‘डा. केसी ऋषि हुन् तर सडकका सकुन्तलाहरुलाई श्राप दिँदै हिँड्नु भएन’

काठमाडौं । डा. गोविन्द केसीको भ्रष्टाचारविरोधी अभियानमा ऐकवद्धता जनाउँदै हजारौँ मानिस सडकमा ओर्लिएको बेला केही कोणबाट शंसय पनि उठेका छन् ।डा. केसीले उठाउनैपर्ने केही ‘जेन्यून’ मुद्धा छोडेर कतिपय मुद्धालाई आफ्नो अस्तित्वको मुद्धा बनाएकोमा केही आशंका उब्जिएका हुन् । डा. केसी अशल भए पनि उनको छायामा अन्य स्वार्थ बोकेका मानिस हावि हुनसक्ने भन्दै यसबारे केही प्रतिक्रिया आएका छन् ।राजनीतिक विश्लेषक अरुण कुमार सुवेदीले हालै डा. केसीको अभियानको छायामा गलत नियतका मानिस नेता बन्नसक्ने भन्दै उनको आन्दोलनप्रति नै शंका गरेका छन् ।सुवेदीले न्यायलय सडकीकरण गर्न नहुने तर्क गर्दै सर्वोच्चको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । ‘सर्वोच्चको निर्णय मान्य नभए पुनरावेदन जाने अधिकार सबै नागरिकलाई छ,’ सुवेदीले भने, ‘त्यस अधिकारको प्रयोग गर्नुपर्छ । न्यायालयको विष्यय भनेको सडकीकरण गर्ने विषय हैन ।’सुवेदीले डा. केसीलाई भारतीय नेता अन्ना हजारेसँग तुलना गर्दै उनी असल भए पनि उनको आडमा केजरीवाल जस्ता ‘क्रिल्के नेता’ उदाउनसक्ने बताएका छन् ।साथै भारतको गुजरातमा जातीय माग उठाउँदै आन्दोलनरत हार्दिक पटेल जस्तै डा. केसीको आन्दोलन पनि कतैबाट परिचालित पो छ कि भन्नेमा डा. केसी स्वयंले आफैँलाई अवलोकन गर्नुपर्ने सुवेदीको सुझाव छ । नेपालआजसँगको अन्तरवार्तामा सुवेदीले भनेका छन्, ‘डा. केसी ऋषि हुन् तर सडकका सकुन्तलाहरुलाई श्राप दिँदै हिँड्नु भएन ।’

Read Full Story on : https://nepalaaja.com/2018/1/20181917222