KALILA D’SUZA

कलिला डीसुजा
अरुणकुमार सुवेदी

त्यो केटी जस्को उमेर ६–७ वर्ष छ होला– त्यसको नाम कसरी कलिला रहन गयो अलि अपत्यारिलो झैं लाग्छ । यसको बाबुु त मलाई मात्र होइन उसलाई पनि थाहा छैन । तर आमालाई हेर्दा उसको नाम कलिला अचम्म अचम्मैको कुरा हो । कलिलाको परिवारमा आमा र उस्की बहिनी गरी तीन जना छन् । बाबुले बहिनी चाहिँ गर्भमै हुँदा छिमेककी तरुनीलाई टिपेर वेपत्ता भएछ त्यसपछि हजारौं ठक्कर खाँदै त्यो परिवार यस ठाउँमा आएर बसेको रहेछ । कलिलालाई यो टोलमा सबैले चिन्दछन् । उसका समस्याहरु सबैलाई थाहा पनि छ।
– उसलाई विद्यालय दाखिला गराउनु पर्ने कपि, पेन्सील, कपडा केही किन्ने पैसा उस्की आमासँग छैन ।
– आमा रोगी छे । खास काम गर्न पनि सक्दिन, जसैतसै बनिबुतो गरेर पाल्दछे, आमा विरामी भइ भने या त मागेर खानुपर्छ या त भोकै बस्नुपर्छ ।
– उपचार गराउने पैसा छैन ।
– विजोग भयो केही त गर्नैपर्ने हो ।
यी हुन् छरछिमेक र त्योे बाटोबाट तल माथि गर्नेका टिप्पणीहरु ।
आज पनि कलिला मेरो घर अगाडि आएर पेटीमा बसी ।केस कोरेको छैन, लट्ट। लट्टै छन्, धूलो र माटोले झन कैलो देखिएको छ, शरीर भरी लेघ्रै लेघ्रा छन्, मलिन अनुहार, आँखा भरी चिप्रा, दुब्ली र सेतो छाला भएकोले मैलो भएर अझ घिनलाग्दी देखिएकी छ । कपडा लगाएकी छैन भन्दा लगाएकी छ तर त्यस्को केही अर्थ छैन । ऊ बसेको ठाउँबाट मेरो बैठक कोठा पूरा देखिन्छ, ऊ मूलढोका अगाडि नै बसेकी छ । बैठक कोठामा बसेर मेरो छोरो स्याऊ र सुन्तला खाइरहेछ । बैठक कोठाको ¥याकमा बाबुका खेलौनाहरु सजिएका छन् । कलिलाले यो दृश्य एकटकले हेरिरहेकी छ । निकैबेरसम्म चुप लागेर सायद शक्ति सञ्चय गरेर उसले मेरो छोरालाई बोलाई ‘बाबु ! बाबु ! बाबु ! ।’
मेरो छोराले एक पटक कलिला तर्फ हे¥यो र कुनै वास्ता नगरी स्याउ खान थाल्यो । उसले कलिलालाई यसरी वास्ता गरेन कि मलाई भित्रै कतै देखि दुखेर आयो । उसले कलिलालाई कहिल्यै वास्ता गर्दैन, एउटै उमेर छ तर उनीहरुबीच कहिल्यै कुनै सहखेल छैन । बाबू ‘स्कूल डे«स’ लगाएर निस्कँदा र घर आउँदा ऊ जहिले पनि मेरो घर अगाडि नै हुने गर्छे र बडो वास्ता गरेर बाबुलाई हेर्छे । कलिलाले ऊ माथि ध्यान दिएको कुरा बाबुले थाहा पायो भने उसको अनुहार त्यसै कालो र अमिल्चो भएर आउथ्यो । म यस कुराको अवलोकन कहिले काहिँ गर्न पाउँथे । यो बालमनोविज्ञानमा पसेको पार्थक्य भेदको विरुद्धमा बाबुलाई कस्तो शिक्षा वा व्यवहार ज्ञान दिनु पर्दछ भन्ने कुरामा म स्वयम् अनभिज्ञ थिएँ । फेरि पुलिस कर्मीलाई शिक्षा वा ज्ञान प्रदान गर्ने कुराको जानकारी हुन्न पनि । मैले निकै बेरको मौनतापछि छोरालाई भने बाबू ! किन नबोलेको ? तर मेरो प्रश्न सुन्ने वित्तिकै उसका अनुहारका रेखाहरु यसरी परिवर्तन भए कि फेरि त्यही प्रश्न दोहो¥याउने साहस मैले गर्नै सकिन । फेरि आमाले भान्छा कोठाबाटै कराउनुभयो– ‘किन बोल्नु प¥यो त ?’ मसँग यसको पनि उत्तर थिएन । त्यति नै खेर उसकी आमाले हातमा सिर्कनु लिएर हप्काउन आई पुगी ‘खाली यहाँ मात्र आउँछेस् डँकिनी’ मैले कुट्नबाट रोकेँ र एउटा स्याउ दिँदै उसैलाई सोधे म के गरौं कलिला ?
उस्ले ‘हजूर’ भनी, उसका र मेरो आँखा जुधे । बालशुलभ अवोध आँखाहरुमा विवर्तित भाव सायद म पढ्न सकिरहेको थिइन् ।
मलाई आज आएर लाग्यो कलिलाको समस्या समाधान हुनैपर्छ । चाहे ड्युटीबाट फुर्सद मिलाएर होस् या कार्य समय पश्चात् होस् मानवीय धर्मको आधारमा मैले कलिलाका लागि केही गर्नैपर्ने निर्णयमा पुगेँ । गैर सरकारी संस्थाहरु, सामाजिक संघ संस्थाहरु, सरकारी व्यवस्था भरसक सबै उपायहरु सम्झन थालेँ ।
अन्ततः मलाई एउटा उपाय सुझ्यो । मेरो एक जना परिचितले अनाथालय चलाएका छन् किन त्यही प्रस्ताव नराख्ने । म विना विलम्व ती मित्र (अनाथालयका अध्यक्ष) कहाँ पुगे । मेरो कुरा र भावनाले सायद मेरो मित्रलाई निकै प्रभाव परेछ, उनले बढो नम्र भएर केही औपचारिकता पूरा गर्न सल्लाह दिए । साधारण औपचारिकता, त्यो केटी टुहुरी नै हो भन्ने प्रमाण, स्थानीय निकाय र प्रजिअले यो नेपाली नै हो भनी प्रमाणित गरेको निस्सा । मलाई लाग्यो एउटा पुलिस इन्स्पेक्टरबाट त्यस्ता साना खुदे्र कुरा नहुने कुरा सम्भावनै छैन । मलाई कुरा मनासिव पनि लाग्यो । ऊ पनि त दाताहरुको अनुशासनमा बाधिनुपर्छ, पश्चिमाहरु यसै पनि नियममा अलि कट्टर छन् जसका अनुदानले अनाथालय चल्दछ । अर्को पक्ष पनि त्यत्तिकै शाश्वत छ, यस्तो बेरोकतोक भारतेलीहरु पसी रहेको बेलामा होस् पु¥याएन भने अनाथालय नै पटना, गोरखपुरका खातेहरुले भरिएला भन्ने डर । मलाई यो कुरा अत्यन्त जच्यो । अनि म पुगेँ प्रजिअ कहाँ ।
प्रमुख जिल्ला अधिकारी प्रथम त आफ्नो हाकिम नै भन्नुपर्ने अर्को अत्यन्तै असल मान्छे । उहालेँ पनि मेरो प्रशंसा निकै गर्नुभयो तर नियम कानुनको परिधिले उहाँ पनि बाँधिनु भएको छ । उहाँले पहिलो वडाध्यक्षबाट सिफारिस लिएर आमाको नागरिकता पेश गर्ने सल्लाह दिनुभयो । हो वास्तवमा म पहिले नै स्थानीय निकायमा जानुपथ्र्यो, प्रहरी न ठहरिए आफ्नो हाकिम बाहेकको सम्झनै हुन्न । हतारमा मेसो बिर्सिएकोले मलाई आफैं दिक्क पनि लाग्यो । म फेरि पुगेँ वडाध्यक्ष कहाँ ।
वडाध्यक्ष प्रतिपक्षी पार्टीका भए पनि कूल मिलाएर मानिस असल नै थिए । उनले पनि मेरो कुरालाई सकारात्मक नै लिए । तर उनी पनि सर्जमिन नगरी केही गर्न सक्दैन थिए । यो कुरा पनि गाह्रो भएन । कलिलाकी आमालाई कसैले गैर नेपाली भन्ने कुरै आएन । अब चाहिँ समस्या समाधानको निकट पुगेको अनुभूति भयो मलाई । यस बीचमा एक दुईपटक मैले कलिलालाई भनी पनि सकेकी थिएँ– अब तँ पनि पढ्न पाउँछेस् । ऊ भय र खुशीको मिश्रित बाल हाँसोले प्रतिक्रिया व्यक्त गर्दथी ।
अब सर्जमिन सुरु भयो । वडा सचिव लेख्न थाल्यो र कलिलाकी आमासँग सोध्न थाल्यो– ‘तपाईको नाम ?
– ‘बसन्ती डि’ सुजा’
– ‘पतिको नाम ?’
– ‘भन्दिन ।’
– हैन, यी बच्चीहरुको पिताको नाम सोधेको ?
– भन्दिन ।
वडाध्यक्षले भने– ‘त्यसरी त कसरी नागरिकता मिल्दछ त ?’
कलिलाकी आमाले अलि क्रोशित श्वरमा उत्तर दिई ‘मेरो नाम बसन्ती डि सुजा हो । म मेरो बाबु आमाको नाम थर पनि बताउन्न, मेरो छोरीहरुको बाबुको नाम थर पनि बताउन्न । नागरिकता दिने भए दिनु नभए नदिनु ।’ उसले अन्तिम कुरै भनी । मैले फेरि एक पटक सम्झाउने कोशिस गरेँ । हेर्नुहोस् तपाईले छोरीहरुमाथि अन्याय गर्दै हुनुहुन्छ । मेरो कुरा भूइमा खस्न नपाउँदै उसले जवाफ दिई– ‘अब कुन अन्याय भोग्न बाँकी छ र डराउनु ।’ कलिलाकी आमाको लवजले त्यो उचाइको कुरा गर्ली भन्ने मैले चिताएकै थिइन् । सायद उसको भोगाइहरुले उसलाई यो हदसम्म पु¥यायो । उसमा जाग्रत भएको महत्ताको अर्थ  कानुनलाई थिएन यसर्थ कुरा अब मोडियो । भीडबाट एउटा आवाज आयो, ‘हैन यो डि’ सुजा कस्तो थर हो ?’
अर्को व्यक्ति– ‘बाहुन, क्षेत्री, पहाडे, मधिसे कसैको पनि यस्तो थर त सुनिएको थिएन ।’
अर्को व्यक्ति– ‘हैन आजकल प्रजातन्त्र आएर इशुका भक्त भक्तिनीहरु गाउँ शहर पसेका छन् । तिनीहरुको पछि लागेपछि तिनीहरुले नै यस्तो थर दिन्छन् ।’
कुरा के के भयो, कहाँ पुग्यो मलाई केही थाहा भएन । वातावरण नै भाँडियो । तर अचम्मित यस कुरामा भइरहेथेँ हिजोसम्म कि कुइकेल्नी दिदी आज कसरी बसन्ती डि’सुजा भइन् । यस प्रश्नको निदान पनि सायद उसले दिन्थीन होला तर वास्तविक समस्याको समाधानचाहिँ नहुने भयो । वडाध्यक्षको निर्णय विपरित कलिलाको भविष्यका लागि म अरु केही गर्न सक्ने स्थितिमा पुगिन । वडा अध्यक्षको सफा टिप्पणी थियो– ‘दार्जिलिङ्ग, कालेम्पोङ्ग तिरकी खिस्तानी आइमाई बतासे सन्तान बोकेर आएकी रहिछ । इन्स्पेक्टर साव यसरी दार्जिलिङ्ग, खर्साङ्ग, कालेम्पोङ्ग नै उल्टिएर आयो भने यहाँ पाइला राख्ने ठाउँ नै हुन्न । यस्तो विवादास्पद समाज सेवा त्याग्नु नै वेस होला ।
म नाजवाफ भएँ । म नतमस्तक भएँ । कलिलाप्रति मैले देखाएको सहानुभूतिको कारणले जन्मिएका कुनै प्रश्नको उत्तर मसँग थिएनन् । नेपाल देश नै अजोडी छ । यहाँ यस्ता हजारौं समस्या छन् जो तलदेखि माथिसम्मका सरोकारका निकायहरु सकारात्मक हुँदा पनि समाधानको उपाय वषौंसम्म भेटिन्न भने कलिलाका घटनाबाट म त्यति खिन्न हुने कुरा थिएन । यसर्थ मैले हिम्मत हारी हाल्ने कुरा भएन । म वैकल्पिक उपायहरुको खोजीमा थिए । तर त्यस कुराको अन्त्य त्यतिखेर भयो जब मेरो सरुवा भयो ।
यी कुराहरु अतितका गर्भबाट निस्किएका हुन् । आज म १६–१७ वर्षपछि एसएसपी भएर टेवलुमाथि लठ्ठी टेकाएर उभिएको छु र एउटी २०–२१ की तरुनी कलिला डि ‘सुजा मेरो अगाडि निर्वस्त्र उभिएकी छ । मेरो कार्यकक्षको छेस्किनी लगाइएको छ । उसको मैलो मैलो  जिन्स पैंन्ट (सायद हिरासतमा निकै दिन बसेर होला) टीसर्ट, मोजा, ब्रा र पेन्टी सोफामा छरिएका छन् । उसलाई इन्स्पेक्टरले इजलाशको लागि भर्खरै पेश गरेर गएको हो । उसको मुद्दा सुनाएर–
मुद्दा– १ लागू औषधी ओसार पसार
२ जाली राहदानी
वादी– श्री ५ को सरकार
प्रतिवादी पिताको नाम थाह नभएको तर जाली राहदानीमा पिटर डि सुजा उल्लेख भएको, डेनियल पौलकी श्रीमती भनिएकी अस्थाई ठेगाना कामनपा १० बानेश्वर र स्थाई ठेगाना नभएकी तर जाली राहदानीमा मकवानपुर जिल्ला हेटौंडा नपा ७ उल्लेख भएकी श्रीमती कलिला डिसुजा–१
नीज कै पति भारतको गोआ राज्य अन्तर्गत पणजी नगर निवासी पासपोर्ट नं. कखग को डेनियल पौल–१
मिति २०५५ साल मंसिर २७ गतेको काठमाडौं– बैंकक काठमाडौं उडानको उडान नं. आर.ए. कखगबाट काठमाडौं आएकी अभियुक्त कलिला डिसुजाले परिवार नियोजनको पटके साधन कण्डममा लागु पदार्थ ब्राउन सुगरका क्याप्सुलहरु खाँदेर लोला बनाई आफ्नो योनीमा २ वटा लोला र गुदद्धारमा एउटा लोला घुसारेर स्यानिटरी टावेलले कसी भन्सार पार गराउन खोज्दा शंका लागि खान तलासी गर्दा लागू औषध ब्राउन सुगरका जम्मा ६०० वटा क्याप्सुल भेटियो ।
निजको नाममा जारी भएको राहदानी नं. कखग मा पनि थर नेपालीसँग नमिल्ने किसिमको भएबाट सो उपर अनुसन्धान गर्दा उक्त राहदानी पनि जाली ठहरिन पुग्यो । निजसँग राहदानी लिदाको नागरिकता पनि नभएको हुँदा त्यसको पुष्टि हुनपुगेको छ ।
फिराद पत्रको पुरा पाठ सकिएपछि इन्स्पेक्टरलाई बाहिर जान संकेत गरे । अब मेरो च्याम्वरमा म र कलिला मात्र थियौं । ऊ भय, आक्रोश, व्यवसायिक चलाखी, पश्चाताप सबै किसिमका अनुभूतिहरुको मिश्रित भाव देखाइ रहिथी । आफ्नो अनुहारमा मोर चुरोटका पफहरुसँगै । म केही बोलौं उनै हतार हतार कराउन थाली ‘बुझ्नु भो एसएसपी साव म अपारधी हुन सक्छु तर म उपर पनि प्रहरीले गर्ने व्यवहार अनुशासन भित्रको हुनुप¥यो ।            म एउटा व्यवसायी हुँ । मेरो मुस्कानको मूल्य छ, मेरो साथ र सहयात्राको मूल्य छ, मेरो हरेक अंगहरुको पृथक पृथक मूल्य छ, मेरो स्पर्सको पनि मूल्य छ । यी सबै कुराको शोषण भएको छ यहाँ । हरेक पटक ड्युटीमा आएका पुलिसदेखि लिएर अफिसरसम्मको कामेच्छा पूरा गर्दिएकी छु । तर पनि तपाईको इन्स्पेक्टर के र के टिप्पणी उठाइरहेछ । अब तपाईको इच्छा पूरा गर्दिए पछि त छाड्नु होला नि ।’ मैले उसलाई रोक्न चाहेको थिइन । उसले ढोकाको छेस्किनी लगाई, पर्दा बन्द गरी र फटाफट सम्पूर्ण कपडाहरु फुकालेर निर्वस्त्र भै । अनि सोधी ‘अस्तिको बूढो डीएसपी झैं चलाएर मात्र छोड्नु हुन्छ कि सुतिदिऊँ ?’ यत्रा  कुुरा अगाडि बढ्दा पनि ऊ उत्तिकै ‘स्मुथ’ छे । म एक पटक झस्किएँ नेपालको प्रहरी संगठनमा यस्तो पनि हुँदो रैछ मेरो २० वर्षे प्रहरी सेवामा यो पहिलो पाठ थियो मेरो निमित्त ।
सायद मेरो अविचल अवस्था देखेर वा म मा कुनै उद्वेग उत्पन्न नभएको पाएर ऊ अलि हड्बडाई र म तर्फ बढेर आई मैले उसको छात्तिमा लठ्डी टेकाएर उसलाई त्यही रोकेँ । उसको उलंदो उमेर र पुष्ट वक्षस्थल, आकर्षक नितम्व, सुडौल जाङ कतिले उसलाई मुसारे होलान्, कतिले पुष्ट वक्षलाई गिजोले होलान्,कति भद्दा पुरुषहरुले गरेको फोहोरलाई स्वीकार्नु प¥यो होला र कति पुरुषहरुद्वारा आनन्दले सिंचित भैहोला यो विचरी कलिला मलाई एकपटक सर्वाङ्ग सुम्सुम्याईदिऊँ झैं लाग्यो । परन्तु मैले आफ्नो भावावेशलाई रोक्नै पर्ने थियो । एउटी नाङ्गी पराय तरुणीलाई अगाडि राखेर पनि वात्सल्यले भरिपूर्ण पे्रम उत्पन्न हुनसकछ ? म अनिर्णयमै कर्तव्यबोधको सानो धागोले मरितरी बाँधिएको थिएँ । सायद त्यसैले होला  मलाई लाग्यो अब मैले केही कुरा भन्नैपर्छ । मैले उसलाई सोधे ‘कलिला, तिमी बाबुलाई सम्झन्छौं ? म बाबूको पिता हुँ ।’ ऊ यसरी झस्किइकी एकै पटक आफ्ना सबै कपडा टिपेर कोठाको यो कुना र ऊ कुना दौडिन लागि । उसको हतासा देखेर म वाथरुममा पसिदिएँ । म निस्कँदा कपडा लगाई सकेकी थिई । अब उसको अनुहारमा केवल एउटै भाव थियो पीडाको । अब उसको अतीत मेरो सामु यसरी प्रस्तुत भयो ।
मेरो सरुवा भएपछि कलिलाको परिवारसँग खासै कसैको लगाव भएन । कसैसँग उनीहरुको सम्बन्ध थियो त, इशुकी भक्तिनीसँग थियो । मेरो सरुवा भएको केही दिनभित्रै उसकी आमाले यो संसारलाई त्याग गरी । उसकी आमाले उनीहरुलाई नाम र गैर नेपाली थर डि सुजा बाहेक केही छाडेर गइन । अरु केही छाडेर गएकी थिइन् त तिनै इशुकी भक्तिनी (क्रिश्चियन सिस्टर) सजला योञ्जन उफ जेनी सिस्टरको साथ । त्यस पछि कलिला जेनी कहाँ नै बस्न पुगी । प्रार्थनाको समय बाहेक उसले जेनीको घरमा काम गर्दिनु पथ्र्यो र केही समय चर्चमा गई पढ्ने गर्दथी । साधारण लेखपढ जेनी सिस्टरले घरमै पनि गराइन् । ऊ १३ वर्षकी हुञ्जेलसम्म यो स्थितिमा खासैै परिवर्तन भएन । जेनीको र चर्चको संगतले भने अंजे्रजी भाषामा रामै्र दखल भयो । यद्यपि शिक्षा दिक्षा भएन । प्राज्ञिक शिक्षा विना नै अंजे्रजी भाषामा दखल राख्ने नेपाली ठिटाठिटीरु जस्ता हुनसक्थे, ऊ पनि त्यस्तै भई । १३ वर्ष पुगेपछि उसबाट छिपेको कुरा केही थिएन । ऊ आफ्नो क्रिश्चियन साथीहरुसँग बेहिचक सहवास गर्न सक्थी । जेनीको शिक्षा र चर्चको संगतको कारण यस कुरालाई उसले धन्दा मान्नु पर्ने विषय ठानिन पनि ।
यस बीचमा जेनीको उन्नति चाहिँ निकै भयो । जेनीको उन्नतिले कलिलाका दिदी बहिनीलाई पनि रामै्र भएको थियो । जेनीको विवाह पनि भारतेली नगर पणजी निवासी डेनियलसँग भयो । डेनियल र जेनीको विवाह भए पनि शारीरिक सम्बन्ध भने उसको कलिलासँगनै  हुन्थ्यो । यसमा जेनीलाई खासै आपत्ति पनि थिएन । जेनी विसपको खास विश्वास पात्र थिइन् । यसर्थ चर्चको व्यवस्थापनको अभिभारा जेनीले नै लिएकी थिइन् । यसकारण डेनियलसँग हिड्न संभव थिएन जेनीलाई । कलिला नै डेनियलकी व्यापारिक यात्राकी सहयात्री भई ।
१८ वर्ष पुगेपछि नागरिकता लिन उसले भरमग्दुर प्रयत्न गरी तर पाइन । यसको उपाय पनि डेनियलले नै निकाल्यो । उसैले यो पासपोर्ट पनि बनाइदियो र तेस्रो राष्ट्रहरु पनि व्यापारिक सहयात्रामा लिएर जान थाल्यो । त्यही व्यापारिक यात्राको क्रममा कलिलाले गिरफ्तार हुनुप¥यो । उसका सजल आँखाले मलाई नाजवाफ पारिरहेथे । र १५ वर्ष पहिलेको प्रश्न म पुनः सोध्न पुगे– म के गरौं कलिला ?
यत्रो सम्वेदनपूर्ण सम्बन्ध हुँदाहुँदै पनि उसले इ–मेलका लागि र उसको इन्टर्नेट वेभसाइटमा सूचना राखिदिनलाई गरेको अनुरोध पनि मैले स्वीकार्न सकिन । म आफैं अकर्मण्य भएँ, नेपालको विधि विधानमा यस्तो व्यवस्थै छैन । म यो हैसियत वाला भएर पनि उसलाई यति सानो सहयोग गर्न सकिन मलाई खिन्नता पनि भयो । उसको उत्तर मेरो निमित्त सरल पनि थियो र कठिनतम पनि । उसलाई कानुन बमोजिम गरे भयो ।
इन्स्पेक्टरले फायल पेश गर्दासम्म प्रहरीको वासना क्षुधालाई तृप्त गरिदिएर मुक्त हुने अपेक्षामा थिई कलिला । तर, क्षणमै यति ठूलो परिवर्तन भयो । मसँग भेट नभएको भए वा मैले आफ्नो परिचय नदिएको भए नै वेश हुने थियो सायद । कस्तो र कति सजायको फायल तयार गर्नु भन्ने इन्स्पेक्टरलाई । कानुन, समाज र धर्मको त्रिकोणात्मक व्यभिचारको शिकार भएकी कलिलालाई न्यायको ढोका कतै थिएन । म द्विविधामा परेँ । मलाई थाहा छ ।
कलिला नेपाली हो ।
उसको नागरिक अधिकार पूरा हुनुपर्छ ।
उसकी आमा पनि नेपाली हो ।
ऊ वंशज कै नाताले नेपाली हो ।
यिनै सत्यहरुलाई प्रमाणित गर्न नसकेर आज कलिला डि’सुजा निर्माण भई । सबै कुरा थाहा छ तर उसलाई मैले सजायँ दिलाउनैपर्छ । अन्ततः उसलाई कैद फैसला भयो ।
म घर आएँ । एउटा नरामाइलो अनुभूति बोकेर । बाबू बेंग्लोरबाट आजै आइपुगेछ । मैले उसलाई सोेधे बाबू ! कलिला सम्झन्छौं ? मेरो बेतुकको प्रश्नले मेरो छोरा छक्क प¥यो । ऊ कलिलालाई चिन्दैन । मलाई किन हो कुन्नी नमिठो लाग्यो । मेरो छोराले कलिला चिन्दैन, चिनेर पनि के गरोस् .

Leave a Reply

Your email address is required but will not be published.