यूनतम समर्थन मूल्य कायम गरी उपयोग सम्झौता गर्ने ।
४. यस्ता परियोजनाको सुरक्षा र व्यवस्थापन द्विराष्ट्रिय संयन्त्रमार्फत गर्ने ।
५. यस्ता नदीको बहुपक्षीयकरण नगर्ने ।

HITA ARTICLE ON SUDHIR BASNET

उमेशचन्द्र जैनदेखि सुधिर बस्नेतसम्म
अरुणकुमार सुवेदी
नेपालका कुनै जमानाका सबैभन्दा चर्चित विल्डर्स सुधिर बस्नेत अहिले ठगीको मुद्दामा प्रहरी हिरासतमा छन् । प्रहरीले छातीमा नाम र मुद्दा टाँसेर हतकडी लगाएर उनलाई पे्रससमक्ष बहादुरी देखाएझैं गरी प्रस्तुत ग¥यो । केही वित्त कम्पनीहरू, निकैवटा सहकारी फाइनेन्सहरू, धेरैवटा एपार्टमेन्ट तथा हाउजिङका प्रवद्र्धक सुधिर बस्नेतको कम्पनीको विज्ञापन नभएको र नआएको कुनै दिन हुन्न थियो, केही समय अगाडिसम्म । उनीबाट करोडौंको विज्ञापन लिने सञ्चारमाध्यमले कुनै पञ्चखत गरी फरार अभियुक्तलाई प्रहरीले अपमानपूर्ण किसिमबाट गरेको प्रस्तुतिलाई जस्ताको तस्तै
प्रशारण गरे । यो लेखक पनि उद्योग÷व्यापारसँग लामो समयदेखि सम्बन्धित छ, यस दर्मियानमा आएको मेरो एउटा अनुभूति सायद सुधिर बस्नेतलाई पनि बारम्बार आइरहेको हुनुपर्छ । यो देशमा उद्योग व्यापार गर्नु भनेको ठूलै भूल हो । यस प्रकरणमा नेउवा महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीको एउटा भनाइ पनि दोहो¥याउनु प्रासंगिक छ– ‘नेपालमा उद्योग गर्नु भनेको पूर्वजन्मको अपराधको सजाय हो ।’ यति भनिरहँदा एउटा गम्भीर प्रश्नमाथि विश्लेषण गर्नु वेश होला । नेपालमा यस्ता ठूला व्यवसायीका सबै कम्पनी एकैपटक असफल कसरी हुन्छन् र उनीहरू यस्तो दुर्गतिमा आइपुग्छन् ?
नेपालको सुधिर बस्नेत यस्तो नियति भोग्ने पहिलो व्यक्ति हैनन् । कसुर गरेबापत त संसारभरि जहाँ पनि दण्डित भएका उदाहरणहरू छन् तर यस प्रकृतिका अवस्थाहरूमा बैंकहरूबाट सबै कम्पनीहरू एकैपटक कारबाहीमा परी मानिस सडकमा आउनुपर्ने अपराधपूर्ण कानुनहरू चाहिँ सायद नेपालमा मात्र छन् । यसको अन्तिम उदारण मात्र हुन् सुधिर बस्नेत । यो क्रम संभवतः स्व. उमेशचन्द्र जैनको पालादेखि चलिआएको छ । कुनै त्यस्तो कसुर विना टाटा मोटर्सको एजेन्सी हत्याउन उनीमाथि कानुन र बैंकहरू यसरी जाई लागे कि अन्ततः उनी पलायन हुन बाध्य भए । उनका सबै कम्पनीहरू बन्द भए र बैंकले प्रहरी लगाएर घरबाट झिटिगुण्टा फाल्ने कामसम्म ग¥यो । आफ्नो ऋण सावाँ ब्याज बुझाई सम्पत्ति फिर्ता पाउँभन्दा पनि दिइएनन् । अन्ततः उनी आफ्नो चार्टर्ड एकाउन्टेन्ट छोरीको शरणमा गुमनाम भई प्राण त्याग गर्न बाध्य भए । उनीसँगको मेरो लामो परिचयमा उनका करुण कथाहरू मैले यथेष्ट सुनेको थिएँ ।
यस्तै दुःखपूर्ण कथा छ मंगतुराम अग्रवालको पनि । ७÷८ वटा कम्पनीका मालिक मंगतुरामको एउटा कम्पनीको कारोवार के तलमाथि भा’थ्यो उनी र उनका तीन भाइ छोराहरू जेल जानुप¥यो र उनका बाँकी सबै उद्योगहरू लावारिस भई दुबो उम्रिन पुग्यो । केही समयअगाडि पियूषबहादुर अमात्यले खेपेको अपमान पनि कम छैन । २०५०÷५१ ताका केही हजार डलरको अपचलनमा मोहन गोपाल खेतानले पनि केही दिन हवालातको हावा विना सिक्री खानुप¥यो । भर्खर मात्र प्रतिष्ठित घराना त्रिवेणी गु्रपका सुभाष संघाईलाई २१ लाखको मसिनो मुद्दामा गिरफ्तार गरियो । यी सबै प्रकरणहरूमा मलाई अनौठो लागेको विषय के छ भने राजनीतिक र प्रशासनिक क्षेत्र ठूलो माछा मारे भनी फुलेको देखिन्छ भने पे्रस पनि अत्यन्त उत्ताउलो भएर त्यस्ता प्रकरणलाई ठीक हो भनी उचाली रहेको हुन्छ, जनसाधारणको मनोविज्ञान पनि सोही अनुरूप ‘लाखा त’ भनी आनन्दित हुने खालको देखिन्छ ।
आखिर नेपालमा यस्ता व्यवसायी किन यस्तो अवस्थामा फस्न पुग्दछन् । के यस्ता मुद्दाको समाधान राज्यले अहिले जे गरिरहेछ त्यही हो ? वा अन्यथा हुन सक्थ्यो÷सक्छ ? यी प्रश्नहरूको समाधान खोज्ने क्रममा अहिले सम्म व्यापारीहरूमाथि गरिएका मुद्दाहरूमा तीन प्रकृतिका देखिन्छन् । एउटा सिधा अपराधपूर्ण जस्तो रामकुमार भद्रपुरियाहरूको प्रतीतपत्र काण्ड जस्तो, अर्काथरी सामान्य प्राविधिक त्रुटि जस्तो मोहन खेतान, सुभाष संघाईहरू फसे भने अर्को जनताप्रतिको दायित्वलाई समयमा पूरा गर्न नसक्दाको अवस्था जस्तो सुधिर बस्नेतको काण्ड । तर, सुधिर बस्नेतलाई जुन अवस्था सिर्जना भएको छ त्यो भने पियूषबहादुर अमात्यलाई झैं व्यक्तिगत लेनदेनको काण्ड सरकारवादी मुद्दा ठगीमा परिणत भएको देखिन्छ । आज अर्बौंको सम्पत्तिका मालिक र अर्बाैंको बैंकिङ कर्जा लिन सक्ने साखका धनी सुधिर बस्नेत केही लाख÷करोडको दायित्वको खिचलोले खतुकी जस्तो भई हिरासतमा रात बिताइरहेछन् । उनका सबै कम्पनीहरू बन्द गर्नुपर्ने अवस्थामा पुगे भने उनी आफ्नो श्रीसम्पत्तिको उपयोग गरी बजारको वित्तीय दायित्व पूर्ण गर्नबाट बलात् रोकिन पुगेका छन् । नेपालका उद्योगी यस्तो दुर्गति हुन् र भारत, चीनजस्ता ठूला राष्ट्रहरूको बीचमा रहेर पनि यथोचित वैदेशिक लगानी नभित्रनु पछाडिको कारण यस्तै आततायी कानुनी प्रावधानहरू हुन् । मैले पहिले पनि लेखिसक्या छु यदि विजया माल्या नेपालमा भएको भए किङफिसर एअरलाइन्स असफल हुनासाथ उनका सबै कम्पनीहरू बन्द हुन्थे र उनी कालोसूचीमा परी संभवतः जेल पनि जान सक्थे तर भारतमा त्यो भएन न त उनको नाममा फोटोसहितको ३५ दिने सूचना कुनै अखबारमा निस्कियो, न त उनी कालो सूचीमा परे, न त उनका अरू कम्पनीहरू नै प्रभावित भए । उनले मौका पाए लगभग सबै दायित्वहरूबाट मुक्त हुने तर्खरमा छन् । यस कारण एउटा कुनै कम्पनी विफल हुँदा त्यसका प्रवद्र्धकलाई कालोसूचीमा राखी अरू सम्पूर्ण कम्पनीहरूलाई प्रभावित पार्ने र भविष्यमा अरू कम्पनी खोली कारोबार गर्न पाउने आधारभूत मानवाधिकारबाट वञ्चित गर्नेखालको आततायी कानुनको कारणले नै धेरै व्यापारी÷व्यवसायीहरू बलात् असफल बनाइएका छन् । अर्काेतर्फ सुधिर बस्नेतको जस्तो आमरूपमा जनताको ठूलो लगानी भएका प्रतिष्ठानहरूलाई यस्तो ध्वंसात्मक (डेस्ट्रक्टिभको अर्थमा) कारबाही गर्दा व्यवसायी साख, सम्पत्तिमा नडुबी उसको पछाडि लगानी गर्ने जनताको लगानी पनि डुब्न जान्छ । यस कारण यस्ता मुद्दाहरूको समाधान आमनागरिकको लगानी नडुबोस् भनी सकारात्मक सोचले गरिरहनुपर्छ । जसरी युनिटी प्रकरणमा जनताको लगानीबाट सिर्जित सम्पत्ति र लगानीसमेत बर्बाद भयो, सुधिर बस्नेतको प्रकरणमा पनि त्यस्तै नहोस् । युनिटी प्रकरणमा सम्बन्धित व्यक्तिहरूको पासपोर्ट जफत गरी सरकारी निगरानीमा राखी सम्पत्तिहरूको उपयोग गरी जनताको लगानी फिर्ता गर्ने वातावरण बनाएको भए संभवतः यस्तो आमरोदनको अवस्था निर्माण हुने थिएन । आजसम्म उसको प्रत्यक्ष स्वामित्वमा रहेको सम्पत्ति र अपचलित सम्पत्ति उठाएर सबै जनताको लगानी उठ्न सक्दथ्यो । तर, यसप्रति न त पे्रसले सकारात्मक उपाय सुझायो । न त सरकारले सोच्यो । परिणाम स्वरूप प्रवद्र्धक र कर्मचारीहरू अपमानपूर्ण जीवन बिताई जेल यात्रामा पुगे, जनताको पैसा फिर्ता हुने संभावना शून्य भयो । कदाचित् सुधिर बस्नेत प्रकरणमा पनि त्यस्तै अवस्था नआओस्, आजको दिनसम्म सम्भवतः उनका विभिन्न कम्पनीहरूको सम्पत्तिको उपयोग गरी बैंकिङ र जनताको दायित्वलाई नगद र जिन्सी रूपमा तिर्न सक्ने अवस्था छ र उनलाई काम गर्न दिए त्यो कुरा हुनसक्ने देखिन्छ । यदि केही लाख÷ करोडको खिचलोमा उनलाई थुन्ने हो भने सबै सम्पत्ति ‘डिस्ट्रेस’ मूल्यमा लिलाम हुन पुगेमा बैंकहरूले त उठाउलान् जनताको टुक्रा टुक्रा लगानीलाई एकमुष्ट उठाउन पनि सकिन्न र उनले पछ्र्यौट गर्न पनि पाउन्नन् । अन्ततः त्यो सबै डुब्ने छ । यसकारण सुधिर बस्नेतलाई कारोवार फरफारक गर्ने समय दिनु लगानीकर्ता जनताको पक्षमा छ । आगे मेरो निजसँग परिचय प्रत्यक्ष÷अप्रत्यक्ष सम्बन्ध केही पनि नरहेको कुरा जानकारी गराउँछु ।

BIBAD KO VUMARIMA TRISHULI-3 A

विवादको भुवरीमा त्रिशुली–३ ‘ए’
अरुणकुमार सुवेदी
उपल्लो त्रिशुली–३ ‘ए’ को क्षमता वृद्धिमा प्राविधिक रूपले विरोध गर्नुपर्ने कुनै कारण छैन । अब रहृयो प्रचलित ऐन कानुनअनुसार त्यसको ठेक्कापट्टा दिँदा नियमसंगत भयो कि भएन भन्ने । ६० मेवाको ग्लोवल टेडन्र गरिँदा नेपाल विद्युत् प्राधिकरणले तयार पारेको टेन्डर डकुमेन्टकै आधारमा सबै प्रतिस्पर्धीले टेन्डर भरेका थिए, जसमध्ये चिनियाँ कम्पनी गेजुवा गु्रप कर्पोरेसनले उक्त टेन्डर पा¥यो । जब साइट इञ्जिनियरहरूले काम सुरु गरे तब चिनियाँहरूलाई थाहा भयो यसबाट बढी विद्युत् निकाल्न सकिन्छ । अनि उनीहरूको नै सल्लाहअनुसार क्षमता वृद्धिको प्रकरण अगाडि बढ्यो । सरकार क्षमता वृद्धिको निर्णयमा पुगेपछि अब सरकारसामु दुई विकल्प थिए । या त गेजुवा गु्रपलाई आजसम्म गरेको कामको भुक्तानी गरी ९० मेवाका लागि नयाँ टेन्डर आहृवान गर्ने अन्यथा ६० मेवाको सम्झौता भएको दरमा गेजुवालाई ३० मेवा थप गरिएको इञ्जिनियरिङअनुसार निर्माण ठेक्का दिने । यी दुई विकल्पमध्ये सरकारले दोस्रो विकल्प रोजेको देखिन्छ ।

दुई अर्बको भ्रष्टाचार ?
उक्त परियोजनामा दुई अर्बभन्दा बढीको भ्रष्टाचार भयो भनी विद्युत् प्राधिकरणकै कर्मचारीसमेत धर्नामा बसेको समाचार आइरहेछ । ६० मेवाको ठेक्का सम्झौता पहिले नै भएको हो । थप ३० मेवाको ठेक्का दिँदा २ अर्ब भ्रष्टाचार भयो भन्ने गणित चाहिँ सामान्य अंकगणित र विद्युत् परियोजनाको कखरा जान्ने जो–कोहीलाई पनि अचम्म लाग्ने कुरा हो । नेपालमा साना परियोजनाहरूको लागत सामान्य तथा प्रतिमेवा १६ करोडको हाराहारी पर्ने गर्छ । ठूला परियोजनाहरूको हकमा ‘स्केल अफ इकोनमी’ राम्रो हुने हुँदा लागत रकम अलि कम पनि हुनसक्छ । यसका आधारमा विश्लेषण गर्दा ४५०–४८० करोडसम्मको लागत उक्त परियोजनामा थप भएको हुनसक्छ । यति लागतमा २ अर्ब घूस दिनसक्ने कम्पनी शायदै संसारमा पाइएलान्, लागतको ४० प्रतिशत । आर्थिक चलखेल नै भएन भन्ने कुरालाई अस्वीकार गर्न खोजिएको छैन तर नेपाली कांगे्रस, नेकपा एमालेजस्ता सत्ता व्यवस्थापनको प्राविधिक र छद्म पक्षमा पारंगत दलहरूले यस्तो हावादारी तथ्यांकलाई जोड दिनुचाहिँ अचम्मको कुरा हो ।
समस्याको चुरो के हो ?
यहाँ सबैभन्दा ठूलो समस्या भनेको नेविप्राको बिरामी हात्ती जस्तो संरचनात्मक ढाँचा र लथालिंग व्यवस्थापन त हो नै साथै सरकार र प्राविधिकको ऊर्जा नीति र रणनीति पनि हो । नेविप्राले पानीको उच्चतम उपयोगलाई ध्यान नदिई परियोजनाहरूको डिजाइन गरेको तथ्य यसभन्दा पहिलेको लेखमा प्रमाणित भइसकेको छ । प्राधिकरणले बताएका सबै परियोजनाहरूको लागत पनि बढेर उच्च हुने गरेको छ । प्राधिकरणले ट्रान्समिसन प्रणालीको व्यवस्थापन गर्न नसकेर नयाँ परियोजनाहरू आउनसकिरहेका छैनन् भने कनेक्सन एग्रिमेन्ट गरेको परियोजनालाई पनि समयमा सब स्टेसन नबन्नाले जोखिममा परिरहेका छन् । यसैबीच यस्तो लथालिंग अवस्थामा रहेको प्राधिकरणले ३३५ मेवाको उपल्लो अरुण पनि आफूलाई दिन सरकारसमक्ष अनुरोध गरेको समाचार आएको थियो । वास्तवमा त्रिशुली–३ ‘ए’ प्राधिकरणलाई दिनु नै सबभन्दा ठूलो त्रुटि थियो ।
उप्रान्तका नीति र रणनीति के हुनुपर्ला ?
प्राधिकरण वा सरकारी स्वामित्वमा बनेका परियोजनाहरूभन्दा निजी क्षेत्रबाट बनिरहेका परियोजनाहरूको प्राविधिक र आर्थिक ‘पर्पmरमेन्स’ राम्रो छ । यसकारण त्रिशूली–३ ‘ए’ लाई कम्पनी बनाइएको भए यी सबै समस्याबाट सरकार र प्राधिकरण मुक्त हुने थिए । तर, उप्रान्त प्राधिकरणलाई कुनै पनि परियोजना बनाउन दिनुहुन्न भन्ने मेरो मत छ ।
साथै प्राधिकरणको बिरामी हात्तीको संरचना परिवर्तन गरी सबै उत्पादन परियोजनाहरूलाई अलगअलग कम्पनी बनाउने वा निजीकरण गर्नुपर्दछ । विद्युत् वितरणका लागि पनि अलगअलग क्षेत्रमा आवश्यकताअनुसार कम्पनीहरू बनाइदिने । सरकारको स्वामित्वमा भने प्रशारण गर्ने कर्पोरेसनका रूपमा मात्र वर्तमान प्राधिकरणलाई सिीमित गरिनुपर्छ । परियोजनाहरू र वितरण प्रणालीलाई कम्पनीकरण वा निजीकरण गर्दा प्राप्त हुने रकमलाई प्रशारण लाइन व्यवस्थापन गर्न सकिन्छ । जो नेपालको विद्युत् विकासको सबैभन्दा ठूलो समस्या बनिरहेको छ । अब पनि समय सकिएको छैन । त्रिशुली–३‘ए’ को मूल्यांकन अद्यावधिक गरी तुरुन्त कम्पनीको रूपमा परिणत गरिनुपर्छ भन्ने मेरो विचार छ

MESSAGE TURN OFF FOR: HINDI

message

Turn off for: Hindi

विवादको भुवरीमा त्रिशूली-३ ए
अरुणकुमार सुवेदी
काठमाडौं

नेपाल विद्युत् प्राधिकरण मुलुकको सर्वाधिक विवादास्पद र आलोच्य प्रतिष्ठान बनिरहेका बखत सरकारका कारणले यो अरू थप आक्रोशपूर्ण आलोचनाको भुवरीमा फस्न पुगेको छ । सरकारले त्रिशूली-३ ए को क्षमता वृद्धि गरी ६० मेवाबाट ९० मेवा पुर्‍याएपछि सरकारसँगै त्यसका लागि वातावरण तयार गर्ने नेव्रि्रा पनि शंका र ती व्र आलोचनाको घेरामा पुगेको छ । यस परियोजनाको क्षमता वृद्धिका विरुद्ध लागेका निर्देशक, कर्मचारी र सञ्चालक मात्र होइन स्वयं ऊर्जा सचिवमाथि नै यस परियोजनाको सवालमा विश्वास गरिएन । परिणाम स्वरूप मुख्यसचिवलाई अध्यक्ष बनाई प्रम स्वयं ऊर्जामन्त्री भएका बखत यो परियोजनाको क्षमता वृद्धि गरिएको छ । ३० मेवा थप क्षमता वृद्धि हुनसक्थ्यो भने संभाव्यता अध्ययनताका किन त्यस्तो देखिएन र अहिले आएर चिनियाँ कम्पनीले ठेक्का काम सुरु गरेपछि किन क्षमता वृद्धि हुने कुरा रातोरात अगाडि आयो सबैभन्दा शंका गर्नुपर्ने खण्ड यसैमा पर्न गयो । तर, यस विषयको जुगलबन्दी प्राविधिक दृष्ट पक्षहरूलाई लिएर भन्दा अदृश्य र अप्रमाणित भएको आर्थिक चलखेलको कुरामा बढी केन्द्रित देखिन्छ । यसै परिपे्रक्ष्यमा त्रिशूली-३ ए को क्षमता वृद्धि प्राविधिक र व्यापारिक रूपले कत्तिको औचित्यपूर्ण छ, केही विश्लेषण गर्नु सान्दर्भिक छ ।

सामान्य तया नेव्रि्राले अध्ययन गरेका धेरैवटा परियोजनाहरू सुरक्षित र कम क्षमतालाई प्राथमिकता दिई अध्ययन गरेको पाइन्छ । यसको उदाहरणमा सुपर सिक्सअन्तर्गतका दुइवटा परियोजनाहरूलाई लिन सकिन्छ । २० मेवाको उत्पादनलाई अध्ययन गरिएको मेवा खोलापछि त्यो परियोजना लिने कम्पनीले पुनः अध्ययन गर्दा नेपालको कानुन व्यवस्थाअनुसारको पानी छाडेर क्यू-४० मा डिजाइन गर्दा ५० मेवा निक्लने पाइयो । अझ चिनियाँ विज्ञहरूले पानी र हेड नापी अध्ययन गर्दा उत्पादन ६८ मेवासम्म पुग्ने संभावना देखिएको छ । त्यस्तै अर्को परियोजना हो सिंगटी । सुरुमा नेपाल विद्युत प्राधिकरणको अध्ययनअनुसार क्यू ६५ मा डिजाइन गरी ६ मेवा मात्र विद्युत् उत्पादन क्षमताका लागि उक्त परियोजना लिलाम गरिएको थियो । तर, प्रचलित मापदण्डअनुसार क्यू ४० मा उक्त परियोजनाको पुनः डिजाइन गर्दा मेवा उत्पादन हुने पाइयो । हाल चिनियाँ प्राविधिक टोलीले त्यसखालको हाइड्रोलजी अध्ययन गर्दा ३० मेवासम्म क्यू ४० मा निक्लन सक्ने कुरा स्पष्ट गणित गरेका छन् । सामान्य चेतनशील जनताले बुझने गरी कुनै पनि जलविद्युत् परियोजनाका प्राविधिक पक्षहरू उल्लेख गर्नु व्यावहारिक हुन जान्छ । जसले गर्दा उच्च राजनीतिक र प्राविधिक रस्साकस्सीमा परेका विषयप्रति जनस्तरबाट पनि धारणा बनाउन सहयोग मिल्न जान्छ । यसैले डिजाइनका तीन पक्षहरूलाई जनसाधारणले बुझने भाषामा पुर्‍याएपछि त्रिशूली-३ एको वास्तविकता सम्पे्रषण गर्नु असल होला ।
सामान्यतया कुनै पनि परियोजनालाई जडान क्षमता मेवाका पछि मात्र भागेर हुन्न । त्यस परियोजनाले वर्षभरिमा कति ऊर्जा दिन सक्छ – सुख्खायाममा कति ऊर्जा दिन्छ – र बेलुका/बिहान अर्थात् विद्युत् खपत बढी हुने अवस्थामा कति दिन्छ भन्ने कुरा चाहिँ महत्वपूर्ण हो । बढी क्षमता हुनासाथ उत्पादन लागत घट्छ, त्यो अवस्था कुनै पनि परियोजनाको उत्पादन क्षमता बढाउँदा प्राप्त हुन्छ हुन्न – यो पनि त्यत्तिकै महत्वपूर्ण कुरा हो । बढी क्षमता हुनासाथ उत्पादन लागत घट्दछ, त्यो अवस्था कुनै पनि परियोजनाको उत्पादन क्षमता बढाउँदा प्राप्त हुन्छ हुन्न – यो पनि त्यत्तिकै महत्वपूर्ण कुरा हो । त्यसका लागि ‘क्वू’ मापदण्ड महत्वपूर्ण छ । जडित क्षमतामा उक्त परियोजना एक वर्ष-१२ महिना) को कति प्रतिशत समयसम्म चलाउन सकिन्छ, त्यो प्रतिशत नै ‘क्यू’ मापदण्ड हो । नेपालको मान्यताअनुसार कम्तीमा ४० प्रतिशत चल्नुपर्छ । यसलाई क्यू-४० भनिन्छ । नेव्रि्राले क्यू ६५ अर्थात् ८ महिनासम्म एउटै क्षमतामा चल्ने गरी परियोजना डिजाइन गरेको थियो । नेपालका नदीहरूमा बहाव अत्यन्त तलमाथि हुन्छ । यसले गर्दा कम पानी भएका बखतकै क्षमतामा बढी पानी हुँदा चलाउनुपर्ने बाध्यता थियो । तर, क्यू ४० मा डिजाइन गर्दा ४० प्रतिशत समय अर्थात् लगभग १५० दिन मात्र जडित क्षमतामा चले पनि पुग्ने हुन्छ । अर्को ऊर्जा बढाउने अवस्था हुन्छ हेड बढाएर । पानी जति माथिबाट खसाउन सक्यो ऊर्जा उति बढी निस्कन्छ । यो काम बाँध माथि सारेर वा पावरहाउस तल सारेर मात्र गर्न सकिन्छ । यी प्राविधिक मापदण्डबाट हेदा मेवा खोला र सिंगटी क्यू- ६५ बाट क्यू-४० मा ल्याई क्षमता वृद्धि गरियो भने त्रिशूली-३ एको क्षमता वृद्धि कसरी भयो – यो प्रश्न कसैले सोध्या पाइन्न । त्यसबाट ३० मेवाबराबर कृति ऊर्जा थप हुन्छ रक ती लागत थप हुन्छ थप ऊर्जाको उत्पादन लागत के पर्न जाला त्यसप्रति पनि कसैको बहस केन्द्रित देखिन्न र सरकारका तर्फाट पनि उचित सूचना प्रवाहित भइरहेको छैन । यसकारण त्रिशूली-३ एको केही प्राविधिक तथ्यांक र यथार्थका आधारमा हेरौं क्षमता थप युक्ति संगत छ छैन ।

त्रिशूली नदीको त्यस क्षेत्रको प्रवाह

हाइड्रोलजीका आधारमा ७० घनमिटर प्रतिसेकेन्डसम्म पानी लिई १४४ मिटरको हेड प्राप्त गर्न सकिन्छ । पानीको प्रवाह र हेडका आधारमा हर्ेदा ९० मेवा जडित क्षमता तर्कसंगत देखिन्छ । ६० मेवा जडित क्षमता हुँदा ४९० गिगाबाट हावर ऊर्जा प्राप्त गर्ने लक्ष्यले यो परियोजना बनाइएको छ । अर्थात् परियोजनाको उत्पादन जडित क्षमता ५२५ गिगावाट हावरको ९३ प्रतिशत हुनजान्छ । प्लान्ट फ्याक्टर यति ठूलो भएका परियोजना आफैंमा अचम्मको कुरा हो । यो अत्यन्त परम्परागत र लगभग १०/११ महिनासम्म समान ऊर्जा पाउने प्रकृतिबाट डिजाइन गरेको देखिन्छ । अर्थात् यसको डिजाइन क्यू ८० भन्दा माथिमा भएको प्रतित हुन्छ । यस परियोजनाको ठेक्का पाएको गेजुवा गु्रप कर्पोरेसन र सम्बन्धित चिनियाँ प्राविधिकहरू यस तथ्यबाट छक्क पर्नु स्वाभाविक हो । उनीहरू क्यू-२५ र क्यू-३० मा डिजाइन गरिरहेकालाई यो अचम्मको कुरा अवश्य थियो । नेपालका मध्यमस्तरका अधिकांश परियोजनाहरूको प्लान्ट फ्याक्टर ६०/७० प्रतिशत छन् र क्यू-४० मा डिजाइन गरिन्छ । यी प्राविधिक आधारलाई मान्दा त्रिशूली-३ एको क्षमतावृद्धि अपरिहार्य नै थियो झैं लाग्दछ । हाइड्रोलजीको पूरा तथ्यांक र ऊर्जा तालिकाको सापेक्षित विवरण प्राप्त भए झन् स्पष्टका साथ विश्लेषण गर्न सकिन्थ्यो । तर, यिनै तथ्यहरूका आधारमा पनि यस परियोजनाको क्षमता वृद्धि प्राविधिक त्रुटी होइन प्राविधिक रूपमा सही कार्य नै भएको निक्र्योल मा पुग्न सकिन्छ ।

अब रहृयो आर्थिक पक्ष र कानुनी पक्ष । आर्थिक विश्लेषणमा पनि बढाइएको जडित क्षमताको कम्तीमा ७० प्रतिशत विद्युत् अवश्य निस्कने छ । त्यसो भएमा नेपाल अन्य परियोजनाहरूको सापेक्षमा यो परियोजना अरू आकर्षक नै हुनेछ । अब रह्यो कानुनी पक्ष रणनीतिक एवं विकास कूटनीतिको पक्ष त्यस बारेमा अर्को हप्ता चर्चा गर्ने अनुमति चाहान्छु

HI TA KO ARTICLE

पश्चिम सेती, उपल्लो कर्णाली र अरुण–३
अरुण कुमार सुवेदी
लामो प्रसव वेदनाका साथ पश्चिम सेती जलविद्युत् परियोजना आउला कि जस्तो भएको छ । यस परियोजनाका बारेमा मेरा स्तम्भका केही अंकहरू पहिले पनि लेखिइसकेका छन् । जे–जस्तो शर्तमा भए पनि पश्चिम सेती परियोजना ल्याउनुपर्छ भन्ने मेरो मान्यता थियो र छ । अहिले नेपाल बढी मोल मोलाइ गर्ने हैसियतमा छैन । व्यवस्थापिका संसद्मा अलि गडबड गर्ने संकेतहरू र अनावश्यक ढिलाइले गर्दा जनता पनि सशंकित भए । परियोजनाका पक्षमा नेपाली कांग्रेस र नेकपा एमालेले केही नकारात्मक टिप्पणी गरे पनि जनदबाब र राष्ट्रको स्थितिका कारणले त्यस परियोजनाका बारेमा नकारात्मक प्रभाव पार्ने कुनै काम गर्ने साहस गरेनन् । अरुण तेस्रो परियोजनाको विरोधमा लागेबापत ऊर्जा विकासको इतिहासमा कलंकको टीका लगाइएकोले एमाले यसै पनि हच्किएको थिया् । यसकारण पश्चिम सेतीका बारेमा राजनीतिक सहमति भए जस्तो देखियो । नेपालमा कुनै पनि परियोजना विकास गर्न लाग्दा अनेक प्रकारका व्यवधानजन्य टिप्पणी गरी जनतालाई गुमराह गर्ने कथित विकासे कार्यकर्ता र बुद्धिजीवीहरू पनि चुपचाप देखिए । नेपालको जलविद्युत् विकासका लागि यसलाई एउटा शुभसंकेत मान्न सकिन्छ । ९०० मेवाको उपल्लो कर्णाली माथिको माओवादी प्रहार र अरुण तेस्रो माथिको सरकारी बेवास्ताप्रति मौन रहनाका साथै ती परियोजनाप्रति अत्यन्त नकारात्मक सोच राखी तथ्य र तर्क विपरीतका टिप्पणी गर्ने रत्नसंसार श्रेष्ठ जस्ता जलविद्युत्हरू पनि पश्चिम सेतीमा मौन नै रहे । तर, पनि बाँकी दुई परियोजनाले नेपाललाई जुन फाइदा दिन्छ त्यस बारेमा जनता सूचित नभएर हुनसक्छ ती परियोजनाहरूका पक्षमा जनता पश्चिम सेतीमा झैं जागेनन्, पोखरा विमानस्थल प्रकरणमा झैं लागेनन् । अब ती परियोजनाहरूलाई पनि अगाडि बढाउनलाई जनजागरण होस् भन्ने यस लेखको अभिप्राय छ । ती परियोजनाहरूको सापेक्षित लाभ र विश्लेषणभन्दा पहिले केही तथ्यांकहरू हेरौं । (बक्समा)
माथिका तथ्यांकहरू आफैं बोल्दछन् । तथापि नेपालका केही विज्ञ भनाउँदाहरूले र केही राजनीतिक दलले उपल्लो कर्णाली बारेमा अभिव्यक्त गरेका विचार र क्रियाकलापले मेरो मन निकै दुख्यो ।
यसर्थ उपल्लो कर्णाली बारेमा संक्षेपमा केही तथ्यहरू राख्दछ । लगानीका हसाबले हेर्दा यो सबैभन्दा आकर्षक परियोजना हो । जलाशय युक्त बनाइँदा ४१८० मे.वा. सम्म निकाल्न सकिने यो परियोजनालाई रनअफ रिभरमा अधिकतम ९०० मे.वा. मात्र निकाल्न सकिन्छ । केबल ११ किमिको मात्र सुरुङमा प्राकृतिक रूपले नै १५० मिटरको हेड प्राप्त हुन्छ । यो प्रकृतिले बनाइदिएको बाँध झैं हो । माथिका परियोजनाका प्रवद्र्धक कम्पनीहरू नेपालको ऊर्जा अभावमा सहयोग गर्न भनी आएका छैनन् । सबै व्यापार गर्न आएका हुन् । यसर्थ जलाशययुक्त परियोजनामा ठूलो नाफा थियो भने ९०० मे.वा. मात्र सीमित हुनुपर्ने कुनै कारण छैन जीएमआरलाई यसर्थ सापेक्षित लाभ जेमा बढी पाउँछ त्यसतर्फ आकर्षित हुनु एउटा मुनाफाका लागि काम गर्ने कम्पनीको धर्म नै हो । यसर्थ सुरुमा ३०० मे.वा.को प्रारम्भिक सम्झौता भएता पनि बढी लाभ हुने ९०० मेवाको रन अफ रिभर प्रणालीको परियोजनामा जीएमआर गएको प्रस्ट हुन्छ । अब यसको छनोटको परियोजनालाई राष्ट्रको नीति र नियमको अधिनमा रही इजाजत दिँदा राष्ट्रले सापेक्षित लाभ कसरी अधिकतम रूपमा लिन सक्छ त्यसलाई राष्ट्रले ध्यान दिने हो । सापेक्षित लाभको विश्लेषण गर्दा उपल्लो कर्णालीले प्रतिवर्ष लगभग ३ अर्ब ५५ करोड नेपाल सरकरालाई प्रत्यक्ष रूपमा मुप्mतको ऊर्जा र रोयल्टीबाट प्राप्त हुन्छ । यसका अतिरिक्त २७ प्रतिशत इक्वीटी शेयर पनि सरकारले मुप्mतमा पाउने र यो परियोजना अत्यन्त आकर्षक भएकोले डिभिडेन्ट पनि राम्रो रकम आउने निश्चित छ । परियोजनाको लागत उत्पादन हेर्दा लगभग ५÷७ वर्षमा नै पूरा लगानी उठ्ने देखिन्छ । त्यसपछिको अवस्थामा नेपाल सरकारले ४–५ अर्ब थप रकम डिभिडेन्टको रूपमा प्राप्त गर्न सक्दछ । आजसम्म सम्झौता भएका परियोजनाहरूमध्ये सबैभन्दा राम्रो लाभ हुने गरी गरिएको सम्झौतामध्ये उपल्लो कर्णाली परियोजना देखिन्छ ।
त्यसरी नै अरुण तेस्रोमा पनि रोयल्टी र मुप्mको विद्युत् गरी नेपाल सरकारले ६ अर्ब ४० करोडभन्दा बढी प्राप्त गर्दछ । यी दुवै परियोजनाका लाभको सापेक्षमा पश्चिम सेती परियोजनाको तुलना नै हुन सक्दैन । तर, पनि यी दुई परियोजनाहरूप्रति सरकार र गैरसरकारी केही क्षेत्रबाट देखाइएको रबैयाको जनस्तरबाट विरोध हुन जरुरी छ । यदि ती परियोजनाहरू अन्य राष्ट्रका कम्पनीहरू आई, पश्चिम सेतीकै मोडेलमा गरेको भए पनि विरोध नहुने तर भारतेली कम्पनीहरूले त्यति लाभ दिई परियोजनाको विकास गर्दा राष्ट्रियता खलल हुने अनौठो तर्क प्रस्तुत हुने गर्दछ । मुनाफामूलक कम्पनी जहाँसुकैको होस् तिनीहरू समान उद्देश्यका हुन्छन् ।
उपल्लो कर्णालीको डिभिडेन्टलाई अलग गर्ने हो भने पनि दुई परियोजनाबाट प्राप्त हुने विद्युत् महसुल र रोयल्टी गरी लगभग प्रतिवर्ष १० अर्ब हुनआउँछ । १० अर्बले अर्को ७० मे.वा.को परियोजना विना ऋण बनाउन सकिन्छ वा ४ वर्षमा पूरा हुने लगभग ३००–४०० को परियोजना निर्माण गर्न सकिन्छ । यसरी दुई परियोजनाहरूलाई बीज योजना मान्ने हो भने ‘बुट’ अवधि भरमा नै यसले दिने लाभ राम्रो अनुपातको गुणोत्तर वृद्धिको हुने कुरामा शंकै छैन ।
यति प्रस्ट स्थिति हुँदाहुँदै पनि राजनीतिक क्षेत्र, सरकार, एनजीओ, प्रेस र जागरुक नागरिकहरू अगाडि नआउनु आश्चर्यको विषय हो ।

पश्चिम सेती उ. कर्णाली अरुण–३
१. प्रकार जलाशययुक्त रन अफ रिभर रन अफ रिभर
२. जडित क्षमता ७५० मे.वा. ९०० मे.वा. ९०० मे.वा.
३. जम्मा उत्पादन ३.३३ अर्ब युनिट ४.५ अर्ब युनिट ४.४५ अर्ब युनिट
४. लगानी १.६ अर्ब डलर ४७ करोड डलर ८६ करोड डलर
५. सरकारलाई मुफ्त ० १२ प्रतिशत २१.९ प्रतिशत
६. रोयल्टी ० ७५ करोड १ अर्ब ३५ करोड
७. सरकारलाई शेयर ० २७ प्रतिशत ०
८. प्रवद्र्धक कम्पनीको राष्ट्र चीन भारत भारत
९. कम्पनीका नाम थ्री गर्जेज जीएमआर सतलज ज.वि.नि
१०. बजार नेपाल ६० प्रतिशत ७८.१ प्रतिशत भारत
११. बुट समय ३० वर्ष ३० वर्ष ३० वर्ष
(नोट ः विद्युत्को मूल्य प्रतियुनिट ५÷२० मानिएको छ । यस तथ्यांकका स्रोत इन्टरनेट र पत्रपत्रिका हुन् ।)

UPANISAD KATHA NACHIKETAA

नचिकेता
अरुणकुमार सुवेदी

कठोपनिषद्मा धर्मराज यम र नचिकेता बीचको संवाद ज्यादै प्रसिद्ध छ । गौतम वंशीय राजा उद्दालकले विश्वजीत यज्ञ हेतु दान दिने क्रममा आफ्ना किशोर पुत्र नचिकेतालाई यम सामु समर्पण गर्न यमलोक पठाउँछन् । नचिकेता यमपुरीमा पुग्दा यम बाहिर गएका हुन्छन् । तीन दिनपछि मात्र यम फर्कन्छन् ती तीन दिनहरु नचिकेताले यमपुरीमा कसरी विताए सो बारे कल्पना गरिएर यो कथा लेखिएको छ । यहाँ उल्लेखित मन्त्रहरु कठोपनिषद्कै छन् र तर कतिपय पदहरु कथाको प्रवाह अनुरुप परिवर्तन गरिएको छ– लेखक
मृदंग, घंट इत्यादि बाजाहरुको तुमुल ध्वनी बीच किशोर नचिकेताको गंभीर प्रकृति कता–कता डग्मगाए जस्तो हुन्छ । भर्खर मात्र आफ्ना पिता उद्दालकको क्रोधपूर्ण आदेशका कराणले मृत्युदेव सामु छाड्न आएका सैनिकहरु बीचको आफ्नो विष्मय एवं विभत्स अनुभूति निमेष भरमै परिवर्तन भएकोमा नचिकेता आश्चर्य चकित हुन्छन् । नचिकेता मनमनै प्रश्न गर्दछन्– खै यमपुरीको त्यो विभत्स दृश्य ? खै चित्रगुप्तको धर्मअधर्म लेखाको शभा ? खै धर्मशभाका सर्वदण्डनायक धर्मराज ? खै ती भयङ्कर यमदूतहरु ः खै ती तात्तातो तेलका कराईहरु ? खै ती हत्यामा उत्सुक यम आज्ञापालकहरु ? विल्कुल शान्त आफ्नो कल्पनाको विपरित, लोकको टिप्पणीको विपरित । नचिकेतालाई परबाट वीणाको मन्द ध्वनीले डाके झैं लाग्यो, मनलाई तरं गीत पार्ने, पुलकित पार्ने, झंकृुत पार्ने झर्नाको निर्मल प्राकृत गानझैं प्रतीत हुने वातावरण, हजारौं फूलहरुको पुष्प परागले सुगन्धित, मन्द शीतल हावा । संक्षेपमा मन्द र शान्त यमलोक । यस्तो वातावरणमा निमग्न नचिकेताको कानमा मिठो ऋचा गुञ्जन्छ–
नमस्तेऽस्तु ब्रह्मन्स्वस्तिमेऽस्तु ।
(हे ब्राम्हण ! तिमी नमस्कार गर्न योग्य अतिथि हौं, तिमीलाई नमस्कार छ । मलाई कल्याण हओस् ।)
पाश्र्व ध्वनीले संवेदनशीलझैं भएका नचिकेता पछाडी फर्कन्छन् । त्यहाँ अत्यन्त कालो वर्णको ठूल्ठूला चम्किला आँखा भएको, लामो जटा भएको हातमा खुँडा लिएको, जुँगामुठे, मुस्तण्डे यमदूत दण्डवतको मुद्रामा उभिएको थियो । यस्तो भयंकर कठोर बनावट भएको यमदूत र यो विनयशिलता आफैंमा विरोधाभाषपूर्ण लागिरहेथ्यो नचिकेतालाई । यस्ता विपरित स्थितिको संगममा मानिस अकर्मण्य हुन्छ । नचिकेता पनि अकर्मण्य थिए । पुनः अद्भूत यमदूतले विनयशील भएर अनुरोध ग¥यो–
‘हे शान्त संकल्प ! हे सुमन ! हे ब्राह्मण ! यमलोकाधिपति, सर्वदण्डनायक स्वामी यमराजकी महारानी साम्राज्ञी यमीको दृढ इच्छा छ तपाईजस्तो सुकोमुल किशोर यम प्रासादको अतिथि बनी उहाँको सामु जान सक्नु हुनेछ ।
सुवर्णमय यमप्रा्रसाद हरेक ढोकामा षोढषी सुन्दरीको पहराले शोभायमान छ । केवल यम मर्यादा पालकहरु मा त्र भयंकर काय स्वरुप भएका छन् । यमप्रासादको जति भित्र घुस्दै गए नचिकेता यमपा्रसाद त्यत्तिकै सुन्दर देखिन थाल्यो । किशोर नचिकेता यम अप्सराको पे्रमपूर्ण स्वागतले संकोचित हुँदै यमदूतको पछि लागिरहेथे । अनायाश सुन्दर सुमधुर स्त्रीश्वर गुञ्जियो–
‘सर्वदण्डनायक पुरकी परमसुन्दरी, सुलक्षणा, सुकोमला कामिनी स्वरुप साम्राज्ञी यमीको इच्छा अनुसार परम शक्तिशाली सम्राट यमदेवका दर्शनाभिलाषी गौतम वंिशय नचिकेता शभाकक्षमा उपस्थित छन्
अगाडि पछाडि दायाँ बायाँ यम अप्सराहरुबाट घेरिएर यम साम्राज्ञी यमी आफ्नो कक्षबाट शभाकक्ष आइन् । त्रिलोक एवं चौध भुवनका सर्वदण्डनायक महाशक्तिशाली यमराजकी धर्मपत्नी यमीका सामु एक जिज्ञाशु किशोरको रुपमा नचिकेता उभिएका थिए । कुनै पूर्व सुचना र आज्ञाविना नै केवल पिताको आज्ञाले यमपुरीमा पुगेका नचिकेता किमकर्तव्यविमूढ थिए । जसरी आफ्नो कल् पनाको विपरित दृश्यको थियो यमपुरी त्यस्तै व्यवहार विपरितको कठोर सजाय पनि हुनसक्छ भन्ने संशयले उनी भयभीत थिए र कुनै अनुनय विना साम्राज्ञीको अाितथ्य प्रस्तावबाट हर्षित पनि थिए । जाँघ र उध्र्वभागको सुन्दरताको प्रदर्शनमा अत्यन्त सहायक हुने सुवर्ण जडित पारदर्शी अधो वस्त्र एवं सोही अनुसार                    को उर वस्त्र धारण गरेकी, सुगन्धयुक्त भै आफ्नै हातमा प्रकाशमणि बोकेर न्याय साम्राज्ञी यमी उपस्थित  भएको देखेर नचिकेता जिज्ञाशा र भय मिश्रित भावले प्रश्न गर्दछन्–
ये ये कामा दुर्लभा अन्यलोके
सर्वान्कामांश्छन्दतः लभ्यइति ।
इमा रामाः सरथाः मनुष्यैः ।
आभित्र्वत्प्रत्ताभिः परिचारयस्व
भो साम्राज्ञी शेष किं मानुप्राक्षीः ।।
(जुनजुन काम अन्यलोकहरुमा दुर्लभ छन् ती सम्पूर्ण कामहरु इच्छा अनुसार पाइसकेँ । रथहरु सहित बाजागाजा सहित यी सुन्दरीहरु जो साथ लगाई दिनुभयो त्यस्ता रमणीहरु मनुष्यले पाउन सक्ने नै थिएनन्  तपाईले उपलब्ध गराएका रमणीहरुबाट सेवा पनि गराएँ हे साम्राज्ञी अब शेष केही नसोध्नुहोस् ।)
यमी नचिकेताको शयन स्थलमा नै गएर दुई घुँडा मारेर बस्दछिन् । कामोत्तेजक रात्रीवस्त्रले सजिएकी, कामवर्धक सुगन्धले मग्मगाउँदै साक्षात कामिनी स्वरुप यमी मणिको प्रकाशमा धपक्क बलेकी थिइन् । तीव्र रक्त सञ्चारले रक्तिम देखिएको मुखमण्डल र कंपित स्वरमा आफ्ना अतिथि   नचिकेतालाई अनुनय गरिन्–
कामना त्व का मभा ज करोमि ।
(तिमीलाई कामलाई यथेष्ट भोग्न सक्ने बनाइदिन्छु ।)
आफ्नो उमेर पूर्णवयमा प्रवेश नगरिसकेका नचिकेता हड्बढाउँदछ । त्रिलोकका न्यायाधिपति सर्वदण्डनायक धर्मृराजकी पत्नीसँग काम सम्बन्ध आफैंमा भयपूर्ण कार्य हो । त्यस माथि दासत्व स्वीकार्नलाई आएका नचिकेता यो अवस्थामा  आएर एवं यमराज पत्नीसग सम्बन्ध राख्न अग्रसर हुनु तप्तकुण्डमा चोपलिनु पर्ने सजायलाई वरण गर्नु थियो । नचिकेता यस्तो घोर अपराध गर्न कुनै शर्तमा तयार भएनन् । यसर्थ भयग्रस्त भएर भन्दा भए–
सर्वेन्द्रियार्ण जरयन्ति तेजः ।
(इन्द्रिष्यहरुको आशक्तिले तपाईमा भएको शक्ति नष्ट गर्दछ)
आफ्ना इन्द्रियहरु र मनले सहित भोगका निमित्त काम पात्रका रुपमा लिइसकेका किशोर नचिकेतामा आफ्नो कामूक अभिव्यक्ति र भावभंगीले असर पार्न नसकेको र उनमा भय जागृत  भएको पाएर आफ्नो प्रयत्न यमी अरु अगाडि बढाउँछिन् ।
हे गौतम ! यस लोकमा केवल दुई मात्र सुन्दर पुरुषहरु छन् । ती मध्ये एक मेरा पतिदेव धर्मराज हुनुहुन्छ भने अर्का हुनुहुन्छ महामन्त्री चित्रगुप्त । महामन्त्री चित्रगुप्तसँग कामवरण यमलोकको अनुशासन र मर्यादाको विपति छ । सबै सुन्दर पुरुष काम भोग्न योग्य पनि हुँदैनन् । चित्रगुप्त कर्तव्यको ध्यानमा पुरुषत्व विमुख भइसकेका छन् । मेरा पतिदेव पनि कार्य व्यस्तताले लोकाटन गरिरहनु हुन्छ । यमदूतहरु र दासहरु रुपरंग नै परेका छैनन् । हे कुमार ! अहिले धर्मराज ब्रह्मलोक जानुभएको छ । म आजै मात्र ऋतुस्नान गरेकी स्त्री हुँ । यस अवस्थामा म कसरी पुरुषभोग नगरिरहन सक्दछु ? शास्त्रीय मान्यता अनुसार पनि ऋतुस्नान गरेकी स्त्रीले सर्वप्रथम दृष्टिमा परेको पुरुषसँग कामसुख लिनेपूर्ण छुट छ । एक किसिमले यो स्त्री अधिकार पनि हो । मैले ऋतुस्नान सक्नासाथ मेरो दृष्टिमा परेको पुरुष तिमी ने हौं । यस कारण मलाई स्त्री सुख प्रदान गर्नु तिम्रो कर्तव्य पनि हो । हे कमनीय पुरुष । बलिष्ट हौं, इन्द्रियहरुमा तेज आर्जन गर, म मा दन्किएको कामाग्निको ज्वालालाई तृप्त गर, तिमीलाई यमद्वारा यथेच्छ वरदान दिलाउनेछु । मेरो वस्त्रहरु फुकालिदेऊ मेरो मादकतामा चुर्लुम्म डुब । यमीका ठूल्ठूला नयनहरु क्रमशः खुम्चिदै गए उछ्वास बढन् गयो स्वर अरु कम्पित हुँदै गयो । हे मान्यवर ! मेरा हरेक अंगको काम उद्दिग्नतालाई शान्त पारिदिऊ ।
यमीको याचनाबाट ढल्पलाएका नचिकेता पुनःअनुरोध गर्दछन्– कामाग्निमा प्रज्वलित भएकी देवी ! कामक्षुधाको अतृप्ति र एक पुरुषको अस्वीकृतिको कारण उत्पन्न हुनसक्ने क्रोधानलको बारेमा म सचेत छु तर म यस यमपुरीको अनुशासनसँग अनभिज्ञ छु । तपाई जस्तो श्रद्धेय स्त्रीलाई म कसरी भोग गर्न सक्छु ? अहिलेसम्म म कुनै स्त्रीको काममा पनि आएको छैन, यसर्थ हे साम्राज्ञी मलाई धर्मसंकटमा नपार्नुहोस् । भोगमा यमराजको क्रोधानलले भष्म पार्न सक्ने र यहाँको आज्ञा उल्लंघनमा साम्राज्ञीको क्रोधाग्निमा भष्म हुनुपर्ने यो कस्तो अवस्था हो ? नचिकेता यमी सामु मुक्तिको याचना गर्दछन् ।
हे किशोर, स्त्रीको काम अधिकारको बारेमा तिमीलाई ब्याख्या गरिसकेँ । तिमी दासत्व ग्रहण गर्न आएका हौ ं                                            भने पनि मेरो यौनदास बन्नुपर्छ । यो तिमीलाई साम्राज्ञीको आज्ञा हो । तिमीले मलाई भोग गर्ने । किशोर तिम्रो कामुक शरीरको भोगका निमित्त म अत्यन्त इच्छुक छु । यमपुरीमा आएका ऐ उद्दालक पुत्र ! यमीको आज्ञा पालन गर्नु तिम्रो परम कर्तव्य हो । यसर्थ मेरा वस्त्र आभुषणहरु फुकालिदिएर हरेक अंगलाई तृप्त पारी देऊ ।
यम साम्राज्ञीको आदेशात्मक वचन सुनेर अझ पनि यमीको काम बासना तृप्तिका लागि तयार नभएका नचिकेता अनुरोध गर्दछन्–
स त्वमग्निँ स्वर्गमध्येषि आर्या
प्रवेहि त्वम श्रदधानायक मध्यम् ।

हे आर्या । त्यो स्वर्गानुभूति दिने अग्निलाई राम्ररी जान्नु हुन्छ । म जस्तो श्रद्धालुलाई राम्ररी बुझाउनु होस् । मलाई कामको महिमा राम्रारी ज्ञान भएन । यसबाट प्राप्त हुने शक्तिको रहस्य थाहा भएन । यसर्थ मैले बाटो विराए पनि सम्झाउनु होस् ।
आफ्नो समीप कामतृप्तिको निकट पुगेकी साम्राज्ञी यमीले किशोर नचिकेतालाई कामको महिमा सम्झाइन्–
प्र तें ब्रबीमि तदु मे निबोध
स्वग्र्यमग्निं नचिकेत ः प्रजानन् ।
अनन्तलोकाप्तिमधो प्रतिष्ठां
विद्धि स्वमेतं निहितं गृहायाम् ।।
हे नचिकेता ! स्वर्ग प्राप्त गराउने अग्निलाई म रामरी जान्दुछ र तिमीलाई राम्रै गरी बताउँछु । त्यो मबाट जान । तिमी यो अग्निलाई स्वर्गलोक प्राप्त साधनको रुपमा बुझ । यही नै गुह्य कुरा हो ।
कामाग्निको जागरण र    तृप्तिको विदया नचिकेताले पूर्णरुपमा यमपुरी साम्राज्ञी यमीबाट प्राप्त गरे । किशोर नचिकेताका साथको कामयज्ञबाट साम्राज्ञी अत्यन्त प्रसन्न भइन् । काम विधि र प्रविधिलाई नचिकेताले तिक्ष्णताका साथ ग्रहण गरे । तीन दिनसम्म साम्राज्ञी यमीसँगको अविस्मरणीय क्रीडाबाट अति अनुग्रहित भएर नचिकेताले भने–
शोकागितो मोदते स्वर्गलोके ।
(शोकादिबाट मुक्त भएर स्वर्गलोकका े आनन्द महशुस गरेँ)
नचिकेताबाट अति प्रसन्न साम्राज्ञी यमीले आफ्नो पति दण्डाधिकारी यमराज आउनाथ गौतमवं्रशीय उद्दालक पुत्र राजकुमार नचिकेताबाट आफ्नो ऋतुस्नान पछिको कामाग्निलाई कुशलतापूर्वक तृप्त गरेको हुँदा उनलाई यथेष्ट वर दिनको लागि अनुरोध गरिन् । व्रह्मलोकको कार्य यात्राबाट तीन दिनपछि मात्र यमपुरी फर्किएका धर्मराजले आफ्नो अनुपस्थितिमा आफ्नी  साम्राज्ञीको कामानललाई संतृप्त पारिदिएकामा नचिकेताप्रति कृतज्ञता व्यक्त गर्दै भने–
तिम्रो रात्रिर्यवजात्सीः गृहे मे
प्रसन्न  ब्रह्मन्नतिथिर्नमस्यः ।
नमस्तेऽस्तु व्रह्मन् स्वस्ति मेऽस्तु
तस्मान् प्रति त्रीन्वरान् वृजीष्व ।।
(ब्राह्मण देव तिमी नमस्कार गर्न योग्य अतिथि हौं, तिमीलाई नमस्कार छ । मेरो कल्याण होस् । तिमी जो मेरा घरमा तीन रातसम्म प्रशन्न चित्तले बस्यौं त्यसकारण हरेक रातको एउटा दरले वर माग ।)
यमराजको कथन सुनेर नचिकेताले आफूलाई यमदास बनाउन पठाउने पिता उद्दालकका निमित्त पितृपरितोषको प्रथम वरमागे भन े अग्नि (शक्ति) विधा र ब्रह्मज्ञानका अरु दुई वटा वर मागी विद्वान भएर पुनः आफ्नै राजपा्रसादमा फर्किए

KHADANANDA BAJE

खडानन्द बाजे
अरुण कुमार सुवेदी
नाम षडानन्द तर अपभ्रंश भएर खडानन्द भै सकेको छ, उमेर ६०को वर पर, व्यवसाय कृषि तथा पशुपालन, जात जैशी ब्राह्मण परिवार पति पत्नी मात्र, पत्नी देवकी, उमेर ५५वर्षको यता उता ।
नाम असारमाया वा असारी, उमेर बाइस÷ तेइस, व्यवसाय कृषि भनौ कृषि मजदुर बनिबूतो,  परिवार पति पत्नी मात्र, पति नरबहादुर वा नरे, उमेर २५÷ ३० वर्ष ।
सदा झैं आज पनि असारी एक भारी घाँस लिएर आई । इरु लहराको घाँस बस्तुले राम्ररी खान्छन । खडानन्द बाजेलाई निकै खुसी लाग्यो । असारीले घाँस राम्रो ल्याउने गर्छे । आफ्नो दाँत अंगारले मस्काउँदै खडानन्द बाजे –“ ए असारी राम्रो घाँस ल्याइछस् । पख म नुवाउँछु अनि जानु, गोठमा कोही छैन ।” असारी छक्क पर्छे “नुवाउँनु भन्दा अगाडि बाहुनले अंगार खानु पर्छ कि क्या हो ?”
“ए मोरी दाँत माझेको पो त अँगार खा’को हो त । हेर तेरो दाँत दाँतेगूहुले पहेंला भैसकेका छन् । तँ पनि माझ, भारी बिसाएर । ला  यस्ले मस्काए पनि हुन्छ” , छेउमा भएको पैलेटीको दतिउन भाँचेर ढुंगाले कुटेर खडानन्द बाजेले असारीलाई दिए । असारी दाँत मस्काउन थाली । “छ्या कस्तो गनाउँदो रहेछ ।” “ए यस्ले दाँत किरा लाग्न पनि दिदैन, ऐले म ऐनामा देखाईदिउँला अनि छक्क पर्छेस्, तेरा दाँत कस्ता राम्रा हुन्छन् ।” खडानन्द बाजे स्नान गर्नका लागि दौराका तुना फुकाल्दै भन्छन् ।
असारी कुल्ला गर्दै भन्छे – “यो बाहुनहरु पनि बनमान्छे जस्तै हुन्छ । डँडाल्नुमा पनि भुत्लै भुत्ला ।” हो पनि खडानन्दबाजे भुत्लामा बनमान्छेभन्दा कम पनि थिएनन् । केश र दाह्री मात्र सेतै हैन छाति पनि सेतै थियो हात खुट्टा पनि सेतै थिए फुल्या भुत्लाले । “हाम्रो राई लिम्बुको जस्तो सफा पो हुनु पर्छ ।” “अँ ! मेरा भुत्ला हेरि रह तँ, मलाई पनि थाहा छ, तिमीहरु सबै खुइलिएका हुन्छौ कि भुत्ला हुन्छन् भन्ने कुरा ।” असारी खित्का छाडेर हाँस्छे । खडानन्द बाजे स्नान गर्न थाल्छन् –
“गंगेश्च यमुनेश्चैव गोदावरी सरस्वती…………   ………………..”
खाँडीको कौपिन, बाक्लो, पानी छिर्नै गाह्रो, पानी खन्याउन्जेल छिन छिनमा कस्नु पर्ने । तर हिउँदको दिन धेरै बेर नुवाउन नै गाह्रो । असारी ढुंगामा बसेर हेरिरहि । बाजेले छिनमै नुवाएर सके र काम्दै धोती फेरे । अंखोरामा पानी बोकेर बाजे अगि अगि हिंडे र असारी घाँसको भारी बोकेर पछि पछि । याक्सा (गाृेठ)मा पुगेपछि बाजेले पहिलो काम नै असारीलाई ऐना देखाउँने गरे । आफ्नो पूजा कोठाको ऐना ल्याएर देखाउँदै भने – “हेर तेरा दाँत कस्ता भए ।”
“साँच्चै बाजे राम्रो हुन त बाहुन हेर’ले नै जानेको, बुढा भएर पनि बाजे रातो टीका लाएर ढल्के टोपी ढल्काएर हिड्छ, दिनहुँ न्वाएर ।”
–     “ल थाप मोरी कस्तो बाक्लो मोही छ, मोजसँग खालिस् ।” असारी जर्किन थाप्दै भन्छे – “बाजे पातमा नौनी पनि देऊ न सागलाई भुटुन् ।”
– “हुन्छ, हुन्छ तर तल पेरुङ्गे दहको छेउ छाउमा कस्तो राम्रो खरुकी छ, आफूलाई भिरालेमा उक्लिन नै गाह्रो उक्लिए पनि अडिन साह्रो । लिएर आ’न भोली ।”
असारी मोही लिएर हिंड्दछे । घाम निकै माथि आइसकेको हुन्छ । हिउँदको दिन फिसिक्कै जान्छ, अझै पूजा गरेको छैन । बिहान गोबर सोह्र्नु पर्ने, पाडा बाछा लगाउनु पर्ने, दूध तताउनु, मोही पार्नु र दिनहुँ जसो घिउ खार्नु बाजेलाई भनेसम्म हैरान । उमेर छिप्पीए पछि छिटो छिटो काम गर्न पनि नसकिने । त्यसपछि पूजा गर्यो, भात पकायो, खायो, भाँडा सफा गर्यो । फुकाउन एक छिन ढिलो भएर वर परका वस्तु फुकाएभने बल गरेर दाम्लै चुडाउलान भन्ने डर । पहिले पहिले छाडा छोड्दा पनि हुन्थ्यो तर अब त गहुँ र तरकारी खेति गर्नथाले । गहुँ, खान हुने काउली, बन्दा, आलु सोमबारे लगे हारालुछ बिक्रि हुने । अब त गाई भैंसी पाल्न पनि कठिन नै भयो । बज्यैलाई पनि लिएर आउँ, साँप्रो माथि पिडुलो थपिने । एक त घर रुङ्ने मान्छे छैन अर्का तर्फ बज्यै छिन् आठपाँजे रोगी । यति खेर एउटा सन्तान भए कत्रो भरथेग हुन्थ्यो । निसन्तान हुनु पनि सबै तिरबाट दुखै दुःख । आफू बाँझो हो की बाँझीसँग परियो केही थाहा भएन । खडानन्द बाजे अंगेनामा भात बसाएर आफ्नो नित्य कर्म पाञ्चायन पूजन सुरु गर्दछन् –
आसनम् समर्पयामी, पाद्यम् समर्पयामी …
नमस्तुते व्यास विशाल बुद्धे
फुल्लार विन्द यत पत्र नेत्र …
…………………………..
शशंख चक्रम शकिरिट कुण्डलम्
सपितवस्त्रं शर्शारुहेक्षणम्…
…………………………………..
…………………………………..
कृस्णात्परं किमपि तत्व महंनजाने
त्वमेवमाता चपिता त्वमेव …
…………………………………
आज पनि पूजा स्थलमै बसेर सबै स्तोत्र पाठ गर्न पाइएन । मरे पछि पनि यमदुतले के भन्लान् । तै पनि हतार हतार गर्दै यता र उता गर्दै खडानन्द बाजे स्तोत्र भन्दछन् –
गयो बाल कालको वय पनि उसै बालरसले
यसैरीतले यौवन पनि विति गयो मोह बसले
भयो वृद्धावस्था अझ पनि भँजिदैन मनले
कसो भन्लान ख्वामित् मकन यमका दूतहरुले
………………………………………………..
……………………………………………….
बाजे खाना खान तिर लाग्छन् । मसिनो भात भैंसीको दूध र एक कोसो केरा भए पछि बाजेलाई केही चाहिन्न । कहिले काहीं नूनिलोको छुद्दे जागे साग टिपेर पकाउने हो । हिउँदमा गोठ झार्दा सबैको दैनन्दिनी यही हो पहाडीया जीवनको । अब चाहीं साह्रै गाह्रो भो’ भोलिदेखि त्यै मोरी असारीलाई भाँडा पनि माझेर जाइदे भन्नु पल्र्ला बाजे मनमनै सोच्छन । त्यतिञ्जेलमा खोले कुँडो पनि उसैले पकाएर दिई हाल्छे धेरै हल्का हुन्छ । बाजेलाई अलि शान्ति मिल्दछ ।
आज पनि त्यही क्रम दोहोरियो, बाजे दाँत मस्काउँदै खोलामा पुग्ने र असारी घाँसको भारी लिएर आउने । आज देब्रे लहरा र अरहरी लिएर आइछ । घाँस त छानी छानी ल्याउछे । अरहरीको टाटाले भैंसी दूधालु पनि हुन्छ । बाजे मनमनै गुन्गुनाउँछन् ।
–     “ए बाजे तिमी न्वाउन आए छौ, भारी पनि अलि गह्रौ छ तिम्ले न्वाउन्जेल म बिसाउँछु । यस्तो मध्ये हिउँदमा पनि कति न्वाउन सकेको बाहुनले ।”
–     “र त हामी सुकिला र सफा छौं । हेर तरुनी हुँदा पनि घाँटी भरी मयल, जिख्रिक्क कपाल, राम्री हुनु पर्दैन,  तँ पनि नुहा ।”
– “आच्या तिम्रो पो  लँगौटी छ र न्वाउँछौ, म नाङ्गै न्वाउनु, तिमी चै हेर्ने, हामीलाई लाज लाग्दैन कि क्या हो, सरम छाडा बूढा”  असारी रिसाई ।
–     “हैन ऊ त्यो माथिल्लो कुना भित्र पसेर न्वा’न, दह पनि छ ढुंगामा बसेर बेस्कन न्वा’ म यहाँ न्वाउँछु । यहाँबाट देखिदैन नि त । तलाई नांगी हेरेर पो मलाई के पाउनु छ ।” बाजेले झर्केको स्वरमा जवाफ दिन्छन् ।
असारी खोलाको मास्तिर लाग्छे । बाजे त्यहीँ न्वाउन थाल्छन् ।
“गंगेश्च यमुनश्ेचैव गोदावरी सरस्वती ……………………..”
“कति महिना पछि असारी न्वाउन पसेकी छ, त्यो पनि साबुन बिना, के मयल जाला । भोली साबुनले न्वाउन लाउनु पर्ला ।” उनी लुगा फेर्न थाल्दछन् । आज अलि धेरै बेर नुवाएँ, सर्दी पो लाग्ला कि । बाजे काम्दै स्तोत्रहरु फलाकी रहन्छन् । आज बाजेलाई बेग्लै स्फूर्ती जागे झैं भयो । असारी पनि नुवाएर आई । कस्ति सेती देखिई असारी । हेर यति राम्री आईमाई सुग्घर सफा नबसेर बिरुप भएकी । बाजे अगि अगि हिंडे र ऊ घाँसको भारी बोकेर पछि पछि हिंडी । बाजेको गति आज निकै तेज भैरहेथ्यो । उनलाई आफ्नो उमेर स्वत्त घटे झैं लाग्यो । के को हो कुन्नी उनमा अपरिमित आनन्द जाग्रत भएर आयो ।  यस्तो आनन्द उनले महसुस नगरेको निकै भैसकेको थियो । २५ ३० को हुँदा एक किसिमको स्फूर्ति महसुस हुन्छ । खडानन्द बाजेलाई आज त्यस्तै भैरहेथ्यो ।
असारी भारी बिसाएर जर्किन लिएर आई मोही थाप्न । बाजेको फुरुङ्ग परेको मन उट्पटाङ भैरहेथ्यो । असारीलाई जिस्क्याउने निउँको खोजिमा थिए बाजे ।
–     “ए बाजे नुवाउन लगाएर ढिलो बनायौ । हरामी रिसाउँछ, त्यत्रो उकालो चढेर गएर भात बनाएर घिचाउनु पर्छ मोरोलाई ।”
– “छोड्देन त त्यस्तोलाई । के कुरेर बसेकी, अर्को तन्नेरी खोजे भै हाल्छ नि, पट्ठी नै छेस् ।”
–“खै कस्ले लैजाला र म अभागीलाई ।”
–“के केटाहरु सबै मरे र ?”
–“ए बाजे पनि, छिटो हालीदेऊ झन् ढिलो बनाईदिन्छ ।”
– “ऐ तेरो बिहे ग¥या कति भयो ? छोरा÷छोरी छैनन् हैन ।”
–     “खै बाजे के हो के हो । मै उस्तो हो की ऊ उस्तो ? भाँडामा नभको कि डाडुमा न आ’को ?”
मोही बोकेर असारी उभो लागी बाजे आफ्नो काममा जुटे ।
अबका दिनहरु उस्तै गरी दोहोरिई रहे । असारीले अब साबुन लाएर नुहाउन थाली, रोज दतिउन लगाउँन थाली, निकै सुकिली मुकिली भएर हिड्न थाली । बाजेको भाँडा मात्र साफ गर्ने हैन, धान सुकाएर कुट्ने सम्म गर्दिनथाली, समय धेरै लागे बिहानको भात उ बाजेकहाँ खान्थी । एक दिन बाजेलाई अलि अप्ठेरो लाग्यो । असारी यता धेर बस्न थाले पछि बिहान उस्ले आफैं भात बनाएर खानु पर्दो हो, लेकको जाडो कहीँ झोकिएर असारीसँग झगडा गर्यो भने फेरी असारी माइत जाली बा हिड्ली अर्कासँग मैले भनेझैं । यो सँझने वित्तिकै बाजेलाई आङ सिरिङ्ग गरे झैं भयो । उनलाई डर पनि लाग्यो । नरे असारीसँग खुसी भएन भने त आपत पर्छ । उनले असारीलाई भने – “ऐ नरेको पनि त विचार गर्नुपर्यो विचरो विहान कति काम गरेर आएर पकाएर खाँदो हो । म अर्को भाँडाहरु पनि घरबाट ल्याउँछु, खाउञ्जेल पर्खनु पर्दैन घाँस लिएर आयो बेलुकाको भाँडा माझ्यो हिडिंहाल्यो गर ।”
“आ छाड्देऊ बाजे हुतिहाराको  कुरा एउटा छोरा जन्माउन हुति छैन हैकम गरेर मात्रै हुन्छ ?” अहिले उस्ले मनको कुरा खोलेरै भनी ।
असारीको कुराले खडानन्द बाजेलाई कहीँ घोचे झैं भयो । उनलाई साह्रै अमिलो महसुस भयो । उनले पनि एउटा छोरा जन्माउन सक्या हैन । वैंस छउञ्जेल बजै खोटी जस्ति पनि थिइनन्, मासिक धर्म भैरहन्थ्यो, उनी आफू खोटो पनि थिएनन् ।  यसै त तीर्थ, ब्रत, भाकल, पूजा, यज्ञ सबै गरेका हुन् तर केही लागेन । उनको ध्यान पुनः खोले चलाइरहेकी असारी तिर फर्किन्छ । असारी नुहाउन त थाली तर कपडा कस्तो मैलो लगाएकी, नभएरै त होला । यस्पाली घिउ बेच्न जाँदा यसैलाई बोकाएर लिएर जाने, नरेले काम गरेर तिरीहाल्छ, असारीले पनि काम गरी हाल्छे, चैत पनि आउँदैछ तौली रोप्नु पर्ने, एउटा लुंगी र चोलो चाहीँ किनीदिनु पर्ला – बाजेले मनमनै सोचे ।
नरेलाई गोठमा राखेर असारीलाई घिउ बोकाएर बाजे सोमबारे हिंडे । बिहानै हिड्यो घाम ढल्के पछि पुगिन्छ । सोमबार हिंडेर त कामै बन्दैन त्यसकारण एकदिन बस्ने गरी आइतबार नै हिड्नु पर्दछ । बिहानै सातु सामल बोकेर हिंडे ।
घिउ पनि भनेजस्तै भाउमा विक्रि भयो बजार पुग्ने वित्तिकै, एकै छिन पनि पर्खनु परेन । आजै सामानहरु किनेर फिर्ने बिचार गरे बाजेले । “हिंड असारी तेरा लुगा छैनन् एउटा लुंगी र चोलो अनि चप्पल किनिदिन्छु, नरे र तैंले काम गरेर तिरे भैहाल्छ ।” असारी यति खुसी भै कि खुसीको सीमा नै रहेन । तर उस्ले चोलो चाहीँ किन्नै मानिन् । उस्ले औंलाले देखाएर भनी “ऊ त्यो लाउँछु ।” “ए भेष्ट, त्यो भेष्ट हो” काले साहुले भन्यो “तर महंगो पर्छ ।”
– “ठीक छ, तिरौंला नि त” बाजेले जवाफ दिए ।
–     “म त बाहुनी केटीहरुले जस्तो बोटिस पनि लाउँछु बाजे ।”
यो कुराले काले साहु मात्र हैन उस्का अरु ग्राहकहरु पनि मरुन्जेल हाँसे । काले साहुले मरेर हाँसो थाम्दै भन्यो “कति नम्बरको ?”
असारी नाजवाफ भै । बाजे पनि चुप लागे । साहुले नै अन्दाज गरेर दिनुप¥यो, दियो ।
उनीहरु फिरे, फिर्दा के के भयो त्यस्को कुरा पछि आउँछ ।
तर यसबीचमा खडानन्द बाजेलाई दशा लाग्यो भन्नु प¥यो उनी पनि रोगले थला परे । अब उनका सामु केही विकल्प थिएन । अब उनले नरेलाई गुहारे । नरे उनकै घरमा बसेर गाउँ बेंसी गर्दिने भयो । असारी र नरे बाजेकै पालीमा सरे । बाजे सोमबारेबाट फिर्नासाथ बिरामी परेका थिए । धामी झाँक्रि, औषधी, जडिबुटी सबै गरे तर बाजे न त उठेर नै केही गर्न सक्ने भए । यसपालीको तौली धान पनि नरेकै भरमा रोपियो । घर पनि असारीकै भरमा थामियो । निमेक तलबको के कुरा रह्यो र एक किसिमले नरे र असारी घरमुली नै भए । बाजेकाहाँ सरेपछि नरेको पनि भाग्य जाग्यो । असारीको भुँडी बैशाख मै अलि अलि देखिन थाल्यो । अब नरेको बोली नै अर्कै थियो । “ल त कस्ले मलाई हुतिहार भन्छ म देखाई दिन्छु” ऊ मनमनै भन्न थाल्यो ।
समय निकै बित्यो एवं रीतले । असारीको छोरो पनि ५÷६ वर्ष भैसकेको थियो । अब आउने साल स्कूल जान्छ भनेर नरे मख्ख थियो । गाउँमा विस्तारै कुरा चल्न थालेको थियो खडानन्द बाजेसँग जग्गा जमीन त छदैछ पैसा पनि निकै छ । बुढा निसन्तान छन् । भाइ माइला पद्यकान्त “दाजु ! क्रिया त मैले गर्नु पर्ला नि कसो” भनी बीच बीचमा सोध्न आउँथे ।कान्छो टीकादत्त पनि दाजुको सामु जहिल्यै आइरहन्थ्यो । अझ उस्ले त एउटा छोरा नै खडानन्दको घरमा राखिदिएको थियो भर अभरका लागि ।
खडानन्द बुढा साह्रै भएको एक हप्ता भैसकेको थियो । उनी बोल्न मात्र सक्दथे । त्यसो त होस थियो तर कम्मर मुनी केही चल्दैन थियो । अब सबैलाई लागिरहेथ्यो बाजेको अन्त्य नजिकै छ । पद्यकान्तले नजिकै आएर सोधे –“अब पञ्च भलाद्मी राखेर दाजु भाउजुको काज क्रिया कसरी कस्ले गर्ने भन्ने छिनोफानो गर्नु पर्ला ।” खडानन्द बाजेले सम्मति दिए ।
पञ्चायती बस्यो बाजेकै दलानमा । माइला पद्यकान्त जिकीर गरिरहेथे दाजुको क्रिया मैले गर्न पाउनु पर्छ र भाउजूको क्रिया तथा पालन पोषण कान्छाले गर्नुपर्छ । कान्छा भनी रहेथे बाबु मरे पछि पालेर कर्म चलाएर विवाह समेत गराईदिने दाजु भएकोले दाजु र भाउजू दुबैको क्रिया गर्ने अधिकार र कर्तव्य उनको हो । दाजुभाइमा कुरा मिलिरहेको थिएन । माइला भनीरहेथे “ठीकै छ उसो भए दाजु भाउजूकै काज क्रिया म गर्छु ।” भलाद्मीहरुलाइ निर्णय दिन बडो मुस्किल परिरहेथ्यो । कुरा मिलाउने हिसाबले विश्वनाथ अर्यालले भने खडानन्द दाइले जस्लाई सम्पत्ति वकस दिन्छन् उसैले सबैथोक गर्नुपर्छ । तर यसकुरामा दुबै भाइको आपत्ति थियो । अन्ततः पुनः अर्को विकल्प सारियो, सम्पत्ति आधि आधि हुने क्रिया पनि गोला हालेर जो पर्छ त्यसको गर्ने । एक जनालाई भाउजू एक जनालाई दाजु । तर यो विकल्प पनि खडानन्दको मञ्जुरी बिना हुन्नथ्यो । यतिञ्जेल सम्म चुप लागेर सुतिरहेका खडानन्द बाजेले ठूल्ठूलो स्वरमा कराए –“ए नरे! मलाई ठाडो पारेर बसा !”
सबै छक्क परे । पक्षघातले थला परेका बाजेमा यत्रो बोली बोल्ने शक्ति कहाँबाट आयो । बाजे ठाडो परेर बसेर निकै ठूलो स्वरमा कराए – “ए मोरा हो ! मलाई अपुत्रो ठानेका छौ ? खत्री भए पनि छोरो छ । सबैलाई लाग्यो पक्षघातले बुढाको दिमाग सठिएछ । बज्यैले भनीन् –“के भनेको यस्तो कुरा जिउँदै नर्क पर्ने ।” बाजे फेरी कराए –“नर्क परे पनि स्वर्ग गए पनि यही अलच्छिनी मात्र बाँझी हो । मेरो छोरो छ । ऐ असारी भन्दे त्यो छोरो कस्को हो ?”
एकैचोटी बज्यैलाई अन्धकारले ठाके झैं भयो उनी रुँदै घरभित्र पसीन् । भरखर मात्र बाजेलाई उठाएर पिँडीको छेउमा गएर बसेको नरे स्तब्ध भयो । नरेले पनि जुरुक्क उठेर भन्यो – “ ए बुढा तँ लाई त्यहीँ काटिदिन्छु, मेरी बुढी हो असारी, जंगे उसैले पाएकी हो । कसरी तेरो छोरो हुन्छ ? बुढो बौलायो कि क्या हो ?” ढिकी माथि बसिरहेकी असारी जुरुक्क उठी र भन्न थाली –“छोराको वाबु हुन त पाइन चाहिन्छ, म अलिच्छिनी हैन तँ हुतिहारा होस् नरे, सोमबारेबाट फिर्दा पेरुङ्घेमा बास नबसेको भए हुन्थ्यो मेरो छोरो ? जंगे बाजेको छोरा हो ।” असारीको कुरा सुनेर नरेलाई चारैतिर अन्धकार लाग्यो । ऊ जुरुक्क उठेर केही नबोली हिंड्यो । कचहरीमा मौनता छायो । फेरी खडानन्द बाजे कराए –“मेरो काज क्रिया कान्छा टीकादत्तले गर्छ, खर्च मेरै सम्पत्तिबाट हुन्छ । शेखपछिको अधिकार जंगेको हुन्छ । कागज तयार पार म सही गर्छु ।”
बज्यै भित्रबाट कराइन् – “कहाँ त्यसरी हुन्छ, म अहिल्यै माइला नानीकाहाँ बस्न जान्छु । आधि अंश मेरो हुनुपर्छ, मेरो क्रिया पनि माइला देवरले गर्छन्, सम्पत्ति पनि उनैलाई बकस दिन्छु ।”
कान्छो करायो – “त्यसो भए मुद्दा पर्छ । आधि सम्पत्ति चाहीँ माल्दाइ खाने म चाहीँ बिटुलिएको दाजुको क्रिया मात्रै गर्ने ।”
असारीले बज्यैको खुट्टा समाउँदै भनी –“बज्यै यस्तो बेलामा बाजेलाई नछाड, जंगे बाजेको छोरा हो मात्र भनेकी पो त म स्वास्नी त हैन नी ।”
बाजेका आँखाहरु सजल भए । जीवनभर साथ निभाएकी देवकी बज्यै मृत्युशैयामा छाडेर हिंडिन् । यौवनकालमा असारी जस्ती स्त्रीको साथ पाएको भए कति सुन्दर हुन्थ्यो होला । लगभग ५० वर्षको दाम्पत्य जीवन विताएपछि देवकी बज्यै आज सबैभन्दा कुरुप लाग्यो बाजेलाई । उनले चण्डिका नारीको सबै माहात्म्यलाई पढेका थिए तर ती कुनै प्रसस्तिले पनि असारीलाई परिछिन्न गर्न सक्दैन थियो । असारी यति उच्च भई की बाजेका लागि उनी सक्दथे भने असारीको पूजा नै गर्दथे । देवकीसँगक् उनले कति बोझिलो जिन्दगी यापन गरेछन्, कसरी यत्रो समय पार गरियो आज विस्फोट हुँदा पो थाहा भयो बाजेलाई ।
यस्तो भाँडियो कि अवस्था कसैले सम्हाल्ने स्थिति नै रहेन । नरे कहाँ हिड्यो, बज्यै माइला देवरकाहाँ लागिन्, बेलुका देखि भाइहरु न उनका छोरा कोही रmङ्न आउन छाडे । दयनीय गति भयो खडानन्द बाजेको । असारी छे, उनी र बालक जंगे । ३÷४ दिनमै कान्छाले मुद्दा पनि हाल्यो ।
आज जैशी टोलमा निकै हल्ली खल्ली बढ्यो । खडानन्द बाजे खसेछन् । खडानन्दको लाशलाई काखमा राखेर असारी रोइरहेकी थिई, जंगे आमाकै छेउमा बसेको थियो । बज्यैले माइला देवरकै घरमा बसेर चुरा फुटाइन अरे, सिंदुर पुछिन अरे । माइलो भाइ पद्यकान्त पनि आएन । कान्छो टीकादत्त भनिरहेथ्यो “अपजातले छोएको लाश हामी काँधीकाठ लाउँदैनौ ।” कान्छाका छोराहरु प्नि बाबुसँगै उफ्रिरहेका थिए । अब चाहीँ भलाद्मीहरुले निकै कडा निर्णय लिनुपर्ने भयो । विश्वनाथ अर्जेलले चौकिबाट असई ल्याउन मानिस पठाए । असई आए र दुबै भाइलाई लाश बोक्न कर लगाए, दुबै भाइलाई क्रियामा हुले । यस प्रकारले भयो खडानन्द बाजेको अन्त्य र अन्त्येष्ठी ।

All rights reserved by Arun Kumar Subedi | © 2025
Follow me on: Facebook | Twitter | BlogSpot