tagline
Latest Publications

नेपालमा मोदी प्रभाव

Posted on : May 27, 2014

छिमेकी मित्रराष्ट्र भारतको निर्वाचन परिणामले अहिले विश्व राजनीतिमा नयाँ तरङ्ग उत्पन्न गरेको छ। भारतको नयाँ स्थितिको परिप्रेक्ष्यमा नेपालभित्र जे/जति चर्चा भए पनि त्यसले नेपालमा पार्ने प्रभाव सम्बन्धमा अन्तर्राष्ट्रिय र भारतेली सञ्चार माध्यमहरुले खासै चर्चा गरेनन्। स्वयं नरेन्द्र मोदीले पनि पाकिस्तान, बंगलादेश, श्रीलंका, चीन, अफगानिस्तान, अमेरिका आदि राष्ट्रहरुको नाम उल्लेख गरे तापनि नेपाल उच्चारण गरेनन्। विजयपश्चात सामाजिक सञ्जालमा भने थोरै लेखेका छन्। नेपालको राजनीतिसँग नजिकको सम्बन्ध नभएका नरेन्द्र मोदी अब गणतन्त्र भारतको प्रधान मन्त्री बन्दैछन्। भारतको यस पटकको निर्वाचनको विश्लेषण गर्नेहरुले यो आवधिक निर्वाचनले सरकार परिवर्तनमात्र होइन प्रकारले राजनीतिक परिवर्तन पनि गरेको छ भनेका छन्। नेपालका परिवर्तनमा मात्र नभएर दैनिक प्रशासनमा समेत भारतको प्रत्यक्ष प्रभाव रहन्छ। यस अवस्थामा नरेन्द्र मोदीको उदयले नेपालमा पार्ने प्रभावबारे विश्लेषणहरु आइरहेका छन्। यस लेखमा पनि अलि पृथक कोणबाट प्रभाव विश्लेषण गर्ने कोसिस गरिएको छ।
नेपाल–भारत सम्बन्ध
दिल्लीमा सत्ता परिवर्तनले भारतको नेपाल नीति परिवर्तन हुँदैन र भएको छैन भन्ने केहीको तर्क छ तर इतिहास पर्गेल्दा त्यस्तो लाग्दैन। भारतमा कांग्रेसको सत्ता छँदा २००७ साल र २०१७ सालमा भएका परिवर्तनबारे भारतको दृष्टिकोण/भूमिका स्वयं बिपी कोइरालाको आत्मवृत्तान्तमा आइसकेको छ। २०३६ सालमा भारतमा मोरारजी देशाई प्रधान मन्त्री हुँदा नेपालमा जनमत संग्रह घोषणा भयो। इन्दिरा गान्धी हुँदा मतदान भयो। के देशाई नै प्रधान मन्त्री रहेका भए नेपालमा पञ्चायतको पक्षमा जनमत संग्रह देखिन्थ्यो? निश्चय पनि देखिने थिएन। त्यस्तै २०४६ सालको जनआन्दोलनमा पनि बिपी सिंह प्रधान मन्त्री थिए र चन्द्रशेखरको दह्रो भूमिका थियो तर कांग्रेस सत्तामा रहेको थियो भने भारतको त्यस्तो भूमिका नहुन सक्थ्यो। दोस्रो जनआन्दोलनमा यदि भ...

डलर आतंकमा नेपाली अर्थतन्त्र

Posted on : September 04, 2013

डलरआतंकमानेपालीअर्थतन्त्र

  • 03 Sep 2013
  • मङ्गलबार १८ भाद्र, २०७०
  • अरुणकुमार सुवेदी

केही समयदेखि भारतीय रुपिँयाका तुलनामा अमेरिकी डलरको मूल्य अनपेक्षित रूपले बढ्दा नेपाली रुपियाँको पनि अवमूल्यन हुन पुगेको छ। यसले नेपाली अर्थ व्यवस्था नकारात्मक असर परको भए पनि यस्तो असामान्य अवस्थालाई सम्बोधन गर्न राज्य असमर्थ देखिएको छ।

 डलरभारुकोमुद्रायुद्ध

भारतीय रुपियाँको यो दुर्बल अवस्था भारतको गार्हस्थ उत्पादन र वृद्धिदरको कारणबाट मात्र भएको हैन । सन्तोषप्रद दरमा विकास गरिरहेको भारत एकाएक आर्थिक संकटमा देखिए पनि यसमा लामो रणनीतिक भूमिका रहेको प्रतीत हुन्छ। भारत र चीनको बढ्दो सामिप्यले अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ वातावरण निर्माण भइरहेको थियो । ठूलो बजार भएको गतिलो अर्थ व्यवस्थालाई हल्लाउन लामो कसरत आवश्यक हुन्छ । भारतलाई अपेक्षित रूपमा कमजोर पारी चीनलाई घेर्ने अमेरिकी रणनीतिको चक्रव्यूहमा भारत फसेको विश्लेषकहरूले अनुमान गरेका छन्। भारतमाथि खनिज तेलको दबाब त छँदैथियो उसको वैदेशिक मुद्राको संचितिमा एकाएक बाह्य स्रोतको वर्चस्व बढ्दै गयो। वैदेशिक मुद्राको संचिति उच्च हँुदै जानुलाई भारतीय नीति निर्माताले सफलता ठानेेका थिए। तर त्यसमाथि बढदै गइरहेको विदेशी र गैरआवासीय भारतीयको वर्चस्वप्रति भने सजग थिएनन्। अन्ततः बाह्य स्वामित्वमा रहेको वैदेशिक मुद्रा एकाएक ठूलो परिणाममा बाहिरिन थाल्यो र  भारत आर्थिक संकटमा फस्न पुग्यो। यो संकट अकस्मात् आएको देखिए पनि दीर्घकालीन रणनीतिअन्तर्गत आएको हो। अब भारतको निर्भरता खनिजतेल र डलरका कारणले अमेरिकामाथि झन् बढदै जाने छ । यसले भारत र चीनबिचको अहिलेको सम्बन्धमा पनि परिर्वतन हुनसक्छ।

नेपालमाडलरकोअसर
१. डलरको मूल्य वृद्धिले नेपालको वैदेशिक ऋण लगभग ३५ देखि ४० प्रतिशतले बढ्न गएको छ। २. नेपालीहरु आफ्नो अर्थ व्यवस्था यथावत रहँदारहँदै पनि थप गरिब भएका छन्। ३. वैदेशिक मुद्रामा किन्नु पर्ने सामानको मूल्य थप बढ्ने छ । ४. विदेशमा गर्नुपर्ने खर्च नेपालीको पहुँच बाहिर पुगेको छ। ५. विदेशी मुद्रामा मेसिन किनी स्थापना गर्नुपर्ने उधोग र जलविद्य...

RITTIDO GAAU BANJHIDO BHUMI

Posted on : May 01, 2013

अरुणकुमार सुवेदी

केही दिन पहिले कान्तिपुर दैनिकमा चन्द्रशेखरजीको मर्मस्पर्शी लेख आएको थियो, तर्राईका उर्वर खेतहरू बाँझिन थालेको विषयमा । आज मसँग एउटा पहाडी गाउँको आजको स्थिति र अतीतको तुलनात्मक चित्रण छ । गाउँ हो मेरो आफ्नै जन्मस्थान धनकुटा, कुरुले तर यो नेपालको वर्तमान परिस्थितिका लागि प्रतिनिधि गाउँ हो ।
जुन समयमा मोटरगाडी देख्न धरान आइपुग्नुपथ्र्यो, त्यसबेला गाउँमा शिक्षा, स्वास्थ्य तथा बजारको केही सुविधा थिएन । नून, मट्टतिेल लगायत अन्य आवश्यक उपभोग्य सामग्री किन्न भरिया लिई धरान पुग्नु पथ्र्यो । तर पनि यो गाउँ यस्तो थियो, जहाँ साठी-सत्तरी जना स्नातकहरू गाउँमै थिए अर्थात् गाउँमा नियमित आउ-जाउ गर्थे र गाउँमै स्थायी बसोवास गर्दथे । हरेक घरका कोठेबारीमा कम्तिमा एक-दर्ुइ घरी केरा पाकेका हुन्थे । घरघरमा अजंगका मकैका थाँक्रा हुन्थे । सबैका बारीमा सुन्तलाका बोट प्रसस्तै हुन्थे । हेरक घरमा गाई, भैँसी, गोरु, बाख्रा अनेक बस्तुभाउ र अन्य पशुपन्छी हुन्थे । पाखा जंगलमा गोठालाहरू सुसेला हाल्थे र पाखै थर्किने गरी सुरिलो भाकामा मायापरित र सुखदुःखका गीत गाउँथे । खोला खेत टन्न धान, गहुँ, मकै र मौसम अनुसार अन्य बालीले भरिएका हुन्थे । गरीब किसानहरू समय अनुसार खोला बिर्राई वा खोरिया खनी मौसमी खेती गर्थे ।

जनसंख्या भने हृवात्तै घटेको छ । २०५६ सालमा छ हजारभन्दा बढी मतदाता थिए, अहिले घटेर चार हजारभन्दा कम छन् । आज मुस्किलले गाउँका केही घरमा गाईवस्तु देख्न पाइन्छ । वनपाखामा गोठाला गर्नैपर्ने गरी चौपाया कुनै घरमा छैनन् । अधिकांश घरमा ताला झुण्ड्याइएको छ । दिनुहँु लिपपोतले सिँगारिने सिकुवा भत्केका छन् । वर्षौदेखि मानिस नबसेका घरका आँगनमा दुबो र तितेपाती झ्याङ्गिएको छ । कुनै समय जुनेली रातमा घाँस चोरी हुने बा...

POLITICAL CONCEPT PAPER FOR ESTABLISHMENT OF NEW POLITICAL FORCE I

Posted on : March 06, 2013

पृष्ठभूमि
नेपाल राष्ट्रको एकीकरणपूर्वदेखिको साँस्कृतिक धरोहर,  सहअस्तित्वमूलक जनसम्बन्ध र एकतामा अतिक्रमण भई राष्ट्रियता नै कमजोर हुँदै गएको छ ।
– राष्ट्रियताका आधारहरू कमजोर भई राष्ट्र विखण्डनको अवस्थामा रहेको छ ।
– सामाजिक एकता र सहभुक्तिको वातावरण कमजोर हुँदै गएको छ ।
– चरम साँस्कृतिक अतिक्रमण भई जनजाति र आदिवासीको पहिचान नष्ट हुने क्रम बढेको छ ।
– प्रजातन्त्रविरोधी दार्शनिक आधार भएका राजनीतिक शक्तिहरूको वर्चश्व बढ्दै गई प्रजातान्त्रिक परिपाटीमा संकट आउने अवस्था रहेको छ ।
– पुराना प्रजातान्त्रिक दलहरूको सिद्धान्त र प्रतिबद्धता स्खलित भई उनीहरू राष्ट्रिय अभिभारा थेग्न नसक्ने गरी विश्वास गुमाउँदै गइरहेका छन् ।  
– आर्थिक विकास र सामाजिक सुरक्षा अन्यन्त कमजोर भएको छ ।
– वैदेशिक सम्बन्ध बिग्रँदै र अलमलिँदै गइरहेको छ ।
उल्लिखित पृष्ठभूमिमा नेपाल र राष्ट्र र नेपाली जनताको भविष्य सुदृढ गर्न नयाँ राजनीतिक शक्तिको अपरिहार्यता महसुस गरी तेस्रो सहस्राब्दीको वैज्ञानिक÷प्राविधिक विकासको प्रभाव परेको युवा पिँढी र नेपालको साँस्कृतिक पहिचानको समन्वयमा नयाँ दर्शन, सोच र कार्यशैलीको राजनीतिक दल निर्माणका लागि यो घोषणापत्र प्रस्ताव गरिएको छ । राष्ट्र र जनता सम्बन्धी सर्वाङ्गीण पक्षलाई सम्बोधन गर्ने यस दलको सैद्धान्तिक आधार र धारणा प्रस्तुत गरिएको छ ।

सैद्धान्तिक आधार –
१. यो दल मानवजातिको सार्वभौम अस्तित्व स्वीकार गर्ने उदार प्रजातान्त्रिक दल हुनेछ ।
२. यो दल नेपालको साँस्कृतिक राष्ट्रवाद अङ्गीकार गर्ने राजनीतिक शक्ति हुनेछ ।
३. सर्वधर्म सह–अस्तित्व स्वीकार गरिने छ र हिन्दुत्वलाई राष्ट्रियताको अहम् तत्व मानिनेछ ।
४. यस दलले सामाजिक सुरक्षाको प्रत्याभूतिसहितको न्यायपूर्ण उदार आर्थिक नीति लिनेछ ।  
५. परम्परागत वैदेशिक नीति असफल भएको हुँदा चीन र भारतलाई पहिलो प्राथमिकतामा राख्ने दुई तहको वैदेशिक नीति यस दलले लिनेछ ।  

राष्ट्रियताको प्रमुख आधार –
धर्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र नेपाल घोषणा गरी यस देशको एकीकरणभन्दा पहिलेदेखि विभिन्न क्षेत्रमा बसोवास गर्दै आएका र एकीकरणपछि पनि नेपाली राष्ट्रियतामा सम्मिलन भएका तमाम जातजाति, भाषाभाषी, आदिवासी, जनजाति सबैको साँस्कृतिक धरोहर संरक्षण र सम्बद्र्धन गर्ने लक्ष राखिएको छ । मेचीदेखि महाकालीसम्मका र हिमालदेखि तराईसम्मका अत्यधिक जनसंख्याको एकल साँस्कृतिक पहिचान हिन्दुत्व हो । यसकारण हिन्दुत्व नै राष्ट्रियताको एकमात्र सुत्र हो । यस राष्ट्रको विविधताको बीचमा बढ्दै गएको विखण्डनको अवस्था अन्त्य गरी सबै नेपालीलाई एकताको सुत्रमा बाँध्ने यो मात्र एक आधार हो ।
साँस्कृतिक अतिक्रमण, आस्थाको क्रय÷विक्रय र धर्मान्तरण रोकी नेपालको विविधतामूलक राष्ट्रियताको संरक्षण गर्न यस दलले साँस्कृतिक राष्ट्रवादका लागि हिन्दु राष्ट्र नेपालको मान्यता अघि सारेको छ । पृथ्वीको सुदुर पूर्व फिजीदेखि सुदुर पश्चिम क्यारेवियन क्षेत्रसम्म फैलिएको हिन्दु समुदाय र दक्षिणमा रहेको लगभग एक अर्बको हिन्दु जनसंख्याको पवित्र गन्तव्य नेपाललाई बनाउने उत्तम लक्ष राख्नु गैरहिन्दु समुदायलाई पनि गर्वको विषय हो । जसरी गुरु नानकको जन्मबाट इस्लामिक गणतन्...

ECONONIC CONCEPT PAPER FOR ESTABLISHMENT OF NEW POLITICAL FORCE

Posted on : March 06, 2013

आर्थिक विकाससम्बन्धी नीति

१. शिक्षालय र अस्पताल निजी क्षेत्रले चलाउनु हुँदैन । यसकारण राज्यले निजी विद्यालय र निजी अस्पतालहरू राष्ट्रियकरण गर्नेछ । कर सरकारको अधिकार हो । सरकार लोक कल्याणकारी हुनुपर्छ र सामाजिक सुरक्षाको दायित्व पूरा गर्नुपर्छ । दायित्व पूरा नगर्ने सरकारले आफ्नो अधिकारको मात्रै कुरा गर्न सक्दैन । ज्येष्ठ नागरिकहरूको भरणपोषणसहित सामाजिक सुरक्षाको दायित्व सरकारले लिनेछ ।

२. राष्ट्रको स्वामित्वमा रहेका विद्युत आयोजनादेखि सबै प्रकारका व्यापारिक प्रतिष्ठान आवश्यक कार्ययोजना बनाई निजीकरण गरिनेछ । धेरै ठूला प्रतिष्ठान भए सार्वजनिक–निजी साझेदारी मोडेल अङ्गीकार गरिनेछ ।

३. राष्ट्रिय महत्वका पूर्वाधार परियोजनाहरूको हकमा सार्वजनिक–निजी साझेदारीको भएमा र वैदेशिक ऋण जरुरत परेमा सरकार जमानत बसेर त्यस्ता आयोजना अगाडि बढाइने छ ।

४. जलस्रोत विकाससम्बन्धी विशेष धारणा
क. नेपालका ठूला नदीहरू वा सिधा बगी भारत जाने नदीका परियोजनाहरू यथासंभव बहुपक्षीकरण नगर्ने । यसलाई नेपाल–भारत समझदारीको विषय बनाउने ।
ख. गंगा उपत्यकामा रणनीतिक योजना ( न्बलनब द्यबकष्ल क्तचबतभनष्अ एबिल ) अन्तर्गत बाढी नियन्त्रण र बहुउद्देश्यीय उपयोगका जम्मा २३ वटा जलाशय योजनाहरू अगाडि बढाउन हरसंभव प्रयत्न गर्ने ।
ग. गंगा उपत्यकाको जलप्रवाहलाई अत्यन्त नकारात्मक अवस्थामा पनि निरन्तर र सन्तुलित बनाउने भनी जल ग्रीडको धारणाअनुसार भारतको नदी जोड परियोजनाको हिमालयन नदीतर्फ नेपालले पूरकको भूमिका निर्वाह गर्ने ।
घ. कोशी उच्च बाँध, गण्डक–गंगा लिङ्क, घागरा–यमुना लिङ्क, तथा कर्णाली चिसापानी योजना पञ्चेश्वर, पूर्णागिरि बाँध (शारदा)– यमुना लिङ्क योजनाहरूलाई द्विदेशीय प्राधिकरण गठन गरी सुरक्षा र व्यवस्थापनको प्रबन्ध मिलाई यथाशीघ्र अगाडि बढाउने ।
ङ. कोशी उच्च बाँधको पूर्वी नहरलाई जलयातायात उपयुक्त बनाउने र मानस नदीदेखि पश्चिमका ब्रह्मपुत्रको जलाधारब...

ARTICLE OF HITA /NEPAL BHARAT BAARTA

Posted on : February 27, 2013

उपलब्धिहीन नेपाल–भारत जलस्रोत बार्ता
अरुणकुमार सुवेदी
नेपाल–भारत जलस्रोत उपयोगसम्बन्धी बार्ता सकिएको छ । कुनै ठोस निर्णय र उपलब्धि नआएको बार्ता एउटा औपचारिकताझंै मात्र प्रतीत हुन्छ । तथापि डङ्डङ्ती गनाउने कुहिया सिद्धान्तका हिमायती वैद्य बा जस्ता नेताले भने त्यो चीया वार्ताको विरोध नगरी छाडेनन् । यस वार्ताको सबैभन्दा ठूलो कुराझैं गरी नेपाली पक्षले राखेको विषय थियो– इनर्जी ब्यांकिङ । नेपाल–भारतबीच जल उपयोगका लागि अपार सम्भावना भए तापनि त्यस्ता ठूला सम्भावना र नेपालको आर्थिक अवस्थाको कायपलट हुने विषयप्रति नेपालीपक्षले कुनै ठूलो चासो र दृष्टिकोण राख्ने गरेको थिएन र यसपाली पनि राखेन ।
भारतसँगको जल उपयोगको साझेदारी २०११ सालदेखि सुरु हुनासाथ नेपालमा जल–राष्ट्रियताको उग्र संस्कार उठ्न पुग्यो । त्यसपछि ६ दशकसम्म पनि यो नारा जल राष्ट्रियताको राजनीति चाहिँ अरू उग्र बन्दै गयो नेपालले उपलब्धि चाहिँ के पायो जग जाहेर छ । यस उग्रता र जडताले न भारतलाई सहज रूपमा सहकार्य गर्न सक्ने अवस्था निर्माण ग¥यो न त नेपाल आफैंले केही गर्न सक्यो । अब समय आइसकेको छ । जल राष...

HITA ARTICLE ON SUDHIR BASNET

Posted on : January 19, 2013

उमेशचन्द्र जैनदेखि सुधिर बस्नेतसम्म
अरुणकुमार सुवेदी
नेपालका कुनै जमानाका सबैभन्दा चर्चित विल्डर्स सुधिर बस्नेत अहिले ठगीको मुद्दामा प्रहरी हिरासतमा छन् । प्रहरीले छातीमा नाम र मुद्दा टाँसेर हतकडी लगाएर उनलाई पे्रससमक्ष बहादुरी देखाएझैं गरी प्रस्तुत ग¥यो । केही वित्त कम्पनीहरू, निकैवटा सहकारी फाइनेन्सहरू, धेरैवटा एपार्टमेन्ट तथा हाउजिङका प्रवद्र्धक सुधिर बस्नेतको कम्पनीको विज्ञापन नभएको र नआएको कुनै दिन हुन्न थियो, केही समय अगाडिसम्म । उनीबाट करोडौंको विज्ञापन लिने सञ्चारमाध्यमले कुनै पञ्चखत गरी फरार अभियुक्तलाई प्रहरीले अपमानपूर्ण किसिमबाट गरेको प्रस्तुतिलाई जस्ताको तस्तै 
प्रशारण गरे । यो लेखक पनि उद्योग÷व्यापारसँग लामो समयदेखि सम्बन्धित छ, यस दर्मियानमा आएको मेरो एउटा अनुभूति सायद सुधिर बस्नेतलाई पनि बारम्बार आइरहेको हुनुपर्छ । यो देशमा उद्योग व्यापार गर्नु भनेको ठूलै भूल हो । यस प्रकरणमा नेउवा महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीको एउटा भनाइ पनि दोहो¥याउनु प्रासंगिक छ– ‘नेपालमा उद्योग गर्नु भनेको पूर्वजन्मको अपराधको सजाय हो ।’ यति भनिरहँदा एउटा गम्भीर प्रश्नमाथि विश्लेषण गर्नु वेश होला । नेपालमा यस्ता ठूला व्यवसायीका सबै कम्पनी एकैपटक असफल कसरी हुन्छन् र उनीहरू यस्तो दुर्गतिमा आइपुग्छन् ? 
नेपालको सुधिर बस्नेत यस्तो नियति भोग्ने पहिलो व्यक्ति हैनन् । कसुर गरेबापत त संसारभरि जहाँ पनि दण्डित भएका उदाहरणहरू छन् तर यस प्रकृतिका अवस्थाहरूमा बैंकहरूबाट सबै कम्पनीहरू एकैपटक कारबाहीमा परी मानिस सडकमा आउनुपर्ने अपराधपूर्ण कानुनहरू चाहिँ सायद नेपालमा मात्र छन् । यसको अन्तिम उदारण मात्र हुन् सुधिर बस्नेत । यो क्रम संभवतः स्व. उमेशचन्द्र जैनको पालादेखि चलिआएको छ । कुनै त्यस्तो कसुर ...

BIBAD KO VUMARIMA TRISHULI-3 A

Posted on : January 12, 2013

विवादको भुवरीमा त्रिशुली–३ ‘ए’
अरुणकुमार सुवेदी 
उपल्लो त्रिशुली–३ ‘ए’ को क्षमता वृद्धिमा प्राविधिक रूपले विरोध गर्नुपर्ने कुनै कारण छैन । अब रहृयो प्रचलित ऐन कानुनअनुसार त्यसको ठेक्कापट्टा दिँदा नियमसंगत भयो कि भएन भन्ने । ६० मेवाको ग्लोवल टेडन्र गरिँदा नेपाल विद्युत् प्राधिकरणले तयार पारेको टेन्डर डकुमेन्टकै आधारमा सबै प्रतिस्पर्धीले टेन्डर भरेका थिए, जसमध्ये चिनियाँ कम्पनी गेजुवा गु्रप कर्पोरेसनले उक्त टेन्डर पा¥यो । जब साइट इञ्जिनियरहरूले काम सुरु गरे तब चिनियाँहरूलाई थाहा भयो यसबाट बढी विद्युत् निकाल्न सकिन्छ । अनि उनीहरूको नै सल्लाहअनुसार क्षमता वृद्धिको प्रकरण अगाडि बढ्यो । सरकार क्षमता वृद्धिको निर्णयमा पुगेपछि अब सरकारसामु दुई विकल्प थिए । या त गेजुवा गु्रपलाई आजसम्म गरेको कामको भुक्तानी गरी ९० मेवाका लागि नयाँ टेन्डर आहृवान गर्ने अन्यथा ६० मेवाको सम्झौता भएको दरमा गेजुवालाई ३० मेवा थप गरिएको इञ्जिनियरिङअनुसार निर्माण ठेक्का दिने । यी दुई विकल्पमध्ये सरकारल...

Few Words

boss

Views:

Social Democrat\Integrated humanism

Faith:

Spiritual Hindu.

Fantasy:

Quantum Geek, want to amalgamate Vedanta and Quantum philosophy.

Write:

On physics and philosophy, Development economics and contemporary issues.

Professionally:

Energy Entrepreneur, ICB bidder for energy and infrastructure sector.

Identity:

Thinking and Dreaming.

Videos

E-Publications(Downloads)

Follow Me On