काठमाडौं । जल सरोकारमा गहिरो अध्ययन गरेका अरुण सुवेदीका यस विषयमा दुई किताब नै प्रकाशित छन् । कैयन लेखहरु पनि प्रकाशित छन् । अविरल वर्षापछि तराई डबुेपछि कतिपयले कोशी ब्यारेजका ढोकाहरु नखोलिएका कारण डुबान बढी भएको तर्क पेश गरेका छन् । तर सुवेदीको मतमा कोशी ब्यारेजले केही पनि नोक्सानी गरेकै छैन । सुवेदीले आफ्नो नियमित स्तम्भ ‘कुरा खस्रा मीठा’मा राखेको धारणाहरु यस्ता छन्ः
‘कोशी नदीको पानीले बिहारमा बढी क्षति पुर्यायो भनेर नेपालसँग सम्झौता नै गरेर भारतले कोशीमा पुल अथवा भनौ बाँध बनाएको छ । यो बाँधले पानी रेगुलेट गर्छ । कोशी ब्यारेजदेखि उत्तर नेपाल हो, दक्षिण भारत । उत्तरमा चतरासम्म कोशीको दुवै किनारमा अग्ला बाँधहरु छन् । ताकी कोशीको पानी मानव वस्तीमा नपसोस् । त्यस्ता बाँधहरुले सुनसरी र सप्तरीका गाउँहरु जोगाएका छन् ।
ब्यारेजदेखि दक्षिणमा पनि भारतले आफनो हिसाबले बाढी नियन्त्रण गर्न विभिन्न उपाय अपनाएको छ । कोशीमा पानीको मात्रा कति हुन्छ त्यसकै आधारमा ढोकाहरु खोलिन्छ । हामीलाई थाहा नै छ कोशीमा पानी धेरै हुदा केही वष अघि लगभग सबै ढोकाहरु खोलिएका थिए ।
ढोका नखालेलेर नेपालमा डुबान नै हुँदैन । किनभने कोशीको पानी दक्षिणतर्फ जम्मा हुँदै जाँदा त्यो मानव वस्तीमा जानै पाउँदैन । दुई किनारका अग्ला बाँधले रोकिहाल्छ । बाँध तिर पानी बढ्न थाल्नु भनेको पानी अति धेरै हुनु हो । यस्तो अवस्थामा भारतले ढोका बन्द गरिदियो भने नेपालका दुई चार गाविस त बरबाद हुन्छन् हून्छन् भारतका त दुई चार जिल्ला नै तहस नहस हुन्छन् । यसकारण कोशी ब्यारेजमा निश्चित मापदण्डका आधारमा ढोका खोल्ने र लगाउने गरिन्छ ।
अब मैले त यो कोशी ब्यारेजको कुरा होइन कोशी उच्च ड्याम बन्नु पर्छ भन्ने मान्यता राख्दै आएको छु । यस्तै चाहना भारतको पनि छ । चतरादेखि माथि पहाडमै अग्लो बाँध बाँध्ने र त्यसबाट बिजुली, पर्यटन, सिंचाई, माछा पालन गर्नु पर्छ । पहाडमा कोशीको पानी जम्मा गर्दा कति ठूलो जलाशय बन्छ आफै अनुमान गर्दा भइहाल्यो । मानिसहरुलाई शंका छ कि भूकम्प आउँदा ड्याम भत्कियो भने के गर्ने ? खासमा भूकम्पले आजसम्म संसारका कुनै आधुनिक ड्याम भत्काएको छैन । यसको चिन्ता लिनै परेन ।
Read More at: https://nepalaaja.com/2017/8/20178159499