RITTIDO GAAU BANJHIDO BHUMI

अरुणकुमार सुवेदी

केही दिन पहिले कान्तिपुर दैनिकमा चन्द्रशेखरजीको मर्मस्पर्शी लेख आएको थियो, तर्राईका उर्वर खेतहरू बाँझिन थालेको विषयमा । आज मसँग एउटा पहाडी गाउँको आजको स्थिति र अतीतको तुलनात्मक चित्रण छ । गाउँ हो मेरो आफ्नै जन्मस्थान धनकुटा, कुरुले तर यो नेपालको वर्तमान परिस्थितिका लागि प्रतिनिधि गाउँ हो ।
जुन समयमा मोटरगाडी देख्न धरान आइपुग्नुपथ्र्यो, त्यसबेला गाउँमा शिक्षा, स्वास्थ्य तथा बजारको केही सुविधा थिएन । नून, मट्टतिेल लगायत अन्य आवश्यक उपभोग्य सामग्री किन्न भरिया लिई धरान पुग्नु पथ्र्यो । तर पनि यो गाउँ यस्तो थियो, जहाँ साठी-सत्तरी जना स्नातकहरू गाउँमै थिए अर्थात् गाउँमा नियमित आउ-जाउ गर्थे र गाउँमै स्थायी बसोवास गर्दथे । हरेक घरका कोठेबारीमा कम्तिमा एक-दर्ुइ घरी केरा पाकेका हुन्थे । घरघरमा अजंगका मकैका थाँक्रा हुन्थे । सबैका बारीमा सुन्तलाका बोट प्रसस्तै हुन्थे । हेरक घरमा गाई, भैँसी, गोरु, बाख्रा अनेक बस्तुभाउ र अन्य पशुपन्छी हुन्थे । पाखा जंगलमा गोठालाहरू सुसेला हाल्थे र पाखै थर्किने गरी सुरिलो भाकामा मायापरित र सुखदुःखका गीत गाउँथे । खोला खेत टन्न धान, गहुँ, मकै र मौसम अनुसार अन्य बालीले भरिएका हुन्थे । गरीब किसानहरू समय अनुसार खोला बिर्राई वा खोरिया खनी मौसमी खेती गर्थे ।

जनसंख्या भने हृवात्तै घटेको छ । २०५६ सालमा छ हजारभन्दा बढी मतदाता थिए, अहिले घटेर चार हजारभन्दा कम छन् । आज मुस्किलले गाउँका केही घरमा गाईवस्तु देख्न पाइन्छ । वनपाखामा गोठाला गर्नैपर्ने गरी चौपाया कुनै घरमा छैनन् । अधिकांश घरमा ताला झुण्ड्याइएको छ । दिनुहँु लिपपोतले सिँगारिने सिकुवा भत्केका छन् । वर्षौदेखि मानिस नबसेका घरका आँगनमा दुबो र तितेपाती झ्याङ्गिएको छ । कुनै समय जुनेली रातमा घाँस चोरी हुने बारीका डिल खरघारी र झाडीमा परिणत भएका छन् । बारीमा घाँस नकाटिएको वर्षौ भइसक्यो । टाँकी, बडहर, कुटमिरो जस्ता डाले घाँसका रुखका हाँगा नकाटिएको पनि वर्षौ भइसकेको छ । बारीहरू बुट्यान र झाडीमा परिणत भएका छन् । कुनै घरका आँगनमा मकैको थाँक्रो छैन । खेतबारी जोत्न गोरु र हली कतै पाइँदैनन् । गाउँमा विद्यार्थी र शिक्षकबाहेक युवकहरू विरलै देख्न पाइन्छन् । गाउँमा केही चल्तीफिर्ती छ भने तिनीहरू हातमा मोबाइल फोन बोकेका, प्राय कर्ुतासुरुवाल र र्सटपैन्ट लगाएका विवाहिता युवतीहरूको छ । आज ँखोरिया’ र ँभष्मे’को अर्थ नबुझ्नेको संख्या बढ्दो छ । नावा, जरुवा लगायतका खोला किनारहरू घनघोर जंगल भएका छन् । फाँट खेतहरूमा आंशिकरूपमा मात्रै बाली देख्न पाइन्छ । खेतीमा कसैको जाँगर छैन, मजदुर पाइँदैन, पाइहाले पनि ज्याला ठेक्नै नसकिने गरी महँगो भएको छ । उत्पादनले खर्चै धान्दैन । आफ्नो खेतमा धान फलाएर ट्याक्टर लगाएर घरमा ल्याउँदा र मिलसम्म पुर्‍याएर कुटाउँदाको खर्चले तर्राईबाट आएको चालम किन्न सस्तो पर्न थाल्यो भन्छन् गाउँलेहरू । गाउँका बीचतिर केही पसल र होटलहरू खुलेका रहेछन् । पहिले घरमै कोदाको जाँडरक्सी बन्थ्यो, आजकाल पसलमा सिलबन्दी रक्सी बिक्दो रहेछ । कोदो खेती हृवात्तै घटेछ । घरमा गाईभैँसी छैन, पसलमा भारतीय पाउडर दूध बिक्छ । घरमा चिया खान यही पाउडर दूधको चल्ती बढेको छ । केही बोरा लालकिला बासमती चामल पनि पसलमा किन्न पाइन्छ । उहिलेको समयसँग पूरै उल्टो भएको छ, आलु, काउली, टमाटर, बैगुन, परवल धरानबाट ट्रक चढेर गाउँ पुग्छ । पुराना चौतारा र पाटी भत्केका छन्, रेमिट्यान्स पुर्‍याइदिने अफिस र साइबर क्याफे खुलेका छन् । कुनै समय घिउ, बाख्रापाठा र अलिअलि अन्नपात बेचेर घर्रखर्च र्टार्ने स्वावलम्वी गाउँलेहरू अहिले पोकाको दूध किन्छन् ।
दशैँतिहार जस्ता चाडहरू सामाजिक एकताका प्रतीक थिए । गाउँका बीचमा रोटेपिङमा तन्नेरीतरुनीहरू हाँसोमजा गर्दै रमाउँथे, लिंगे पिङमा दोहोरी मच्चिन्थे । रामनवमी, शिवरात्रि, एकादशीमा मेला लाग्थ्यो । यस्ता पर्व र मेलामा युवायुवतीहरू रातभर धान नाच्थे । जंगल र पाखापखेराहरू पालामले गुन्जिन्थे । आजकाल दशैँतिरहार बहिस्कार अभियान चलेको छ । रोटे र लिंगे पिङ थापिन छाडेका छन् । पिङ थापिने चौरमा चर्च खुलेका छन् । दशैँ बहिस्कारसँगै ख्रिसमस भित्रिएको छ । गामबेँसीमा पालाम घन्किँदैन । धान नाच्न त जोडी पाउनै मुस्किल छ रे ।
आज युग परिवर्तन भयो । केही असल अवश्य भएको छ । गाउँमा सडक पुगेको छ । त्यस बखत सात कक्षासम्म मात्रै पढाइ हुने स्कुल अहिले बाह्र कक्षासम्मको भएको छ । पहाड भए पनि धेरैवटा घरमा मोटरसाइकल देख्न पाइन्छ । सोलार पावर र स्थानीय खोलाबाट निकालेको बिजुलीले गाउँबाट टुकी विस्थापित भएको छ । स्वास्थ्य चौकी खुलेको छ । हातहातमा मोबाइल फोन छ । नसनाता र आफन्तको खबर थाहा पाउन हुलाकको चिठी कर्ुर्नु पर्दैन ।

धेरै दुःखको र केही खुशीको यो कथा मेरो गाउँको मात्रै होइन । अधिकांश पहाडी गाउँहरूको हो । पहाडका मात्रै होइन चन्द्र किशोरजीले नेपालको ५१ प्रतिशतभन्दा बढी जनसंख्या रहेको तर्राईमा पनि अब्बल खेतहरू बाँझिन थालेको कुरा लेखेका छन् । पहाडी गाउँ होस् वा तर्राई, अब हाम्रा खेतीयोग्य भूमि बाँझिन थालेका छन् । पर्ूवाधार अभाव र प्रतिकुल राजनीतिक वातावरणले उद्योगधन्दाको अवस्था नाजुक छ । तर, विगत एक दशकको तथ्यांक हर्ेर्ने हो भने दर्ुइ प्रकारका युवाहरूको अवस्था उल्लेख्य देख्न सकिन्छ- एक, वैदेशिक रोजगारमा जाने र दर्ुइ, इलम नगरी राजनीतिका नाममा अनुत्पादक तर आर्थिक लाभयुक्त जीवन बिताउने ।
वैदेशिक रोजगारका कारणले गाउँगाउँमा रेमिट्यान्स पुगेको छ तर त्यो रकम भने भारतीय र चिनियाँ उपभोग्य सामग्री खरिद गर्नमा खर्च हुन्छ । अर्थात् अन्तर्रर्ााट्रय श्रम बजारले नेपालमा पैसा त आउँछ तर आउनासाथ चीन र भारत जाने गर्छ ठूलो परिमाणमा ।

असफल भूमिसुधार ः
नेपालको प्रचलित भूमिसम्बन्धी कानून अनुसार पहाडमा १६ रोपनी घरबारी र ८० रोपनी खेतीयोग्य जमिन गरी ९६ रोपनीको हदबन्दी कायम गरिएको छ । पहाडी गाउँघरमा यदि त्यहाँ बस्ने घरधुरीलाई उपलब्ध खेतीयोग्य जमिन बाँडिदिने हो भने भागमा सरकारी हदबन्दीको दोब्बर तेब्बर पर्नेछ । यदि हदबन्दीभित्र राख्ने हो भने बसाइँ हिँडिसकेका, गाउँ त्यागिसकेकाहरूको नाममा जमिन दिई स्रेस्ता कायम रहने तर जमिन बाँझै बस्ने वर्तमान स्थिति निरन्तर नै रहने छ । यसकारण पहाडमा जमिनको हदबन्दी तोकिएको भूमिसुधार प्रणाली अब पर्ूण्ा असफल भइसकेको छ । तर्राईको स्थिति अलि भिन्न होला, केही सिमान्त गरीबहरू भूमिहीन होलान् तर पहाड जस्तै स्थिति उन्मुख छन् तर्राईका गाउँघरहरू पनि । आफैँ खेती नगर्ने जग्गा धनीहरूका जग्गा बाँझिन थालेका छन् ।

नयाँ बाटो ः अब पुरानै भूमिसुधार नीति र नियमहरूलाई निरन्तरता दिनुको अर्थ पहाड र मधेशमा जमिनलाई अरू बाँझो बनाउँदै लैजानु हो । यसकारण आफू खेत गर्छर्ुुन्नेलाई हदबन्दीको मापदण्डले छेक्नुहुन्न र कृषियोग्य भूमिको हदबन्दी हर्टाई जोताहाले मात्र कृषिभूमि राख्न पाउने नीति बनाइनु पर्छ । अर्कातर्फरित्तिँदै गएका गाउँका बाँझिदै गएको जमिनमा उच्च प्रतिफल दिने र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने प्रकारका बाली लगाउन कृषि उद्यमीहरूलाई प्रेरित गर्नुपर्छ । यसका लागि लगाउन अनुसन्धान गरी सरकारी निकायले आवश्यक अनुसन्धान गर्नुपर्छ । खेतीयोग्य भूमि बाँझो छाड्ने अवस्था निर्माण गर्नु राष्ट्रको नीतिको सबैभन्दा ठूलो असफलता हो ।

Leave a Reply

Your email address is required but will not be published.