BADHUMATI

बुधमति

नरपति पंडितको इज्जत गतिलो थियो । उनी एक मात्र ब्यक्ति थिए, जो सुब्बा नरबहादुर पापोहाङ संग दाजिने गर्थे । पापोहाङ सुब्बा र नरपति पंडितको जोडी पनि साच्चै मिलेको थियो । यि दुवै ब्यक्तिहरु गाउका लक्षिन थिए, सह थिए । पंच कचहरी देखि लिएर धर्म कचहरीमा समेत उनीहरुको निर्णय सर्बोपरि हुन्थ्यो । उनिहरुका निर्णय कहिल्यै बाझ्दै्रन पनि थिए । नरपतिले निर्णय सुनाएर पापोहाङ्ग सुब्बाले ब्याख्या गर्दथे, भने
पापोहाङ्ग सुब्बाले दिएको न्यायमा नरपति सहमत हुन्थे । पापोहाङ्ग सुब्बा खान्दानी सुब्बा थिए घरमा एकजना बिधुवा ब्राहमणीलाई मान्छे राखेका थिए । संत कविरका अशल अनुयायी आफूलाई ठान्ने सुब्बाका घरमा मांसाहाुरको स्थान नै थिएन यस कारण कट्टर पंडित नरपतिलाई सुब्बा काहाँ बस्न कुनै समस्य थिएन । यी दुई ब्यक्तिहरु घोडामा हिडेपछि पूरा गाउ सतर्क हुन्थ्यो । उहिले काग्रेसका पालामा चुनाब हुदा पनि यिनीहरुको नै बोलबाल थियो, जो त्यत्तिखेर बाइसे वच्चीसे जवान थिए । पंचायतमा पनि प्रधान पञ्च बनाउने शक्ति यिनै जोडीमा थियो । २०३६ साल पछि पनि सर्व सम्मत नै भयो । सुब्बाका कान्छी पट्टीका साला श्रीप्रसाद चेम्जोङ्ग प्रधानपञ्च भए भने नरपतिका भान्जा एकराज लामिछाने उप प्रधानपञ्च भए । त्यस्तै अर्को चुनावमा एकराज प्रधानपञ्च र पापोहाङ्गका लुँगाका छोरा –भतिजा) नरहाङ्ग फागो उप–प्रधानपञ्च भए । यी सबै समयमा गाउमा कुनै त्यस्तो समस्या रहेन जुन यो जोडीले भने अनुसार नहोस । तर २०४६ साल पछिका दुईवटा कचहरी भिन्न किसिमका भए त्यस कारण होइन कि त्यहाँ उनिहरुको शाख मर्दन भयो, यसकारण कि उनिहरुको निर्णयका बावजुद बुधमति लिम्बुनी अदालत गएकी थिई । त्यस गाउँका मानिसहरुले त्यस अगाडी त्यस्तो घटना देख्नु, सुन्नु र भोग्नु परेको थिएन ।
पंडित नरपतिको घरमा काम गर्न बसेको थियो बिर्खहाङ्ग । उसको वाबु झिल्के फेदाङ्गवा मरे पछि बिर्खाहाङ्ग टुहुरो भएको थियो । त्उसैले पापोहाङ्ग सुब्बाले भनेअनुसार नरपतिले बिर्खहाङ्ग र उसकी आमा लाई आफ्नो एउटा याक्सामा राखेको थिए ।
कुरा प्रजानत्त्र आउने बित्तिकैको हो । पापोहाङ्ग सुब्बाको घर दलानमा कचहरी बसेको थियो यसर्थ त्यो सर्बदलिय कचहरी थियो पञ्च कचहरी थिएन । दलानको छेउमा देवान कान्छो र उसकी छोरी बुधमति बसेको थिए । खाटमा ओछ्याइएको राडीमा नरपति र सुब्बा बसेका थिए । कुर्सीमा काग्रेसका अध्यक्ष श्रीप्रसाद चेम्जोङ्ग, कम्यूनिष्टअध्यक्ष एकराज लामिछाने र प्रजातन्त्र पार्टीका नरहाङ्ग फागो बसेको थिए । बाँकी मानिसहरु गुन्द्रीमा बसेका थिए । पापोहाङ्ग सुब्बाले हुक्ब्का गुड्गुदाउदै भने ए देवान कान्छा ! अब सबै दलका प्रतिनिधिहरु आए कुरा के हो भन ।
डराउदै देवान कान्छाले भन्यो बिहे मेत्वोङे कुधख लिपेत (हजुर बिहे नभई बुधवति धोजीया भइ )
आइमाइको रुप फेरी तेरी छोरी असाध्यै राम्री छ जापानी जस्ती । को को घुमे घुमे अब कसरी निर्णय ओला त ? पापोहाङ्गको कुरा सुनेर यस पालिमा कलेज जान थालेको थेगिम साइलाको छोरा किसोरलाई रिस उठ्यो उसले
झोस्कीएर भन्यो कहि यस्तो हुन्छ र ? पापोहाङ्गले किशोरलाई झपारे तरुनीको हात सम्म समातेको छैन होला तँ लाई के थाहा यसपछि के के हुन्छ । किशोर चुप लाग्यो ।
देवान कान्छो ले फेरी अनुरोध ग¥यो हेन पान्मिङ्ग बुधमतिल आफे पातु देशु (त्यो कुरा त बुधमतिले मानिहाल्छे नी)
यत्रो परिवर्तन हुदा पनि देवान कान्छाले राम्रो नेपाली बोल्न सकेन, ए बुधमति ! भन पापोहाङ्गले हुक्का तान्दै भने ।
बुधमतिको अनुहार झन रातो भयो यसै पनि रातो वर्णकी बुधमति लाजले रात्तीएर निहुरीदा रगत नै चुहिएला जस्तो भयो उसका गाला ।
बाबु देवान कान्छाले पनि गाली गर्दै भन्यो “खेप्से हेने लथिक साने चायी वे आल्लेक पोत” (हेर त एक्ली छोरी होस कुमति लागी हाल्यो छिटो भन)
बुधमति रोकिदै सुकसुक गर्दै भन्न थाली अस्ती तिहारमा रोटेपिङ्ग खेल्न गएका थियौं । कान्छा बाजे पनि गएको थियो । कान्छा बाजेले रक्सी खाँउ भन्यो दवैले खुव खायौं । अनि भा टे बनमा लुकेर जीवनको काम ग¥यौं । बुधमतिको कुरा नरपतिले अप्रत्यक्ष मात्र सुनीरहेका थिए । तर त्यो सवै दलिय बैठकमा आफ्नो पदालिखा कान्छो छोराको कुरा सुनेर उनी हतप्रभ भए । तर पंडीत पनि तिक्ष्ण बुद्धीका थिए । त्यस समस्याको सावधान खोजेरै आएका थिए ।
त्यत्तिकैमा काग्रेस अध्यक्ष श्रीप्रसादले सोधे “कस्तो जीवनको काम ?” बुधमतिले ओड्नेले मुख छोप्दै भनी “छी चेम्जोङ्ग लँगा पनि, यस्तो गरेको कुरा मुखले पनि भन्न सकिन्छ । एक पटक सर्व दलिय बै ठकमा हाँसो मच्चीयो । तर किसोर थेगिमलाई भने रिस उठ्यो । उसले आक्रोस साथ भन्यो उसो भए बुधमति लाई नरपति बाजेले बुहारी बनाई भित्राउनु पर्छ । फेरी पापोहाङ्गले उसलाई झपारे बैठकमा मौनता भयो । हरेक पार्टीको प्रतिनिधिहरु आ–आफ्नो साथीहरु संग साउति मारीरहेका थिए ।
श्रीप्रसादले आफ्ना साथीहरुसंग भने प्रकाश पंडीत कांग्रेस रहेछ भने त उम्काउनु प¥यो नि । सहि थप्दै रत्नबहादुर महल्दारले भने कम्यूतिष्ट र पञ्च भए फसाउन राम्रो अवसर थियो । तर बाजे बोल्दैनन् प्रकाश काठमाडौं छ । एकराज लामिछानेले आफ्ना साथीहरुलाई भने यहीनिर बाजे र पापोहाङ्गलाई कम्यूतिष्ट बनाउने बेला हो ।
नरहाङ्ग फागोले भने जिम्मा लगाउ कि हाम्रो पार्टीमा आउछौं, भन्नु पर्छ । पापोहाङ्ग र नरपति पनि खुसुर खुसुर गरिरहेका थिए । सुब्बाले सबै लाई चुप लाग्ने आदेश दिदै भने हैन बुधमति त्यो दिन रक्सीले मातीएको बेला चिनिन होला । त्यो कान्छा बाजे नभएर बिर्खहाङ्ग थियो होला । छ्या पापोहाङ्ग बाजे पनि १४÷१५ बर्षको बिर्खे भाई र तन्नेरी कान्छोबाजे पनि त्यत्रो काम गर्दा जान्दिन कि क्या हो ? बुधमतिले मुख लुकाउदै भनी ।
हैन तैले रक्सी खाएकी थिइस नि त । त होस की हैनस् ए बिर्खे ? नरपतिले सोधे ।
बिर्खहाङ्गले भन्यो मैले गरेको हो ?
एकराज लामिछानेले सोधे–के गरेको हो ?
बिर्खहाङ्गले फेरी जोवाफ दियो –पापोहाङ्ग बाजे र नरपति बाजेले भने जस्तो मैले बुधमतिलाई गरेकै हो ।
फेरि बैठकमा हासो छायो । किशोर थेगिम छक्क प¥यो । केटी एउटा कुरा गरिरहन्छे तपाईहरु हैन भन्नुहुन्छ । ।यो कस्तो बैठक हो उ झोकीयो । अब नरपतिको धर्यता टुटीसकेको थियो । उनि पनि झोकीदै भन्छन, चुपलाग ए थेगिम साइलाका छोरा त मेट्रीक पास जान्ने कि मेरो बि.ए पास गरेको छोरो जान्ने ? आइमाइलाई छुदै नछुऐको बच्चाले आइमाइको के कुरा जान्दछस् । यहाँ कांग्रेस छ कम्यूनिष्ट छ, प्रजातन्त्रपार्टी छ, सबैको चित्त बुझेकै छ । यसको मात्र चित्त नबुझ्ने । तलाई प्रजातन्त्र आएको थाहा छैन ? यो त अजोडी उग्रवादी जस्तो छ । ए श्रीप्रसाद, सकराज, तरहाङ्ग, यसलाई निकाल । पंडितको कुरा सुनेर सबै चुपचाप लाग्छन् । किशोर नाजवाफ भएर निस्कन्छ । कुरा पुनः सुरु हुन्छ ।
नरपति बाजेको तनाव देखेर पापोहाङ्ग सुब्बा पुनः कुरा सुधार्छन् । बिर्खहाङ्ग पनि फेदाङवा मरेपछि ९÷१० बर्षको उमेर देखिनै पंडीत कहाँ बस्दै आएको हो । अब बिर्खहाङ्ग पंडीतकै छोरा जस्तो छ । ए बुधमति भित्र आइज त कसकी श्रीमति होस भन्ने कुरा म बताउछु । पापोहाङ्गले घर भित्र लगेर बुधमतिलाई सम्झए ।
बुधमति र पापोहाङ्ग घरबाट निस्कीए । निर्णय सुनाउन सबैलाई सजग तुल्याए । पंडीतले फेरी सोधे ए बिर्खहाङ्ग भन त के भएको हो ? बिर्खहाङ्गले फेरी दोहो¥यायो “मैले गरेकै हो ।” सबै पार्टीका प्रतिनिधिहरुले सोभे पक्का हो ?
पापोहाङ्ग र नरपति बाजेहरुले भने जस्तै मैले बुधमतिलाई गरेकै हो । यहि जवाफ बिर्खहाङ्गले दोहो¥यायो । अब बुधमति चुप लागेर बसीरहेकी थिइन् । पापोहाङ्गले निर्णय सुनाउदै भने पृथ्वी नारायणको पाला देखि यस पल्लो किराँतको सुवाङ्गी पाएका लिम्बुहरु मध्येको म नरबहादुर पापोहाङ्ग सुब्बा कान्छो देवानकी छोरी बुधमतिले बिहे नभइ गर्भ बोकेको मुद्दामा प्रजातन्त्र पछि चलन फेरिए बमोजीम बसेको यो सर्बदलिय बैठकमा उक्त गर्भ बिर्खहाङ्गले जीम्मा लिएको कुरा सबैलाई थाहा गराउछु । उप्रान्त बुधमतिको लोग्ने बिर्खहाङ्ग हो यस गर्भवाट जन्मीउको सन्तान पनि बिर्खहाङ्गकै हुनछ । सानै देखि नरपति कहाँ बसेको बिर्खहाङ्गलाई पंडीतले गैरिवारी र याक्सा दिने भएका हुन् । अब बिर्खहाङ्ग देवान कान्छोको ज्वाइ हो । पापोहाङ्ग सुब्बाको कुरा सकिए पछि सबै खुसि हुदै उनिहरुको प्रशंसा गरे । ज्वाई पाएकोमा देवान कान्छो पनि खुशि भयो । अब रित अनुसार बिहे हुने भयो ।
लोकन्तिको सत्कारका लागि जाँड पार्ने र तोङवा बनाउने देखि लिएर बन्दुक पड्काउने काममा समेत सबै खर्च नरपतिले नै दिए । दशेको कोसेली सुगुरको समेत ब्यवस्था गरिदिए । सुत्केरीका लागि तेल मसला पनि पंडीतकै घरबाट आयो ।
आफू भन्दा १४÷१५ बर्षको पोइ बुधमतिलाई ठेट्नो मकै जस्तो लाग्थ्यो । तर पनि पहाडको ग्रामिण जीवन ५÷७ बर्ष यसै गयो अब बिर्खहाङ्गले पनि सबै कुरा बुझिसकेको थियो । कुरा अब अलिक अलग लाग्न थाले बिर्खहाङ्गलाई । गाउलेहरु किन बिखहाङ्गको छोरोको खनुहार प्रकाश पंडीतको जस्तो छ । उसले दिनभर पंडीतको हलो जोतेर बेलुका एक्लै पकाएर खानु पथ्र्यो । बुधमति राम्रा राम्रा लुगा लगाएर छोरा सहित रातभर पंडीतकै घरमा बस्थी । त्यो क्रम पंडाीतनी बज्यै मरेपछि सुरु भएको हो । यो कुरा गाउँलेलाई चर्चाको विषय भएको थियो । बिर्खहाङ्गलाई भित्रै देखि दुखे जस्तो लाग्थ्यो । पंडीतको कान्छो छोरा प्रकाश पंडीत कहा कुन्नी बिदेश छ अरे आमा स्वर्ग हुदा पनि आएन जेडो परिवार सहित मधेसनै बस्दछन् । त्यो घरमा उउटा मान्छे केटा र पंडीत मात्र छन् । घर सुनसान छ तर पनि बुधमति र उसको छोराले केहि जीवन दिएका छन् । दिन भरी काम गरी धन्दा गर्नलाई बुधमतिलाई बाजे कहाँ छाडी बिर्खहाङ्ग घर झर्दथ्यो । पहिले पहिले बुधमति रातभर आइन भन्ठान्थ्यो तर अब उसलाई बुधमति परिवर्त भए जस्तो लाग्न थाल्या,े साच्चै भन्दा छोरा जन्मीए पछि पनि उ खासै सुतेन । जव उसलाई बुधमतिको जरुसत पर्दथ्यो बुधमति घर मै हुन्नथी । उमेर संगै बिर्खहानलाई यस्ता कुरा पेचिला लग्न थाल्यो ।
धेरै बेर घोल्लिए पछि बिर्खहाङ्गले केहि गरेरै छोड्ने निर्णय ग¥यो । चिण्डोबाट हलुङगेको डबकामा रक्सी खन्यायो र तनतनी पियो अनि खुकुरी भि¥यो र सरासर नरपतिको आगनमा गई करायो–ऐ बुधमति आतान केबे (कहाँ गइस् ?)
बुधमति हतार हतार पंडीतकोटाँडकाट तल झरी । बिर्खहाङ्ग एकपटक तिलमिलायो । उसलाई त्यो उसकी बुधमतिनै हैन झै लाग्यो । उ गर्जीया,े सहर बा हे के तुफुङ आती केयोसु ? (शहरकी रानी जस्तो लुगा कहाँ पाइस् ?) डराउदै बुधमतिले भनि, “किन कराएको तिम्रो छोरा बिउझन्छ” बिर्खहाङ्ग झन आगो भयो –केशिम्भो बा हेन केलेम्बान धे ? (तेरो गुन्युको त्यो चिल्लो के हो) बिर्खहाङ्गको अकल्पनीय रुपबाट भयभित भएकी बुधमतिले बिस्तारै भनी “यत्रो रातमा किन कराएको, केराको चाप लााग्यो गा हेने बागन फेज एल चेप्ते ( के तलाई यहि खुकुरीले काटी दिउ !) भन्दै बिर्खहाङ्गले खुकुरी निकाल्यो । आधारातको हो हल्लाले छिमेकीहरु भेला भइसकेका थिए । नरपति पंडीतले सबैका सामु हप्काउदै भने लोग्ने स्वास्नी पनि यसरी बाझ्नु हुन्छ ? बिर्खहाङ्गका आँखा क्रोधले बलेका थिए । नरपतिलाई कुनै जवाफ लाउन सकिरहेको थिएन । आज सक्सी धेर भएर बिर्खहाङ्ग बौलायो । पंडितको शंकेतले बुधमति भित्र पट्टी भने सबैको सामु जवाफहिन भएको बिर्खहाङ्ग छेउछाउका रुखबिरुवाहरुमा खुकुरी बजार्दै घर तिर लाग्यो ।
स्त्रीको संझौता क्ष्यमता पनि अपरिमित रहेछ । बुधमतिले नरपति पंडित र बिर्खहाङ्गलाई थोरै समय भए पनि समानन्तर स्त्रीभाग प्रदान गरी कस्ता बिश्रृंखल विकल्पहरु तै पनि दुवैलाई भरसक उसले तन्काएरै थेगी । स्त्रीले पनि कहिल्यै आफ्नो कामलाई इच्छामा, कहिले अन्जानमा, कहिले बाध्यतामा कहिले आवश्यकतामा र कहिले यान्त्रीकतामा प्रदान गर्नु पनर्,े यसको ग्रामिण संस्करण हो बुधमति ।
अब समस्य के थपियो भने बिर्खहाङ्ग हरायो । कसैले उ मा¥यो भने कसैले ऊ मा¥यो भने र कसै ले त पंडीतलाई शंका पनि गरे । तर विर्खहाङ्गको खाजी न बुधमति न त पंडीतले नै गरे । पापोहाङ्ग सुब्बालाई पनि उसको वास्ता भएन । बिर्खहाङ्ग कथाको पात्रझै गाउँबाट हरायो । बिर्खहाङ्ग हराएको एक बर्ष पछि बुधमतिले अर्को छोरी पाई । तर यस पालि बिर्खहाङ्ग अर्को बिर्खहाङ्ग भेटीएन । पापोहाङ्गले बैठक त डाके तर कोही आएन । आफ्नौ आफन्त भए पनि पार्टीवालाहरु आएनन् पापोहाङ्गले खुइ कड्ढै भने समय साँच्चै बदलिएछ ।
कुरा अब बुधमतिमा मात्र सिमित रहेन । अधिवक्ता किशोर र थेगीमले बुधमतिका तर्फबाट नाता कायमका लागि मुद्दा लगाई सकेका थिए । फैसला भइ सकेको थियो अब पंडतिका सामु बिकल्प थिएन । उनले बुधमतिलाई भित्राए र अिड्न लागेको छोराको न्वारन गरे । यसपालीको गा.वि.स.को रोहवरको कचहरीले यही निर्णय ग¥यो ।
तर गाउलेहरुलाई एउटा समस्यले कहिले पनि छाडेन बुधमतिको जेठो र कान्छो छोरोको साइने के प¥यो ।

रचनाकार २०४९÷१÷१८
धनकुटा

Leave a Reply

Your email address is required but will not be published.